Friday 20 August 2010

हवाई उडान नहुँदा जनजीवन प्रभावित

कान्तिपुर संवाददाता

सिमकोट -हुम्ला, भाद्र ३ -

मौसम प्रतिकूलताका कारण लामो समयसम्म उडान नहुँदा विभिन्न कामले हुम्ला छोडेका जिल्लावासी प्रभावित भएका छन् ।

हवाईजहाज उड्ने आसमा बसेका कयौं हुम्ली नेपालगन्ज बिचल्लीमा परेको खबर घरमा पठाएका छन् । मानसरोवर कैलाश जान आउने पर्यटकसमेत हवाई उडान नहुँदा प्रभावित भएका छन् । कतिपय पर्यटक हवाई टिकट रद्द गरी हेलिकप्टर चार्टर गरेर हुम्ला आएका छन् । महत्त्वपूर्ण काम लिएर हुम्ला आउन खोज्ने कतिपय विशिष्ट अतिथि आपmना कार्यक्रम रद्द गर्दे नेपालगन्जबाटै फिर्ता भएका छन् । काठमाडौंबाट घर आउन नेपालगन्ज पुगेका विद्यार्थी गोर्खी रोकाया लामो समयदेखि हवाई उडानको प्रतीक्षामा रहेको आफन्तले बताए ।

जिल्ला छाडेका कार्यालय प्रमुख लगायत कतिपय कर्मचारीसमेत उडान नहुँदा र्फकन सकेका छैनन् । उनीहरूले उडानको प्रतीक्षामा रहेको टेलिफोनबाट जानकारी दिएका छन् ।

No comments:

Post a Comment