डा. अरुणा उप्रेती
'सन् १९८६ मा नै मैले विश्व खाद्य संघलाई भनेकी थिएँ, जुन दिन तिमीहरू हाम्रो देशबाट जान्छौ, त्यही दिनदेखि मात्र यहाँ पोषणको स्थिति सुधार हुन्छ' एक पोषण विशेषज्ञले मलाई यो कुरा भनेकी थिइन् ।
'विश्व खाद्य संघले नेपालमा सकारात्मक परिवर्तन ल्याउनुको सट्टा नकरात्मक कुरा ल्याएको छ । सेतो चामल सस्तोमा खान पाइन्छ भने किन दुःख गरेर फापर र कोदो उमार्नु भनेर मानिसहरू हात बाँधेर बसेका छन् ।' मुगुमा विकासे काम गर्दै आएकी समिता प्रधान भन्छिन्- 'नेपालमा खाद्य असुरक्षा छ । नेपालका ५० प्रतिशत मानिसहरू खान पाउँदैनन् भनेर बारम्बार अन्तर्राष्ट्रिय संस्थाहरूले भनिरहेका छन् तर त्यो भोक त चामलको मात्रै हो ।'
'यहाँ फल्ने आलु, सिमी, कोदो र फापरलाई चाहिँ खाद्य नमान्ने विश्व खाद्य संघले केही हदसम्म बदमासी गरेको छ' महाराजगन्जका एक प्रतिष्ठित डाक्टर भन्दछन् । विश्व खाद्य संघले नेपालका सरकारी कर्मचारीहरूसँग मिलेर चामल ढुवानी गर्नुपर्छ भनेर कमिसन खान्छ र नेपालको कर्णालीमा भोकमरी भयो भनेर चामल पठाउँछ तर त्यहीँका स्थानीय रूपमा पाइने कोदो, फापर, सिमी र आलु खाँदाचाहिँ खाद्य असुरक्षा भयो भनेर लामो-लामो रिपोर्ट विदेशमा पठाउँछ । आलु खाएर खाद्य असुरक्षा हुँदो हो त युरोपमा पनि खाद्य असुरक्षा हुनुपर्ने हो त्यहाँ कसरी भएन ?
पाइने खानेकुरालाई स्थानीय रूपमा प्रयोग गर्न छाडेर केबल बाहिरबाट आएको अन्नको भरमा कर्णालीलाई बाँच्न विवश गराउने चाल किन ? यसमा कणर्ालीका ठूलाबडा र चामल ढुवानीबाट आउने कमिसनमा फसेका नेता र व्यापारीहरूको मात्र स्वार्थ छ । जनताहरू त सेतो चामल पौष्टिक हुन्छ भनेर पठाएको ठान्छन् । कणर्ालीका जनताले बुझ्नैपर्छ, आलु चामलभन्दा कमसल होइन । आलुमा त्यति नै बढी शक्ति हुन्छ जति चामलमा हुन्छ । विश्व खाद्य संघलाई त नेपाल जस्ता देशमा बाँच्नु छ, त्यसैले उसले 'नभएको समस्यालाई पनि समस्या छ' भनेर देखाउँछ ।
'विश्व खाद्य संघले अहिलेसम्म जति पैसा नेपालगन्जबाट कर्णालीका विभिन्न ठाउँमा खाधान्न लैजान खर्च गरेको छ त्यसको २५ प्रतिशत मात्रै त्यहाँकोस्थानीय जातका खानेकुरालाई कसरी उब्जाउने भनेर सिकाएको भए, कर्णालीको मान्छेले 'खाद्य असुरक्षा' मान्नु पर्दैन थियो' मुगुमा कार्यरत एक कर्मचारीले भनेका थिए ।
काठमाडौंमा एक किलो फापरको मूल्य सय हुँदा मन्सुली चामलको ४६ रुपैयाँ छ । यहाँ किन्ने फापर चाहिँ उत्तम खाद्य हुने, अनि त्यही फापरचाहिँ कणर्ालीका जनताले खाँदा खाद्य असुरक्षा हुने ? अचम्मको तर्क छ । कर्णालीवासीहरू जो काठमाडौंमा बस्नुहुन्छ, कृपया आफ्ना ठाउँका मानिसहरूसम्म सन्देश पुर्याइदिनुस् विश्व खाद्य संघ र नेपाल सरकारले सेतो चामल दिएर तपाईंहरूको उद्धार गरेका छैनन् । उनीहरू त तपाईंहरूको हातको सीप, जाँगर र स्थानीय खानेकुराहरूलाई विस्थापित गर्न खोज्दै छन् । काठमाडौंका मान्छेले खाने फापर र कोदो, कर्णालीका जनताले खाए उनीहरू के कुपोषणको शिकार बन्छन् ? राजधानीमा बस्नेका लागि आलु उसिनेर नुन र खुर्सानीसँग चाहिँ मज्जाको खाजा हुन्छ तर जब त्यही आलु कर्णालीका जनताले खान्छन्, अनि ठूलाबडाहरू अन्तर्राष्ट्रिय संस्थाहरू कराउँछन् ।
'कणर्ालीका जनताले आलु मात्र खाएर बाँच्न विवस भएका छन् । बिहान-बेलुका अन्न अर्थात् भात खान नपाएर फापर खाएर बाँच्न विवश भएकाले, उनीहरूलाई भात पठाउनुपर्छ' भनेर वाहियात र कुतर्क गरिन्छ । किन चाहियो कर्णालीका जनतालाई भात, जब भातभन्दा धेरै गुणा बढी तत्त्व कोदो, फापर, सिमी आलुमा पाइन्छ भने । त्यही फलाउन सिकाए हुँदैन ? फापर फल्ने खेतमा धान फल्दैन, फापर केही मेहनतले उमि्रन्छ तर चामलै खाने बानी पारिदिएपछि त जनताले जसरी पनि चामल खोज्छन् अनि त चामल ढुवानी गर्नेहरूको, कुहिएको चामल बेच्नेहरूको, राजनीतिक नेताहरूको मोज र भोज हुन्छ, जनताचाहिँ जहिले पनि कुपोषणको मारमा परिरहन्छन् ।
विश्व खाद्य संघ लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाले कहिल्यै पनि कोदो र फापरलाई ढुवानी गर्न खर्च दिँदैनन्, त्यहीँको स्थानीय खानेकुरालाई खान प्रोत्साहित गर्दैनन् र हाम्रो कार्य र नीति बनाउनेहरू पनि त्यसैगरी उनीहरूको पछि लाग्छन् । 'हामीलाई तिम्रो चामल चाहिन्न, बरु कोदो र सिमी उमार्न राम्रो बीउ र ज्ञान देऊ' कणर्ालीवासीहरूले भन्नैपर्छ । कुहिएको चामल खाएर कुपोषण र हैजाको शिकार बन्न चाहनुहुन्छ ? एकचोटी विचार गर्नुस् है ।
(कान्तिपुरको अनलाईन संस्करणबाट साभार टिपिएको)

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete