Monday 2 August 2010

हुम्लाका ११ गा।वि।स। झाडा पखाला

कर्णली डटकम सिमकोट हुम्ला÷१६ साउन । देशका विभिन्न स्थानमा झाडापखालाका बिरामी बढिरहेको बेला हुम्ला जिल्ला दैविक प्रकोप उद्दार समितिले जिल्लाका २७ वटा गा।वि।स।मध्ये ११ वटा गा।वि।स।लाई झाडापखालाको उच्च जोखिमयुक्त गा।वि।स।sा रुपमा नक्सांकन गरेको छ ।
समितिले गरेको नक्सांकन अनुसार जिल्लाका श्रीनगर कालिका मैला मदना जैर दार्मा ठेहे मिमि श्रमिष्टा साँया र छिप्रा झाडापखालाका अतिउच्च जोखिममा परेका छन् । यि गा।वि।स।हरु जिल्ला सदरमुकाम भन्दा केहि ठाढा र उच्च जनसंख्या भएको तर स्थानिय स्तरका स्वास्थ्य संस्थामा उपर्युक्त औषधि नभएकोले झाडा पखालाका अति उच्च जोखिममा परेको जिल्ला दैवीप्रकोप उद्दार समितिका अध्यक्ष समेत रहेका सहायक प्रमख जिल्ला अधिकारी पदमलाल लामिछानेले जानकारी दिनु भयो ।
समितिले उच्च जोखिममा परेका ११ वटै गा।वि।स।भित्रका सबै वस्तीहरु मध्ये कुन-कुन वस्ती अत्यान्तै जोखिममा छन् भन्ने बारेमा समेत नक्सांकन गरेको छ । झडापखालाको पुर्व तयारीकालागि युनिसेफको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकाुस तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल हुम्लाद्धारा साचालन गरिएको आपत्कालिन वास कार्यक्रमले आयोजनामा गरिएको उक्त नक्सांकनमा श्रीनगरका सबै वस्ती मैलाका रामा नैकाला मासपुर मलनाको सिरुपाटा कालिकाका पाल्स करगई लमही लौठी दार्माको भट्टेडाँडा मिमिको मेखाला ऐडिबाडा श्रीमष्टाको नेप्का पाली पिप्लाङ ठेहेको दाजाम ठेहेगाउँ सायाँको मण्डी डाँडासायाँ दुल्ली र गैरीसायाँ छिप्राको माझा छिप्रा जैरकामे तुम्च जैर गाउँ तल्लोगाउँ माझगाउँ र भिटागाउँ रहेको जिल्ला दैवि प्रकोप उद्दार समितिका सदस्य समेत रहेका किर्डाक नेपालका निमित्त जिल्ला संयोजक गोकुल बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जोखिममा रहेका उक्त ११ वटा गा।वि।स।मध्ये श्रीनगर कालिका जैर दार्मा र ठेहेमा झाडापखाला पुर्वतयारी सम्बन्धि वास कार्यक्रम लागु भएपनि जिल्लाका अन्य स्थानमा हुनसक्ने झाडापखालाजन्य प्रकोपको नियन्त्रणका लागि समयमै सर्तक रहन र जिल्लाका सरोकारवाला निकायलाई वेलैमा तयारी गर्न सघाउनका लागि किर्डाकले उक्त नक्सांकन गरेको हो ।
उक्त नक्सांकनमा किर्डाक नेपाल हुम्लाले साचालन गरेको वास कार्यक्रमले जिल्लामा भविष्यमा आउन सक्ने झाडापखालाजन्य महामारी फैलिएको खण्डमा त्यसको नियन्त्रणका लागि जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायसँग उपलब्ध भौतिक आर्थिक मानविय तथा औषधिजन्य स्रोतको समेत नक्सांकन गरिएको छ ।
नक्सांकन कार्यक्रममा जिल्ला दैवि प्रकोप उद्दार समितिका पदाधिकारी तथा जिल्ला स्थित सुरक्षा निकाय स्वास्थ्य संस्था लगायत झाडापखाला र सरसफाई सम्बन्धि काम गर्ने झण्डै दुई दर्जन कार्यलयका प्रतिनिधि र साचारकर्मीको समेत उपस्थिति
रहेको थियो ।


News from Karnali.com

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete