Wednesday 22 September 2010

दुई सातादेखि हुम्लामा हवाई उडान अवरुद्ध

नेपालगन्ज, भदौ १६ (नागरिक) - खराब मौसमका कारण सत्र दिनदेखि कर्णालीको हुम्लामा हवाई उडान हुन नसक्दा सिमकोट जाने/फर्कने यात्रु प्रभावित भएका छन्। हुम्लामा वर्षा नरोकिँदा भिजिविलिटी नपुगेपछि जहाज नउडेका हुन्।कर्णाली अञ्चलको विकट जिल्ला हुम्लामा अहिलेसम्म सडक यातायात पुगेको छैन। जहाज नउड्दा नेपालगन्ज विमानस्थलमा अलपत्र सिमकोटका रमानन्द उपाध्यायले लामो समयसम्म जहाज उडने प्रतीक्षामा बसिरहँदा बेखर्ची भएको बताए।
हुम्लामा बिग्रिएको मौसममा सुधार नहँुदै कर्णालीकै अर्को जिल्ला डोल्पाको मौसमसमेत बिग्रिएपछि एक सातोदेखि नेपालगन्ज-डोल्पा हवाई उडान पनि अवरुद्ध छ। नेपाल वायु सेवा निगमलगायत अन्य निजी एअरलाइन्सले दैनिक जसो ती जिल्लामा उडान तालिका राख्दै आए पनि मौसममा सुधार नहुँदा उडान अवरुद्ध हुँदै आएका छन्। लगातारको वर्षाले डोल्पाको रन वेसमेत खराब भएको उडड्यन प्राधिकरण नेपालगन्जले जनाएको छ।

हुम्ला र डोल्पाबाहेक मध्य तथा सुदूर पश्चिमका अन्य पहाडी जिल्लाहरूमा भने फाटफुट रुपमा उडान भइरहेको छ। नेपालगन्जबाट मध्य तथा सुदूर पश्चिमका १० वटा विमानस्थलमा नेपाल एयरलाइन्सहित तारा, सीता, मकालु एअरले उडान भर्दै आएका छन्। हुम्ला र डोल्पामा बिग्रिएको मौसम अन्य जिल्लामा विस्तार हुँदै गएको पाइएको छ।

खराब मौसमका कारण मंगलवार तारा एयरले नेपालगन्जबाट जुम्लामा एउटा मात्र उडान गर्न सकेको उक्त एयरका कर्मचारीले बताए। सफा मौसम भएको अवस्थामा नेपालगन्जबाट राजधानीसहित मध्य तथा सुदूर पश्चिमका विभिन्न पहाडी जिल्लामा विभिन्न एयरलाइन्सले दैनिक सरदर २० उडान भर्ने गर्छन्।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete