Showing posts with label Development. Show all posts
Showing posts with label Development. Show all posts

Monday, 27 March 2017

Discussion on the Challanges of the development of Humla


Monday, 20 September 2010

मानसरोवरसम्मै नेपाली हेलिकप्टर

तिब्बती प्रहरीको सुरक्षा चासो


जे पाण्डे र जयबहादुर रोकाया



सिमकोट (हुम्ला), आश्विन ५ - तिब्बती सीमा आकाश प्रयोग गरी हेलिकप्टर उडान भएकाप्रति त्यहाँका सुरक्षा अधिकारीले नियन्त्रणमा चासो देखाएका छन् ।

सदरमुकाम सिमकोटबाट हिल्सा हुँदै मानसरोवर जाने आउने तीर्थालु तथा पर्यटकलाई लैजादा र ल्याउँदा हवाई उडान भर्ने नेपाली हेलिकप्टर तिब्बतीय क्षेत्रभित्र प्रवेश गरेकामा उनीहरूले यताका अधिकारीसमक्ष चासो देखाएका हुन् । उक्त कार्य रोक्न तिब्बतीय प्रहरीले नेपाली सुरक्षा निकायलाई आग्रहसमेत गरेका छन् ।

हिल्सास्थित प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई यसबारे जानकारी गराएको डिएसपी शिशिर श्रेष्ठले कान्तिपुरलाई बताए । सडक मार्ग नभएकाले विदेशी पर्यटकहरू चीनको मानसरोवर जाँदा आउँदा सिमकोटबाट हिल्सासम्म नेपालका विभिन्न हवाई उडानबाट यात्रा गर्न बाध्य छन् ।

हिल्सा पुग्नुअघि दक्षिणको करिब ५ हजार मिटर उचाइमा रहेको नारालेक पार गर्नुपर्ने हुँदा निकै उचाइमा उडेका ठूला हेलिकप्टरलाई अवतरण गराउँदा तिब्बती आकाशको सेर गाउँ फन्को मार्नुपर्छ ।

'हिल्साबाट यात्रु र सामान लिएर फर्किंदा धेरै भार हुन्छ । यसले हेलिकप्टर सोझै माथि उडन सक्दैन,' सिमकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीले भने, 'ठूला हेलिकप्टरका चालकलाई चिनियाँ आकाश घुमेर बस्नुपर्ने बाध्यता छ ।' उनले समस्याको व्यावहारिक समाधान खोज्नुपर्ने बताए ।

'घुमेर अवतरण गर्नुपर्दा र उडान भर्दा कहिलेकाहीँ उताको आकाशमा हेलिकप्टर जान सक्छ,' एक सातादेखि हिल्सामा अलपत्र परेका भारतीयलगायत विभिन्न देशका पर्यटकलाई उद्धार गर्न सिमकोट विमानस्थलमा पुगेका बिके ११७ कावासाकी हेलिकप्टरका क्याप्टेन शैलेन्द्र बस्नेतले भने, 'सकेसम्म त हामी तिब्बतको आकाश प्रयोग गर्न चाहँदैनौं ।'

क्याप्टेन बस्नेतले सोमबार तिब्बती क्षेत्रभित्र नगई हिल्सामा अलपत्र भरतीय तीर्थयात्रुलाई उद्धार गरेका छन् । निजी एयरलाइन्स कम्पनी सञ्चालकहरू पनि आफ्ना हेलिकप्टर सकेसम्म हिल्सा जाँदा तिब्बत क्षेत्रमा जान नदिने गरी उडान गर्दै आएको बताउँछन् । 'भौगोलिक विकटता र अवतरणमा आउने कठिनाइले कहिलेकाहीँ प्रयोग हुन सक्छ,' नेपाल वायु सेवा संघका अध्यक्ष रामेश्वर थापाले भने, 'अन्यथा हाम्रो प्रयास उता नछिर्ने नै हो ।' समस्या समाधान गर्न यसअघि भएका विभिन्न सम्झौता कार्यान्वयन हुनुपर्ने थापाको तर्क छ ।

हिल्सा जाँदा आउँदा प्रायः मौसमले नेपाली हवाई उडानहरूलाई साथ दिँदैन । अनुकूल मौसम भए पनि तिब्बती आकाश घुम्दा जोखिम मोल्नुपर्छ । यस्तो अवस्थमा हिल्साभन्दा करिब ४० किलोमिटर दक्षिणस्थित यारीमा साना ठूला हेलिकप्टर बस्न सक्ने हवाईस्थल बनाउन सकिने विकल्प पनि रहेको पातलीले बताए । थापा भने त्यसो गर्दा आर्थिक रूपमा अहिलेको बाटोभन्दा महँगो पर्ने बताउँछन् ।

नेपाल-तिब्बत संयुक्त पर्यटन संयोजन समितिको चौथो बैठकमा तिब्बत पर्यटन ब्युरोले उद्धारका लागि मात्र नेपाली हेलिकप्टरलाई मानसरोवर क्षेत्रमा उडान भर्न दिने सम्बन्धमा सहमति जनाएको छ । तर सहमति कार्यान्वयन हुन निकै समय लाग्ने हुँदा दीर्घकालीन समाधान खोज्नुपर्ने देखिएको छ ।

सिमकोट-हिल्सा १५ देखि १८ मिनेटको हवाई मार्ग हो । तर त्यहाँ जान आउन निकै कठिन

छ । सरकारले यारीबाट हिल्सासम्म ४० किलोमिटर निर्माणाधीन सडकलाई प्राथमिकता दिई मोटर चल्न सक्ने बनाउन सके पर्यटकको संख्या निकै बढ्ने स्थानीयहरूले बताए ।

जेठदेखि असोज ५ महिना मानसरोवर जान आउनका लागि उपयुक्त मौसम मानिन्छ । जेठयता यो सातासम्म हुम्लाको हिल्सा हुँदै करिब ६ सय पर्यटकले मानसरोवर यात्रा गरेका छन् ।

सोमबार साना हेलिकप्टरले एक सातादेखि अलपत्र तीर्थालु र पर्यटकलाई उद्धार गरेका छन् । एक जना भारतीय सभासदसहित २३ जनाको टोली यता आउन नसकेपछि उतैबाट फर्केको छ ।

सिमकोट हुँदै मानसरोवर पुगेर र्फकंदा हिल्सामा अलपत्र परेका पर्यटक तथा तीर्थालुले खाने बस्ने ठाउँसमेत नपाएको बताएका छन् । उक्त मार्ग हुँदै हिँड्नेका पर्यटकहरूमध्ये कतिपयले नेपालका अन्य तीर्थस्थल जाने पूर्वनिर्धारित कार्यक्रमसमेत रद्द गरेका छन् ।

'खानेबस्ने र दिसापिसाब गर्ने ठाउँसमेत पाइएन,' अमेरिकाबाट आएका प्रवासी भारतीय इन्दिराले भनिन्, 'केही नपाएकाले ताक्लाकोट पुगेर आलु किनेर खानुपर्‍यो ।' उनले मुक्तिनाथ यात्रा रद्द गरेको बताइन् । अर्का तीर्थालु आमोदले सबै सूचना संयन्त्रसमेत नभएकाले झन् ठूलो समस्यमा परेको बताए ।

प्रतिकूल मौसमले गर्दा साउन र भदौ महिनामा सिमकोट विमानस्थलबाट ७ दिन मात्र हवाईजहाजले उडान भरेका छन् ।

Monday, 14 December 2009

मानवीय विकास सुचकाङ्कमा हुम्ला

मानवीय विकास सुचकाङ्कमा हुम्ला अझै नेपालको अरु जिल्लाको तुलनामा पुछार मै छ। जम्मा जम्मी साक्षरता दर २२% मात्र छ। अरु जिल्लाको तुलनामा हुम्ला मानवीय विकास सुचकाङ्कमा ६७औं स्थानमा छ। यो सुचकाङ्क (इंडेक्स)ले बताउँछ कि हुम्ला अझै ढुङ्गे युग मै बाँचिरहेको छ। दुनियाले मंगल ग्रहमा बास बसाल्ने योजनामा काम गरिरहँदा हुम्लीहरू एक छाक खाना र एक सरो नानाको लागि तड्पीरहेका छन्। हेर्नुस् प्रतिबेदन।

(साभार: हिमाली नवीन समाज)

Friday, 11 December 2009

कर्णालीको विकासको साँचो: सडक


हिमाल ख़बर पत्रिकामा प्रकाशित सुवास देवकोटाद्वारा लिखित निम्न आलेख "सबै सम्भावना सडक मै"बाट साभार गरिएको हो।


दुर्गम कर्णालीको पनि विकट हुम्लाका धेरै समस्या सडकसँग गाँसिएका छन्। मोटरबाटो आइपुगे विकासको बाटो पनि खुल्ने हुम्लीहरूको विश्वास छ। सुवास देवकोटा को रिपोर्ट


Friday, 25 September 2009

कति बस्ने है सधैं पुछारमा?

नेपाल संसारको अति नै गरीब देश हो भनेर पढ्दा मलाई विद्यार्थीकालमा दुख र रिस उठ्थ्यो। रिस त अब उठ्दैन तर नेपाल भने जहाँको त्यहीं रही रह्यो। अझै यस्तो बिघ्न गरीब देशका ७५ जिल्ला मध्ये पनि सबै भन्दा तल पर्ने जिल्लाहरुमा जनजीवन कस्तो होला? शिक्षा, स्वास्थ्य आदी कस्तो अवस्थामा होलान् सोच्नु पर्ने हुन्छ।

मैले हुम्ला डेवलप्मेंट इनिशिएटिव(HDI)को एउटा प्रतिवेदन हेर्दै थिएँ। हुम्ला त्यो लिस्टको अन्तिम दोस्रोमा रहेछ। हुम्ला भन्दा पनि पछि पर्ने जिल्ला मुगु रहेछ। देशले पुछारका २० जिल्लालाई विशेष कार्यक्रम ल्याउनु पर्ने हो। कार्यक्रम शायद फाइलमै सडिरहेका होलान्, जसरी उता औषधि नपाएर मरेका मानिसहरु सडिरहेका छन्। उनीहरु पनि चहान्छन् होला सुविधापूर्ण अस्पताल बनोस्, कलेज बनुन्, सुकिला लुगा लागाएर हिंड्न, बस-हवाई जहाज चढेर सजिलै आ-आफ्नो गन्तव्य पुग्न। कसले बनाइदिन्छ यहाँ? किन बन्दैन यहाँ? कि सधैंभरि एउटा "विकट" जिल्ला नै भैरहने पो हो कि? काठ्माडौंको कानमा चिच्याएर भन्नु पर्‍यो - "काठ्माडौलाई मात्रै किन चाहियो ३०० अस्पताल र नर्सिंग होम्स्, राम्रो जागिर खानलाई काठ्माडौं खाडल नछिरी किन हुन्न?" क्षेत्रीय संतुलन बनाउने हो भने, बराबर विकास गरिनु पर्‍यो, सधैं कहाँबाट बढी भोट आउँछ त्यहीं मात्र काम गर्ने होइन।