Showing posts with label Blog. Show all posts
Showing posts with label Blog. Show all posts

Wednesday, 10 June 2009

कहाँ पर्छ हुम्ला?

जगले चाहे जस्तो ब्लगको नाम "हुम्ला" राख्न नसकिए पछि हाम्रो दोस्रो रुचिको नाम "हुम्ली" राखेर दर्ता गरियो। हुम्लाका बासिन्दाहरु हुम्ली हाम्रो ब्लगको प्रमुख विषय भएकाले यो नै उपयुक्त छ जस्तो हामीलाई लागेको छ।

मेरो Emailमा Signatureका रुपमा केही ब्लग-लिंक्स् राखेको छु। त्यसलाई हेरेर एक जना साथीले सोधे - के हो "हुम्ली" भनेको? अनि मैले सच्याएँ - के होइन, को हुन् हुम्लीहरु? अनि पछि अर्थ्याएँ पनि - हुम्लीहरु नेपालको पश्चिमोत्तर जिल्ला - हुम्लाका बासिन्दा हुन्।

मुनि नेपालमा रातो रङ्गमा हुम्लाको अवस्थिती र हुम्ला जिल्लाको विस्तृत नक्सा राखेको छु। नक्सामा क्लिक गरेर ठूलो पारेर हेर्न सक्नुहुन्छ।

Wednesday, 13 May 2009

कसरी आई पुगियो त यहाँसम्म ?

धेरै वर्ष अघि हुम्लादेखि अध्ययनका सिलसिलामा हुम्लादेखि काठमाडौं छिरेका जग भण्डारी अनि उनका साथीहरुले अनेक आर्थिक र प्रतिकूल समय इत्यादिका बावजूद हुम्लाको बारेमा चिनारी गराउने र मूलत: साहित्यिक पानाहरु उघार्ने जमर्को गरेका थिए। अभावै-अभावका बीचबाट "The show must go on" अनुरुप उनीहरुले गरेको प्रयासलाई ब्लगर.कमले सित्तैमा सारा इन्टरनेट-संसार भरि पहुँच प्रदान गरेको छ।

म यी भाईहरुको परिश्रम र सरलताको प्रशंसा गर्दै भावी जीवनको सफलताको कामना गर्दछु।

दाजु मित्र खत्री