Thursday, 27 May 2010

सिफारिसबिना पाइँदैन चामल


जनक नेपाल

सिमकोट (हुम्ला), जेष्ठ ८ - डाँडाफाय-३ स्थित ग्वालेखोरकी गौरी विक चामलको लाइन बस्न बिहान २ बजे उठेर सिमकोट आइन् । खाद्य संस्थानको चौरमा घन्टांै लाइन बसे पनि उनी रित्तो हात फर्किनुपर्‍यो । किनभने उनीसँग नेता, सभासद वा प्रमुख जिल्ला अधिकारीको सिफारिसपत्र थिएन ।

'उता छोराछोरी भोकै छन्, यहाँ चामल पाइएन' ३४ वषर्ीया उनले कान्तिपुरसित भनिन्- 'नेता-सांसद चिनेकी छैन । कसको सिफारिस ल्याउने ?' चार दिन आधा पेट खाएर ढुंगा ओसारेको ज्याला बोकेर उनी चामल लिन सिमकोट झरेकी हुन् ।

विक परिवारको तीन महिना खान पुग्ने बारी छ । तर, खडेरीले गत वर्ष उब्जनी भएन् । उनको मात्र होइन सिंगो गाउँमा अहिले खाद्य संकट छ । ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दैआएका उनीहरूलाई पैसा कमाउनभन्दा खाद्यान्न जुटाउनु ठूलो समस्या भएको छ । 'गत वर्ष सिस्नो त हरियो थियो, खोले पकाउँथ्यांै । यो वर्ष सिस्नो पनि पलाएन'- गौरीले भनिन् ।

खाद्य संस्थानका हुम्ला प्रमुख हरिप्रसाद जोशीको टेबुलमा चामलका लागि दिनहुँ दर्जनौं सिफारिस पत्रहरू पुग्छन् । सिफारिस पत्रवाहकसँग उनी नाइँनास्ती गर्न सक्दैनन् । 'सञ्चयकोष पाउने र रक्सी बनाउनेले पाउँछन् । हामीले पाउँदैनौं'- उनले भनिन् ।

प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेताहरू र सभासद्हरूले ससाना चिटमा लेखेका हुन्छन्- 'खाद्य प्रमुखज्यू, चामल दिनुहोला ।' तर, गौरी र उनीजस्ता गाउँले विपन्न परिवारका लागि सिफारिस गरिदिने सिमकोटमा कोही छैन ।

चार घन्टा पैदल हिँडेर सिमकोट पुगेकी छिप्रा गाउँकी नैनकला शाही पनि रित्तै फर्किनुपर्‍यो । खाद्य कार्यालय पुग्नासाथ कर्मचारीले सोधे- 'सिफारिस छ ?' उनले छैन भन्न नभ्याउँदै ती कर्मचारीले अर्को दिन आउन भने ।

खाद्य संस्थानले आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा झन्डै सात हजार क्विन्टल चामल बिक्री गरिसकेको छ । तर, खाद्य संकट उत्पन्न भएकाले थप पाँच हजार क्विन्टल चामल माग गरिएको छ । संस्थानका हुम्ला प्रमुख जोशीले भने, 'खडेरीले गहुुँ र मकै उत्पादन राम्रो भएन । त्यसैले चामल आपूर्ति नभए संकट उत्पन्न हुने स्थिति छ ।'

संस्थानको चामल सदरमुकाम र वरपरका गाउँका बासिन्दाले मात्र पाइरहेका छन् । गाविस र वडाका चामल कोटा सिमकोट बस्नेले खपत गरिरहेको जोशी स्वीकार्छन् । 'खाद्य व्यवस्था समितिको बैठकमा पनि कुरा उठ्छ । तर, चामल नदिए कुट्नै आउँछन्' उनले भने ।

सदरमुकामदेखि टाढाका गाउमा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हिमालय कन्जरभेसन र डिप्रोक्समार्फत् कामका लागि खाद्यान्न वितरण गर्दै आएको छ । विश्व खाद्यले बाँड्ने चामलको परिमाण संस्थानको भन्दा झन्डै दोब्बर छ । तर, वितरण गर्नका लागि सरकारी निकायसँग कुनै समन्वय छैन ।

संस्थान र जिल्ला प्रशासनलाई गैरसरकारी संघ-संस्थामार्फत् हुम्लामा कति चामल ढुवानी हुन्छ भन्नेसम्म जानकारी छैन । 'विश्व खाद्यको चामल लिन सिफारिस चाहिन्न' सदरमुकाममा विश्व खाद्यको चामल लिन आएकी डाँडाफायकी पूर्णकला विकले भनिन्, 'आफ्नै पाखोमा स्याउ लगायांै । काम सकेर चामल लिन आयांै ।'

लामो खडेरीले गत वर्ष कोदो, गहुँ, धान र उवाको उत्पादन ५० देखि ७० प्रतिशत घटेको कृषि विकास कार्यालयले जनाएको छ । पुस, माघ र फागुनमा हिउँ परेकाले यो वर्ष उत्पादनमा १५-२० प्रतिशत सुधार हुने अनुमान गरिएको कृषि कार्यालय प्रमुख रामनन्दन यादवले बताए । 'तैपनि, खाद्य संकट हुने स्थिति छ', उनले भने ।


-यो समाचार इकान्तिपुर डट कम बाट साभार गरिएको हो ।-

Wednesday, 26 May 2010

हुम्लामा रलिङ् मेला

२०६७ साल जेष्ठ १३ गते

हुम्ला जिल्लाको सबै भन्दा ठुलो चाडको रुपमा चिनिने रलिङ् चाड् आज धुम्धामका साथ मनाइदैछ । रलिङ् दर्शनको रुपमा प्रख्यात यो चाड आज र भोलि दुइ दिन सम्म चल्दछ । रलिङ् दर्शनको लागि दर्शनार्थिहरु हिजै बाट जाने क्रम शुरु भैसकेको छ। हुम्ला जिल्लाको ठेहे गा बि स मा पर्ने यस रलिङ् गुम्बा प्राक्रितिक हिसाबले मात्रै सुन्दर नभएर यसको आफ्नै पौराणिक महत्व पनि रहेको छ। सिमिकोट सदरमुकाम भन्दा झन्डै छ सात घन्टाको दुरि मा हिमाल्को चुचुरो नजिकै रहेको यस गुम्बामा नेपालकै सब भन्दा पुरानो ताम्र पत्र पाइेको थियो । बौद्ध धर्मावलम्बिको गुम्बा भएता पनि हिन्दु तथा अन्य धर्माव्लम्बिहरुको पनि ठुलै उपस्थिति रहने गर्दछ । लामा समुदाय र क्षेत्रि समुदायद्वारा छुटाछुटै परम्परागत झांकि प्रस्तुत हुनुका साथै स्थानिय देउडा नाच नाचेर रमाइलो गर्ने गरिन्छ । बौद्ध धर्मावलम्बि र हिन्दु धर्मावलम्बि का आ अाफ्नै नाच गान साथ मनाइने यस चाडले धार्मिक बिबिधताका साथै धार्मिक सहिस्णुता पनि झल्काउदछ ।


(Photo by Gorakh Bdr. Bista: ऐतिहांसिक तिर्थ स्थल रलिङ् गुम्बा)

पौराणिक मान्यता अनुसार ह्वारे क्वारे लामा (जसलाइ बौद्ध धर्मका ठुला गुरु मानिन्छ)ले हिड्दै जाने क्रममा यो ठाउंमा नपुग्दै बिहान भएर काग कराएको हुंदा यहि ठाउंमा ध्यानमा बसेकाले गर्दा यो ठाउंको नाम रलिङ् गुम्बा रहेको र यदि काग नकराएकै अर्थत् बिहान हुनु अगावै यो ठाउंमा पुगेको भए यस ठाउंमा कैलाश मानसरोवर बन्ने थियो भनेर बुढा पाकाहरुले भन्ने गरेकाछन । ठुला ठुला गुफा र चट्टानहरु, जताततै चट्टान तथा ढुङाहरुमा कुदिएका शिलालेखहरु का साथै बुकि घांसले टम्म परेका चौरहरु ले घ्रेरिएको यस रलिङ् गुम्बा ले धार्मिक, पौराणिक तथा पर्यटकिय महत्व बोकेको भएतापनि सरकारि तवर बाट कुनै वास्ता गरिएको छैन ।

Monday, 24 May 2010

हुम्लाकी उजेली


सिमीकोट - तल्लो गाउँकी उजेली रोकाया 'छोरी पढाउन अप्ठ्यारो मान्ने' पुरुष-प्रधान हुम्ली समुदायहरूका निम्ति गतिलो जवाफ बनेकी छन् । गत वर्षयुनिसेफका सहजकर्ताहरूबाट अनौपचारिक शिक्षा कार्यक्रम र त्यहाँ हुने पढाइ-लेखाइ बारे सुनेपछि १६ वर्षो निरक्षर उजेलीले मन थाम्नै सकिनन्  र पढ्न कै निम्ति श्रीमानको घर त्यागेर गाउँलाई नै आर्श्चर्यमा पारिन् ।

श्रीमान् काठमाडौँमा भएकाले उनी सासूससुराको रेखदेखमा थिइन् । गाविस सचिव भइसकेका, पढालेखा ससुरा समेत उजेलीलाई पढाउन चाहन्नथे । पढ्न गए घरमा कहिल्यै पस्न नदिने धम्की पाउँदापाउँदै पनि उनले गाउँटोलमा 'असाधारण हिम्मत' देखाइन् र १० महिनाभित्रैमा आधारभूत शिक्षा पूरा गरी कक्षा ५ मा भर्ना भइन् । पहिलेकी लजालु, सङ्कोची बुहारी उजेली अहिले आत्मविश्वासी र निर्भिक बनेकी छन् । अनि, धक नमानी बोल्छिन् । आफूमा आएको परिवर्तनसँग चकित हुँदै उनी भन्छिन्, "अब म एसएलसी पास नगरी घर र्फकन्न ।"

धेरै हुम्ली महिला र बालिकाहरूका घरभित्रका कठोर बन्धनलाई तोड्ने र उनीहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाउने सङ्कल्प लिएकी छन् उजेलीले । लक्ष्य पनि त्यस्तै छ- शिक्षिका बनेर धेरै बालबालिका तथा महिलालाई शिक्षित बनाउने । अझै पनि 'समाज भँडुवी' का रूपमा गाउँले पुरुषहरू उनको उपहास गर्छन् । तर घरबाट तिरस्कृत भएपनि माइतीबाट राम्रो आडभरोसा पाएकी छन् उजेलीले । भन्छिन्, "अब कुनै तगारोले मलाई छेक्न सक्दैन ।"


Courtesy :himalkhabar.com

Sunday, 23 May 2010

रक्सीले ल्यायो भोकमरी

प्रेमनारायण भुसाल

समुद्री सतहबाट ४००० देखि २४०६४ फिटको उचाइमा रहेको हुम्ला जिल्ला नेपालको विकट एवं अविकसित जिल्लाको रूपमा चिनिन्छ । सन् १९९३ मा मेदिनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना ज्वाइँ बलराज शाहीलाई दिएको र पछि विसं १८४६ मा बहादुर शाहले यस जिल्लालाई नेपालको शासकीय क्षेत्रका रूपमा मिलाएको इतिहासमा उल्लेख छ । यस जिल्लामा अनेकौं हिमशंृखला छन् । यस जिल्लाको नामकरणको सर्न्दर्भ पनि रोचक छ । प्रसिद्ध तर्ीथस्थल खार्पुनाथमा प्राचीनकालमा कोटिहोम लगाएकाले यही होम लगाएको अर्थात् होम±लाबाट अपभ्रंश भई हुम्ला भएको हो भन्ने एक किसिमको भनाइ पाइन्छ भने हुण जातिहरूले यहीँ बाटो भएर हृला -भन्ज्याङ) काटी तिब्बत प्रवेश गरेकाले हुण र हृलाबाट हुम्ला भएको हो भन्ने भनाइ पनि पाइन्छ । जे होस् नेपाली संस्कृति र सभ्यताको उद्गमस्थल मानिने कर्ण्ााली प्रदेशमा अनेकौं ऐतिहासिक तथ्यहरू सुरक्षित रहेकोमा दर्ुइमत हुन सकिँदैन ।
कस्मिरबाट नेपाल प्रवेश गरेका मानिसलाई 'खस्मिर' हुँदै खस, उनीहरूको बसोबास रहेको क्षेत्रलाई खसान, उनीहरूको भाषालाई खसकुरा र उनीहरूले खाने पशुविशेषलाई खसी भनिएबाट बहुसंख्यक खसहरूको पुख्र्यौली बसोबास रहेको ऐतिहासिक स्थलका रूपमा पनि हुम्ला क्षेत्रलाई लिन सकिन्छ ।
ऐतिहासिक तथ्य, जलस्रोत र प्राकृतिक सम्पदाको दृष्टिले धनी भए पनि हुम्लाको जीवनस्तर अत्यन्त कमजोर छ । करिब ५० हजार जनसंख्या रहेको यस जिल्लाको क्षेत्रफल भने ५६५५०० हेक्टर रहेको छ । हिमाली क्षेत्र, अनर्ुवर भूमि र १८ सेल्सियससम्मको चिसोका कारण यहाँका धेरै नागरिक गरिबीको रेखामुनि छन् ।
हुम्लाको सदरमुकाम हिमालैहिमालको बीचमा रहेको सिमकोट गाविसमा पर्छ । थोरैसम्म परेको भू-भाग र त्यहाँ अवस्थित सिम -सिमसार) र प्रसिद्ध मारुलेकोट तथा कुकलेकोटको संयोजनबाट यस गाविसको नाम सिमकोट रहेको भए पनि नबुझेर गाउँको नाम सिमिकोट बनाइएको तर्क पर्ूवराज्यमन्त्री शूरवीर शाहीको छ । अहिले पनि सिमकोटमा रहेका बोर्डहरूमध्ये केहीमा सिमकोट, हुम्ला लेखेको पाइएबाट पनि यस भनाइमा सत्यता रहेको देखिन्छ । यातायातको सुविधाबाट पर्ूण्ातः वञ्चित यस जिल्लाको एक मात्र साधन हवाइ सेवा हो । सिमकोटमा रहेको एयरपोर्टमा आउन पाँच दिनसम्मको पैदलयात्रा गर्नुपर्ने बाध्यतासमेत रहेकाले जिल्लावासी दुःखदायी जीवन व्यतीत गर्न विवश छन्, भन्ने स्पष्ट हुन्छ ।
किन पिछडियो हुम्ला -
नेपालमा विकट दर्ुगम जिल्लाका नाम लिने सर्न्दर्भमा हुम्ला, जुम्ला भन्ने गरिएको पाइन्छ । हुम्लालाई जुम्लासँग जोडेर भन्नु हुम्लीप्रतिको अपमान हो, जुम्लाभन्दा कैयौं गुना विकट दर्ुगम र कहाली लाग्दो छ, हुम्ला जिल्ला । हुम्ला पिछडिनुको मूल कारण त यहाँको भूबनोट नै हो । खेतीपाती नहुनु, अन्य व्यवसायबाट आत्मनिर्भर हुन सक्ने आधार प्राप्त नहुनु र यातायातको असुविधा नै हुम्ला पिछडिनुका कारणहरू हुन् । यसका साथसाथै हुम्लामा रहेका बहुमूल्य वनस्पति, जलस्रोत र अन्य सम्पदाको पहिचान र उपयोग हुन नसकेकाले पनि यो जिल्ला पछाडी परेको छ । पर्ूवराज्यमन्त्री शूरवीर शाही अशिक्षा र खराब पानीका कारण हुम्लीहरू पछि परेको बताउँछन् । उनका अनुसार दार्मा, नेटक, जाडबाडा र कार्कीबाडाजस्ता गाउँमा आयोडिनको कमीका कारण अपांग बालबालिका जन्मन्छन् । पहिला यिनै विविध कारणले पछि परेको भए पनि अहिले एनजीओ, आईएनजीओले परनिर्भर बनाउने काम गरेको तर्क राख्छन् जिल्ला कृषिविकास कार्यालयका जेटी उदयकान्त झा । सित्तैमा खाद्यान्न दिन थालेपछि त्यहाँका जनताले रैथाने-परम्परागत) खेतीप्रणाली नै परित्याग गरेकोमा चिन्ता व्यक्त गर्छन्, उनी । नेताहरूको अदूरदर्शीतालाई कारक मान्ने कृषि व्यवसायी टेक रावल हिल्सा(सिमकोट मोटरबाटो निर्माण गर्ने सिलसिलामा नेताहरूकै जिद्दीका कारण दर्ुइतिरबाट दर्ुइओटा बाटा निर्माण गर्न थालिएको सर्न्दर्भ जोड्छन् । करिब ८० किमिको चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिने बाटो निर्माण भए पनि हुम्लाको कायापलट हुने तर्क छ, होटल व्यवसायी बखतबहादुरको तर विदेशी डोनरहरू यो बाटो निर्माण हुन दिने पक्षमा छैनन् । गरिब नेपाल र हुम्लाको नाम बेचेर सम्पन्न र दानी बन्ने प्रवृत्ति डोनरमा पनि बढेको देखिन्छ । विकट ठाउँमा हरितमार्गको नारा लगाउँदै विस्फोट गर्न नदिने, डोजर चलाउन नदिने काम गरेर विदेशी डोनरहरू हुम्ला विकासका बाधक बनेको जेटी झाको भनाइ छ । यस्तै गर्ने हो भने अरू ८० वर्षा पनि ८० किमि बाटो बन्न नसक्ने तर्क स्थानीय बुद्धिजीविको छ ।


[Photo by Arjun Bohara : यसरि हेलिकोप्टरको महङ्गो भाडा तिरेर ल्याइेको चामल सर्बसाधारणले पाउनुको सट्टा पहुंचवालाले रक्सि बनाउन प्रयोग् गर्छन् ।]

किन सधै खाद्यसंकट -
हिमाली हावापानीका कारण हुम्लाको प्रायः भू-भाग उर्वर छैन । खेतीयोग्य जमिन ६८१६ हेक्टर भए पनि ५०२० हेक्टरमा परम्परागत रूपमा खेती गर्ने गरएकिो तथ्यांक जिल्ला कृषि विकास कार्यालयसँग छ । चिसोका कारण खेती बाली पाक्नसमेत लामो समय लाग्ने कृषिविज्ञको भनाइ छ । अर्कोतिर उच्चक्षेत्र भएकाले अन्यत्र हुने सबै बाली यस क्षेत्रमा लगाउन सकिँदैन । आलु, फापर, चिनो, जौँ, गहुँ, उवा, कोदो, सिमी यहाँका मुख्य फसल हुन् । यस क्षेत्रमा कसैले पनि तीन महिना भन्दा बढीलाई पुग्ने अन्न उब्जाउन सक्दैन ।
हुम्लाका सबैजसो मानिसले अन्य जिल्ला खासगरी सर्ुर्खेत हुँदै हवाई यातायातबाट लगेको खाद्यान्न उपभोग गर्दछन् । खाद्यसंस्थानले आफ्ना डिपोमार्फ चामल-तेल उपलब्ध गराउने गरेको छ । यसबाहेक विभिन्न एनजीओले पनि मौसमी रूपमा दाल, चामल बाँड्ने गरेका छन् । विदेशीले अनुदान दिएको चामल पनि हुम्ला जान्छ । चामलको मूल्यभन्दा ६-७ गुना बढी हवाई भाडा नेपाल सरकारले व्यहोरेको हुन्छ तर हुम्लीलाई यस कुराको पत्तो हुँदैन ।
राजनेता र प्रशासक राज्य उनीहरूमाथि गरेको लगानी बुझाउन असफल देखिन्छन् । सरकारी प्रवृत्ति र अर्कैको चामल टाठाबाठाले कुम्ल्याइदिने प्रवृत्तिले निरीह जनता वर्षौपिच्छे भोकमरीको सिकार बन्ने गरेका छन् । अर्को डरलाग्दो तथ्य खाद्यसंस्थानले वितरण गरेको ६० प्रतिशत चामलको भात बन्दैन, रक्सी बन्छ । संस्थानले दिएको धेरैजसो चामल जाँड-रक्सीमै प्रयोग हुने सिमकोटमा कार्यरत प्रायः कर्मचारी सहमत छन् ।
कस्तो छ, जीवनशैली सिमकोटको -
कुच्रुक्क परेको सिमकोट बजार, माथिल्लो भागमा जस्ताका छाना भएका लामाका घरहरू बीचमा एयरपोर्ट र सरकारी अफिसहरू अनि तल्लो भागमा माटाकै छाना भएका स-साना गुजुमुज्ज परेका -क्षत्री) खस जातिका घरहरू । यही हो, सिमकोटको चित्र । लुगाधुने पूजा साबुन प्रतिगोटा रु ७०, चिनी प्रतिकिलो रु २८०, चिया दूध नराखेको प्रतिकप रु २५, चाउचाउ प्रतिप्याकेट काँचो रु ५० र पकाएको रु ७५ । यसैबाट अनुमान गर्न सकिन्छ कति महंगो छ हुम्ली जनजीवन - सामान्यतया हरेक सामानमा काठमाडौंको मूल्यमा हवाई ढुवानी शुल्क प्रतिकिलो रु २०० थपेपछि हुम्ला सिमकोटको औसत मूल्य आउँछ । महंगीको जालोमा उनिएको छ, हुम्ली जनजीवन । रक्सी यहाँको सबैभन्दा चल्दो सामान हो । सबैतिर जतिखेर पनि उपलब्ध हुने रक्सी प्रायः हुम्लीको जीवनशैली हो, अनि अभिशाप पनि । रक्सी व्यवसायकै कारण लामाका छाना जस्ताका भएको बखतबहादुरको भनाइले पनि खासगरी क्षेत्रीहरूलाई रक्सीले खाएको पुष्टि हुन्छ ।
आमदानीको स्रोत -
यार्चागुम्बा, गुछिच्याउ, जटामसी, अत्तिस, सिलाजित, पाँचऔंले, विष, भुत्केस, सतुवा, पदमचाल्नु, चिराइतो, कटुकी, काँकरसिलो, पारवनवेद, नर्ुर्विसलगायतका बहुमूल्य जडीबुटीको संकलन र बिक्री धेरै हुम्लीको आयस्रोत हो । यसका अतिरिक्त तिब्बतको ताक्लाकोटलगायतका ठाउँमा गई काम गरेर मोटो रकम ल्याउने चलन पनि छ । सिमकोटजस्ता बजारक्षेत्रमा मदिरा र यौन व्यवसाय आयआर्जनको तेस्रो स्रोतका रूपमा देखिन थालेको छ, अचेल । यौन व्यापारका दृष्टिले सिमकोट प्राकृतिक रूपले उपयुक्त ठाउँ नभए पनि यसलाई उपयुक्त तुल्याउने काम यहाँ विद्यमान प्रथाले तुल्याएको देखिन्छ । लामाजातिमा विद्यमान बहुपत्रि्रथाका कारण महिलाको संख्या पुरूषका तुलनामा ज्यादै बढी हुने र गुम्बा जान नचाहनेहरू बजारक्षेत्रमा गई मदिरा र यौनव्यवसाय चलाउने गरेको देखिन्छ । जारी प्रथाले सामाजिक मान्यता पाएको यस जिल्लामा जारी गर्ने होडबाजी नै चल्ने गरेको भए पनि हाल सो क्रम निकै घटेको विनि विष्णुबहादुर शाही बताउँछन् ।
दलित र महिलाको अवस्था -
हुम्ला जिल्लामा कुल जनसङ्ख्याको १२.६६ प्रतिशत जनसंख्या दलित छन् । सुरक्षित ठाउँमा बसोवास गर्नसमेत नपाएका दलित समुदायका घर खोलाका किनार, भीर र पहिराका मुखमा रहेका छन् । यसैले दलितबस्ती प्रायः दैवीप्रकोपको सिकार बन्न पुगेका घटना र्सार्वजनिक भइरहन्छन् । छोइछिटोको मान्यतासमेत अन्त्य भइनसकेकाले गरिब दलितहरू झनै दलिएका छन् । खाद्यअभाव, कुपोषण र महामारीबाट सधैं पीडित भइरहने नियति दलित समुदायको देखिन्छ । उनीहरू न त आफू बोल्न सक्छन् न त उनीहरूको बोलीको नै सुनुवाइ हुन्छ । यसैले हुम्ली दलितको जीवन निराशा, कष्ट, भय र आशंकै आशंकामा बितेको छ ।
परिवारका सदस्यलाई खाना खुवाउने जिम्मेवारी पाएकी महिलाको खाद्यसंकट हुने ठाउँमा कस्तो भूमिका हुन्छ होला - गरिब महिला समुदाय पेटभन्दा अरू कुरा सोच्ने फर्ुसद नै पाएका हुँदैनन् । खाद्यमा लाइन बस्ने, रित्तै फर्किनुपर्दा भोकै सुत्ने विवशता उनीहरूमा छ । हुम्लाको कुल जनसङ्ख्याको ४७ प्रतिशत जनसंख्या महिला छन् । हिन्दू र बौद्धधर्मावलम्बीको बसोवास रहेको हुम्लामा हिन्दूधर्मावलम्बी महिलाहरू नछुने -छाउ) हुँदा सात दिन र सुत्केरी हुँदा १५ देखि ४५ दिनसम्म गोठमा बसेर नारकीय जीवन बिताउन बाध्य हुन्छन् । बौद्धधर्मावलम्बी लामाहरूमा अझै बहुपति प्रथा विद्यमान छ । सबै दाजुभाइहरूले एउटै श्रीमती राख्ने प्रचलन रहेकाले छुट्टै विवाह गरेमा अंशबाटै वञ्चित हुनुपर्ने परम्पराका कारण विवाह गर्ने महिला घरेलु शोषणको सिकार भइरहन्छिन् भने विवाह गर्न नपाउने महिलाहरू गुम्बामा जानैपर्ने अवस्था छ । गुम्बामा बस्न नसक्ने महिला शारीरिक आवश्यकता परिपर्ूर्ति गर्ने सर्न्दर्भमा अनायासै वेश्याको जीवन बिताउन विवश हुन्छिन् । यसरी हुम्ली समाजमा महिलाको स्थिति निकै दयनीय देखिन्छ । यही गरिबी र कुसंस्कारको फाइदा उठाउँदै धर्मपरिवर्तन गराउन क्रिस्चियन प्रचारक सिमिकोटसम्म पुगिसकेको देखिन्छ ।
केको सम्भावना छ, हुम्लामा -
हुम्ला औषधीय गुणयुक्त दर्ुलभ एवं बहुमूल्य वनस्पतिको भण्डार हो । यी वनस्पतिको पहिचान, प्रशोधन र संरक्षणबाट हुम्लालाई आत्मनिर्भर मात्र होइन, अत्यन्त सम्पन्न बनाउन सकिन्छ । गुरूयोजनासहितको सडकमार्ग निर्माणले यस कार्यका लागि मार्गप्रशस्त गरिदिन्छ । हवाई साधनका कारण महंगो बनेको जनजीवनलाई कर्ण्ााली जलमार्ग र हिल्सा-सिमकोट-जुम्ला सडकले सहज र सरल बनाइदिनेछ । मौरीपालन व्यवसायलाई आधुनिकीकरण गरेर अघि बढाएमा उच्च हिमाली क्षेत्रको औषधीय गुणयुक्त मह निर्यात गरी जीविकोपार्जनका साथसाथै जनजीवनलाई सम्पन्नसमेत तुल्याउन सकिन्छ । जिल्ला सिंचाइ कार्यालय हुम्लाका अनुसार यस जिल्लामा ५० भन्दा बढी नदी र खोलानालाहरू रहेका छन् । कर्ण्ााली नदीकै मात्र विद्युत् उत्पादन क्षमता १०,३०० मेगावाट रहेको छ । लघु र बृहत् जलविद्युत् आयोजना सम्पन्न गर्ने हो भने हुम्ला मात्र होइन हुम्लाले समग्र देशलाई झिलिमिली पार्न सक्छ । खनिज पदार्थहरूको खोजी र उद्योगधन्दाको स्थापनामा पनि जलविद्युत्ले सहयोग गर्ने कुरामा दर्ुइ मत हुन सकिन्न ।
यस जिल्लाको पर्यटकीय सम्भावना पनि अत्यन्त बढी छ । पर्ूवाधारको विकास गर्न सक्ने हो भने मानसरोवर जाने मूल मार्गका रूपमा सिमकोट-हिल्सा सडकलाई प्रयोगमा ल्याउन सकिन्छ भने यहाँ रहेका खार्पुनाथ मन्दिर, रलिङ गुम्बा, हल्जि गुम्बा, कर्ण्ााली जलविहार, पञ्चमुखी हिमाल, दूधकुण्ड ताल र विभिन्न ठाउँमा रहेका तातोपानीका मुहानहरू पर्यटकका आकर्षाका केन्द्र बन्न सक्छन् ।
हिमालको काखमा रहेको सिमकोटमा आकर्षा रिसोर्ट बनाई उचित प्रचारप्रसार गर्ने हो भने पनि डलरखेती गर्न सकिने पर्याप्त सम्भावना छ । अर्ग्यानिक स्थानीय उत्पादनले पर्यटक आकर्षामा थप टेवा दिन सक्ने देखिन्छ । यसरी अहिले कहरका रूपमा रहेको कर्ण्ााली अझ हुम्ला उचित योजना र व्यवस्थापन हुने हो भने धर्तीको र्स्वर्ग बन्न सक्ने सम्भावना बोकेर बसेको छ ।

हुम्लामा खाद्यान्न हाहाकार

हुम्ला, ६ जेठ (दैनिकी)

जिल्लामा खाद्यान्न हाहाकार भएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको खाद्यान्न व्यवस्था समितिको बैठकले तत्काल नेपाल खाद्य संस्थान सिमकोटका लागि आठसय क्विन्टल तथा दक्षिण भेग श्रीनगर र सर्केगाडलाई दुई–दुई हजार क्विन्टल चामल माग गरेको छ। जिल्लामा खाद्य सामग्री सरकारी कर्मचारी र प्रहरीले मात्र पाउने गरेको र सर्वसाधारण जनताले नपाएको जनगुनासो छ।

गोदाममा चामलको गेडो छैन, जनता रित्तो हात फर्किरहेका छन्–स्थानीयवासीले भने।

थप कोटाका लागि नेपाल खाद्य संस्थान, केन्द्रीय, क्षेत्रीय र अञ्चल कार्यालयलाई पत्राचार गरिसकेको प्रजिअ उपाध्यायले बताउनुभयो।



COURTSEY: http://dainikee.com

Thursday, 20 May 2010

जडान राज्यप्रति हुम्ली असन्तुष्ट

जनक नेपाल,जयबहादुर रोकाय

सिमकोट -हुम्ला, जेष्ठ ६ -
संविधानसभा राज्य पुनसर्ंरचना समितिले पारित गरेको जडान राज्यप्रति हुम्ली असन्तुष्ट देखिएका छन् । सिमकोटलाई जडान राज्यको राजधानी प्रस्ताव गरिएको छ । कणर्ाली राज्यलाई जडान वा भेरी-कणर्ाली भन्दै टुक्य्राउन लागिएको उनीहरूको आरोप छ । समितिले हुम्ला, मुगु र डोल्पाका उच्च हिमाली भूभागका ३४ गाविस समेटेर जडान बनाएको छ । उक्त राज्य भौगोलिक र व्यावहारिक दृष्टिले उपयुक्त नहुने सिमकोटका कर्ण रोकायले बताए । उनले भने, 'ऐतिहासिक कणर्ाली राज्यलाई टुक्य्राउन खोजे विद्रोह हुनेछ ।'

स्थानीय शान्ति समिति संयोजक शिवराज शर्माले एउटा कणर्ाली दुई बनाउने हामीलाई स्वीकार्य छैन,' उनले जनाए । समृद्ध कणर्ाली प्रदेश निर्माण गर्न छलफल केन्दि्रत हुनुको सट्टा सभासदहरू दलगत स्वार्थमा फसेको आरोप उनको छ । 'बिना कुनै छलफल जडान राज्य घोषणा भई राजधानी बने पनि सिमकोटवासी खुसी हुन सक्दैनन्,' उनले दाबी गरे ।

उच्च हिमाली भूभागमा बसोबास गर्दै आएका लामा जातिको राजनीतिक अग्राधिकार कायम गर्न माओवादीले जडान राज्य प्रस्ताव गरेको हो । प्रस्तावित जडान राज्यमा लामाको जनसंख्या भने दुई प्रतिशत हाराहारीमा छ । हुम्ला, मुगु र डोल्पाको उच्च हिमाली क्षेत्रमा ३८ क्षत्री, १४ ठकुरी, १० प्रतिशत गुरुङ समुदाय बसोबास गर्छन् । प्रस्तावित जडान राज्यको जनसंख्या ४९ हजार छ । 'जडान र कणर्ाली विवादले वर्षौंदेखिको सामाजिक सद्भाव खल्बलिन सक्छ,' तीर्थराज रोकायले भने । भेरी र सेती अञ्चलका केही जिल्ला समेटेर कणर्ाली राज्य बनाउनुपर्ने माग स्थानीयको छ । केहीले कणर्ाली नदी करिडोरलाई आधार मानेर बर्दियाको राजापुरसम्म कणर्ाली राज्य बनाउनुपर्ने बताएका छन् । 'उत्तरमा तिब्बत र दक्षिणमा बर्दिया-राजापुरसम्म कणर्ाली-खस राज्य बन्नुपर्छ,' जिल्ला शिक्षा अधिकारी धर्मजित शाहीले भने । हिमालयन कन्जरभेसनका कार्यकारी निर्देशक दल रावलले कणर्ाली अञ्चल र वरपरका समान आर्थिक, सामाजिक र सांस्कृतिक मनोविज्ञान रहेका जिल्ला समेटेर कणर्ाली विशेष प्रदेश बनाउनुपर्ने बताए । हुम्लाका सभासद कर्णजित बुढाथोकीले समिति प्रस्तावित जडान राज्य पारित गरे पनि परिवर्तन हुन सक्ने बताए । उच्च भूभागमा बसोबास गर्ने समुदायलाई जातीय अग्राधिकार दिनमात्र जडान प्रस्ताव गरिएको उनको दाबी छ ।

'राज्यका नामकरण र सीमाबारे पार्टीबाहिर पनि छुट्टै बहस हुनेछ,' हिमालयन कन्जरभेसनले नयाँ संविधान, संघीय विभाजन र कणर्ाली प्रदेशबारे सिमकोटमा गरेको अन्तरक्रियामा उनले भने, 'संघीय विभाजनबारे कांग्रेस, एमाले र माओवादीभित्र गाईजात्रा छ । जे भन्दिए हुन्छ झैं गरेका छन् ।' तर टुंगोमा पुग्नुअघि विज्ञहरूको राय लिइने उनले बताए । 'मधेसी, महिला, जनजाति, दलित एकजुट भए तर हाम्रा सभासदहरू संविधानसभामा ताली पिटेर बसे,' उनले आक्रोश पोखे ।


-This news is taken from www.ekantipur.com-

Sunday, 16 May 2010

हुम्लामा भोकमरीको सम्भावना / कुपन बाँड्नेक्रम भने जारी

जयबहादुर रोकाया

सिमिकोट, जेष्ठ २ - हुम्लामा खाद्यान्नको अभाव हुँदा भोकमरी हुने सम्भावना बढेर गएको छ । सदरमुकामस्थित खाद्य गोदाम रित्तिएको छ । तर स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले सर्वसाधारणलाई कुपन बाँडन भने छाडेका छैनन् ।

सरकारले ढुवानी अनुदान नदिएकाले खाद्य ढुवानी तीन महिनादेखि रोकिएको छ । ढुवानी भइहाले प्रसाशन र जनप्रतिनिधिले दिएका कुपनको भुक्तानी विमान स्थलबाटै हुने गरेको छ । चामल ढुवानी गर्ने विमान आउँदा कुपन प्राप्त गर्ने गर्नेको हुम्लीको तँछाड मँछाड हुने गरेको छ । जसले चामल प्राप्त गर्छ त्यसलाई 'भाग्यमानी हुम्लीको संज्ञा' दिइने गरिन्छ ।

संस्थानको शाखा कार्यालय हुम्लाका अनुसार जिल्लामा सदरमुकामका वासिन्दालाई मासिक कोटा तोकी रासन कार्ड वितरण गरिएको छ भने कर्मचारी, विद्यार्थीलाई पनि कोटो निर्धारण गरी कुपनको व्यवस्था गरिएको छ ।

त्यस्तै, सदरमुकाम आसपासका ११ गाविसका वासिन्दालाई पनि मासिक कोटा तोकिएको छ । यसबाहेक अन्य भई परि आउनेलाई प्रमुख जिल्ला अधिकारीले विशेष कुपन दिने व्यवस्था छ ।

यही विशेषाधिकार प्रयोग गरी अधिकारीले कुपन दिने गरेका हुन् । आफ्नो जन परीक्षणको कार्यक्रममा सहभागी हुन जिल्लाका सभासद यतिखेर सिमिकोटमै छन् । उनले पनि कुपन वितरण गरिरहेका छन् । सभासदले माग्न आउने सबैलाइ कुपन दिने गरेका छन् । सभासदबाट वितरण हुने कुपन कार्यकर्ता बढी छन् ।

अधिकारीले दिने कुपन पनि दलका कार्यकर्तानै भएको श्रोतको दावी छ । गोदाममा खाद्यान्न नभएको थाहा हुँदा पनि स्थानिय प्रसाशनले कुपन दिन नछोडेपछि संस्थानका कर्मचारीले असुरक्षा भोग्नु परेको छ । कुपन लिएर चामल माग्न आउनेलाइ सम्झाएर पठाउन हम्मे हम्मे भएको छ ।

'गोदाममा एक दाना हुदैन । तर सिडियो र सभासदका कुपन लिएर आउँछन्, दिनै पर्‍यो भन्छन् । गोदाम खोलेर देखाउदा पनि उल्टै रिसाउछन्, सम्झाउनै मुस्किल पर्छ, विमान स्थलमा चमल आइपुग्न पाउदैन कुपन लिएर पुगि हाल्छन्, कहिले काही आउने चामल पनि गोदाममा पुग्नै पाउदैन, विमान स्थलबाटै्र खोसाखोस गर्छन् , गोदाममा नभएको समयमा कुपननै नदिएको भए हुन्थ्यो, स्थानियको दवाव हामी माथि थपियो' नाम नलेख्ने सर्तमा कार्यालयका एका कर्मचारीले भने । तर सहायक प्रमुख जिल्ला अधिकारी शिवचन्द्र धितालले भने, गोदाममा नभए पनि कुपन दिनहोस भनेर दवाब दिन्छन्'

सभासद कर्णजीत बुढाको भनाई पनि उस्तै छ उनी ठटौली गर्दै भन्छन् - के गर्नु चामल छैन भन्दा पनि कार्यकर्ता मान्दैनन, कुपन दिनै पर्छ ।'


This news is taken from http://www.ekantipur.com/np

Friday, 14 May 2010

निर्दोष नमस्ते


-ठेहे, राम देब प्रा बि का बिधार्थिहरु-

नमस्ते हजुर् हामि पनि सांचै नै बिधार्थि हौं नपत्याऊनुभएको । चौर मा पढेर के भयो त हाम्रो पनि त भबिस्यमा ठुलो मान्छे बन्ने लक्ष्य छ नी त।