Tuesday 28 December 2010

हुम्लाका खाद्य गोदाम भरिभराउ, कर्मचारी दङ्ग

कान्तिपुर संवाददाता


सिमकोट (हुम्ला), पुस १३ - गोदाममा खाद्यान्न न्यून हुँदा स्थानीयको गुनासो सुनेर मानसिक तनाव झेलिरहने नेपाल खाद्य सँस्थान शाखा कार्यालय हुम्लाका कर्मचारी यतीखेर दङ्ग छन् । ढुवानीको समस्याले प्रया: रित्तो हुने र भएको समयमा पनि ३ सय क्विन्टल भन्दा बढी मौज्दात नहुने अवस्था रहँदै आएको गोदाम भरिएपछि कर्मचारी दंग परेका हुन् ।

गोदाममा प्रयाप्त मौज्दात नहुँदा स्थानीयको गुनासो सुनेर शाखा कार्यालयका कर्मचारी मानसिक तनाव झेल्दै आएका थिए । अहिले नियमित हवाइ ढुवानी भएर गोदाम भरीभराउ भए पछि दङ्ग परेका हुन् । हिमपात नभएको र मौसम अनुकुल भएकाले यो वर्ष हवाइ ढुवानीको ठेक्का लिएको एर काष्टमण्डपले नियमित ढुवानी गर्नुका साथै अन्य हवाइ कम्पनीका जहाजले समेत ढुवानीमा साथ दिएको छ ।

सरकारले यो वर्षको खाद्यान्न कोटा निर्धारण नगर्दै गत वर्षको निर्धारित कोटा भन्दा बढी ढुवानी भैसकेको छ । चालु आर्थिक वर्षको वजेट ल्याउन ढिला भएकाले हालसम्म यो वर्षको कोटा निर्धारण हुन सकेको छैन ।

शाखा कार्यालयका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म नेपालगन्ज र सुर्खेतबाट ढुवानी भैरहेको छ । गत वर्षको मौज्दात १२ क्विन्टल र यो वर्षको ढुवानी गरी जम्मा जम्मी ६ हजार क्विन्टल भन्दा बढी ढुवानी भएर पनि ४ हजार सात सय क्विन्टल विक्री वितरण भैसकेको छ । गोदाममा अझै पनि १ हजार ६ सयको हाराहारीमा मौज्दात रहेको छ । ढुवानी हुने क्रम पनि रोककिएको छैन ।

तीन सय क्विन्टल भन्दा बढी मौज्दात कहिल्यै नहुने गोदाममा अहिले भरिभराउ भएको र ढुवानी हुनेक्रम पनि जारी रहेकाले अर्को गोदामको व्यावस्था गर्नु पर्ने अवस्था परेको स्टोर किपर नारायणसिंह केसीले वताए ।

शाखा कार्यालय हुम्लाका अनुसार सरकारले गत आर्थिक वर्षमा सदरमुकामका लागी ६ हजार र जिल्लाको दक्षिणभेगमा रहेका सर्केघाट तथा श्रीनगर डिपोका लागी पाचँ/पाँच सय क्विन्टलका दरले कोटा निर्धारण गरेको थियो । निर्धारित कोटा समयमा ढुवानी नहुँदा जहिले पनि गोदममा तिन सय क्विन्टल भन्दा बढी मौज्दात हुने गरेको थिएन । कहिले काही गोदामनै रित्तो हुने गरेको थियो ।

निर्धारित कोटाले पनि नपुग भएर खाद्यान्न संकट हुने भएकाले वर्षेनी सरकारले कोटा थप गर्दै आएको थियो । निर्धारित कोटा र थप कोटा समयमै ढुवानी हुन नसक्दा हुम्लामा जहिले पनि खाद्य संकटकै समचार बन्ने गरेको थियो ।

Couetsey: Ekantipur

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete