Tuesday, 28 December 2010
हुम्लाका खाद्य गोदाम भरिभराउ, कर्मचारी दङ्ग
सिमकोट (हुम्ला), पुस १३ - गोदाममा खाद्यान्न न्यून हुँदा स्थानीयको गुनासो सुनेर मानसिक तनाव झेलिरहने नेपाल खाद्य सँस्थान शाखा कार्यालय हुम्लाका कर्मचारी यतीखेर दङ्ग छन् । ढुवानीको समस्याले प्रया: रित्तो हुने र भएको समयमा पनि ३ सय क्विन्टल भन्दा बढी मौज्दात नहुने अवस्था रहँदै आएको गोदाम भरिएपछि कर्मचारी दंग परेका हुन् ।
गोदाममा प्रयाप्त मौज्दात नहुँदा स्थानीयको गुनासो सुनेर शाखा कार्यालयका कर्मचारी मानसिक तनाव झेल्दै आएका थिए । अहिले नियमित हवाइ ढुवानी भएर गोदाम भरीभराउ भए पछि दङ्ग परेका हुन् । हिमपात नभएको र मौसम अनुकुल भएकाले यो वर्ष हवाइ ढुवानीको ठेक्का लिएको एर काष्टमण्डपले नियमित ढुवानी गर्नुका साथै अन्य हवाइ कम्पनीका जहाजले समेत ढुवानीमा साथ दिएको छ ।
सरकारले यो वर्षको खाद्यान्न कोटा निर्धारण नगर्दै गत वर्षको निर्धारित कोटा भन्दा बढी ढुवानी भैसकेको छ । चालु आर्थिक वर्षको वजेट ल्याउन ढिला भएकाले हालसम्म यो वर्षको कोटा निर्धारण हुन सकेको छैन ।
शाखा कार्यालयका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म नेपालगन्ज र सुर्खेतबाट ढुवानी भैरहेको छ । गत वर्षको मौज्दात १२ क्विन्टल र यो वर्षको ढुवानी गरी जम्मा जम्मी ६ हजार क्विन्टल भन्दा बढी ढुवानी भएर पनि ४ हजार सात सय क्विन्टल विक्री वितरण भैसकेको छ । गोदाममा अझै पनि १ हजार ६ सयको हाराहारीमा मौज्दात रहेको छ । ढुवानी हुने क्रम पनि रोककिएको छैन ।
तीन सय क्विन्टल भन्दा बढी मौज्दात कहिल्यै नहुने गोदाममा अहिले भरिभराउ भएको र ढुवानी हुनेक्रम पनि जारी रहेकाले अर्को गोदामको व्यावस्था गर्नु पर्ने अवस्था परेको स्टोर किपर नारायणसिंह केसीले वताए ।
शाखा कार्यालय हुम्लाका अनुसार सरकारले गत आर्थिक वर्षमा सदरमुकामका लागी ६ हजार र जिल्लाको दक्षिणभेगमा रहेका सर्केघाट तथा श्रीनगर डिपोका लागी पाचँ/पाँच सय क्विन्टलका दरले कोटा निर्धारण गरेको थियो । निर्धारित कोटा समयमा ढुवानी नहुँदा जहिले पनि गोदममा तिन सय क्विन्टल भन्दा बढी मौज्दात हुने गरेको थिएन । कहिले काही गोदामनै रित्तो हुने गरेको थियो ।
निर्धारित कोटाले पनि नपुग भएर खाद्यान्न संकट हुने भएकाले वर्षेनी सरकारले कोटा थप गर्दै आएको थियो । निर्धारित कोटा र थप कोटा समयमै ढुवानी हुन नसक्दा हुम्लामा जहिले पनि खाद्य संकटकै समचार बन्ने गरेको थियो ।
Couetsey: Ekantipur
हुम्लामा पाठेघर खस्ने महिला सात दर्जन भन्दा बढी
सिमकोट (हुम्ला) , पुस १३ - हिमाली जिल्ला हुम्लाका महिलाहरूमा पाठेघर खस्ने रोगको संख्या सात दर्जन भन्दा बढी देखिएको छ । चिकित्सकलाई भन्न लजाउने साथै जिल्लामा सुविधा नभएकाले पिडीत महिलाले उपचार पाउन नसकेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक टोलीले जिल्लाको शिविर सन्चालन गरी पाठेघर सम्बन्धि समस्या पहिचानका लागी गरेको परिक्षणबाट ९२ महिलामा समस्या देखिएको हो । २७ गाउँ विकास समिति भएको हुम्लामा १० स्थानमा शिविर सन्चालन गरिएको थियो । कार्यालयको विवरण अनुसार परिक्षण गरिएका रोगी मध्ये अधिकास ४० वर्ष माथिका छन् ।
टोलीले गरेको परिक्षणमा जिल्लाको उत्तरी भेगमा रहेका वस्ती समेटिएको छैन । उत्तरीभेगमा लामाको वस्ती रहेको छ । उत्तरमा रहेका लिमी र मुचु गाविसका वस्तीमा समेत परिक्षण गर्नेहो भने जिल्लामा पाठेघर खस्ने समस्या भएका महिलाको संख्या सय भन्दा माथि पुग्ने अनुमान छ ।
कर्यालयसँग रोगीको उपचारका लागि कुनै कार्यक्रम रहेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर प्रकासप्रसाद शाहले गत वर्ष सदरमुकाम सिमकोटमा अपरेसनका लागि शिविर राखेको बताउँदै भने, 'शिविरमा महिलाको उप्स्थिती हुन सकेन । त्यतीखेर कामको समय भएको र भौगोलिक विकटताले महिला आउन नसकेका हुन् । शिविरमा आएका मध्य केहीलाइ रिङ्ग राखेर पठायौ । स्वास्थ्य चौकी र उप चौकीमा पनि महिला कर्मचारीद्वारा रिङ्ग राख्ने व्यवस्था गरिएको छ ।'
जिल्लामा पाठेघर खस्ने महिलाको लागि कुनै कार्यक्रम नहुँदा पिडीत महिला उपचारबाट बञ्चित रहँदै आएका छन् ।
Courtesy: Ekantipur
Wednesday, 22 September 2010
दुई सातादेखि हुम्लामा हवाई उडान अवरुद्ध
हुम्लामा बिग्रिएको मौसममा सुधार नहँुदै कर्णालीकै अर्को जिल्ला डोल्पाको मौसमसमेत बिग्रिएपछि एक सातोदेखि नेपालगन्ज-डोल्पा हवाई उडान पनि अवरुद्ध छ। नेपाल वायु सेवा निगमलगायत अन्य निजी एअरलाइन्सले दैनिक जसो ती जिल्लामा उडान तालिका राख्दै आए पनि मौसममा सुधार नहुँदा उडान अवरुद्ध हुँदै आएका छन्। लगातारको वर्षाले डोल्पाको रन वेसमेत खराब भएको उडड्यन प्राधिकरण नेपालगन्जले जनाएको छ।
हुम्ला र डोल्पाबाहेक मध्य तथा सुदूर पश्चिमका अन्य पहाडी जिल्लाहरूमा भने फाटफुट रुपमा उडान भइरहेको छ। नेपालगन्जबाट मध्य तथा सुदूर पश्चिमका १० वटा विमानस्थलमा नेपाल एयरलाइन्सहित तारा, सीता, मकालु एअरले उडान भर्दै आएका छन्। हुम्ला र डोल्पामा बिग्रिएको मौसम अन्य जिल्लामा विस्तार हुँदै गएको पाइएको छ।
खराब मौसमका कारण मंगलवार तारा एयरले नेपालगन्जबाट जुम्लामा एउटा मात्र उडान गर्न सकेको उक्त एयरका कर्मचारीले बताए। सफा मौसम भएको अवस्थामा नेपालगन्जबाट राजधानीसहित मध्य तथा सुदूर पश्चिमका विभिन्न पहाडी जिल्लामा विभिन्न एयरलाइन्सले दैनिक सरदर २० उडान भर्ने गर्छन्।
नेताहरुको चाला
Thursday, 27 May 2010
सिफारिसबिना पाइँदैन चामल
जनक नेपाल
'उता छोराछोरी भोकै छन्, यहाँ चामल पाइएन' ३४ वषर्ीया उनले कान्तिपुरसित भनिन्- 'नेता-सांसद चिनेकी छैन । कसको सिफारिस ल्याउने ?' चार दिन आधा पेट खाएर ढुंगा ओसारेको ज्याला बोकेर उनी चामल लिन सिमकोट झरेकी हुन् ।
विक परिवारको तीन महिना खान पुग्ने बारी छ । तर, खडेरीले गत वर्ष उब्जनी भएन् । उनको मात्र होइन सिंगो गाउँमा अहिले खाद्य संकट छ । ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दैआएका उनीहरूलाई पैसा कमाउनभन्दा खाद्यान्न जुटाउनु ठूलो समस्या भएको छ । 'गत वर्ष सिस्नो त हरियो थियो, खोले पकाउँथ्यांै । यो वर्ष सिस्नो पनि पलाएन'- गौरीले भनिन् ।
खाद्य संस्थानका हुम्ला प्रमुख हरिप्रसाद जोशीको टेबुलमा चामलका लागि दिनहुँ दर्जनौं सिफारिस पत्रहरू पुग्छन् । सिफारिस पत्रवाहकसँग उनी नाइँनास्ती गर्न सक्दैनन् । 'सञ्चयकोष पाउने र रक्सी बनाउनेले पाउँछन् । हामीले पाउँदैनौं'- उनले भनिन् ।
प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेताहरू र सभासद्हरूले ससाना चिटमा लेखेका हुन्छन्- 'खाद्य प्रमुखज्यू, चामल दिनुहोला ।' तर, गौरी र उनीजस्ता गाउँले विपन्न परिवारका लागि सिफारिस गरिदिने सिमकोटमा कोही छैन ।
चार घन्टा पैदल हिँडेर सिमकोट पुगेकी छिप्रा गाउँकी नैनकला शाही पनि रित्तै फर्किनुपर्यो । खाद्य कार्यालय पुग्नासाथ कर्मचारीले सोधे- 'सिफारिस छ ?' उनले छैन भन्न नभ्याउँदै ती कर्मचारीले अर्को दिन आउन भने ।
खाद्य संस्थानले आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा झन्डै सात हजार क्विन्टल चामल बिक्री गरिसकेको छ । तर, खाद्य संकट उत्पन्न भएकाले थप पाँच हजार क्विन्टल चामल माग गरिएको छ । संस्थानका हुम्ला प्रमुख जोशीले भने, 'खडेरीले गहुुँ र मकै उत्पादन राम्रो भएन । त्यसैले चामल आपूर्ति नभए संकट उत्पन्न हुने स्थिति छ ।'
संस्थानको चामल सदरमुकाम र वरपरका गाउँका बासिन्दाले मात्र पाइरहेका छन् । गाविस र वडाका चामल कोटा सिमकोट बस्नेले खपत गरिरहेको जोशी स्वीकार्छन् । 'खाद्य व्यवस्था समितिको बैठकमा पनि कुरा उठ्छ । तर, चामल नदिए कुट्नै आउँछन्' उनले भने ।
सदरमुकामदेखि टाढाका गाउमा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हिमालय कन्जरभेसन र डिप्रोक्समार्फत् कामका लागि खाद्यान्न वितरण गर्दै आएको छ । विश्व खाद्यले बाँड्ने चामलको परिमाण संस्थानको भन्दा झन्डै दोब्बर छ । तर, वितरण गर्नका लागि सरकारी निकायसँग कुनै समन्वय छैन ।
संस्थान र जिल्ला प्रशासनलाई गैरसरकारी संघ-संस्थामार्फत् हुम्लामा कति चामल ढुवानी हुन्छ भन्नेसम्म जानकारी छैन । 'विश्व खाद्यको चामल लिन सिफारिस चाहिन्न' सदरमुकाममा विश्व खाद्यको चामल लिन आएकी डाँडाफायकी पूर्णकला विकले भनिन्, 'आफ्नै पाखोमा स्याउ लगायांै । काम सकेर चामल लिन आयांै ।'
लामो खडेरीले गत वर्ष कोदो, गहुँ, धान र उवाको उत्पादन ५० देखि ७० प्रतिशत घटेको कृषि विकास कार्यालयले जनाएको छ । पुस, माघ र फागुनमा हिउँ परेकाले यो वर्ष उत्पादनमा १५-२० प्रतिशत सुधार हुने अनुमान गरिएको कृषि कार्यालय प्रमुख रामनन्दन यादवले बताए । 'तैपनि, खाद्य संकट हुने स्थिति छ', उनले भने ।
-यो समाचार इकान्तिपुर डट कम बाट साभार गरिएको हो ।-
Sunday, 23 May 2010
हुम्लामा खाद्यान्न हाहाकार
गोदाममा चामलको गेडो छैन, जनता रित्तो हात फर्किरहेका छन्–स्थानीयवासीले भने।
थप कोटाका लागि नेपाल खाद्य संस्थान, केन्द्रीय, क्षेत्रीय र अञ्चल कार्यालयलाई पत्राचार गरिसकेको प्रजिअ उपाध्यायले बताउनुभयो।
COURTSEY: http://dainikee.com
Sunday, 16 May 2010
हुम्लामा भोकमरीको सम्भावना / कुपन बाँड्नेक्रम भने जारी
सिमिकोट, जेष्ठ २ - हुम्लामा खाद्यान्नको अभाव हुँदा भोकमरी हुने सम्भावना बढेर गएको छ । सदरमुकामस्थित खाद्य गोदाम रित्तिएको छ । तर स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले सर्वसाधारणलाई कुपन बाँडन भने छाडेका छैनन् ।
सरकारले ढुवानी अनुदान नदिएकाले खाद्य ढुवानी तीन महिनादेखि रोकिएको छ । ढुवानी भइहाले प्रसाशन र जनप्रतिनिधिले दिएका कुपनको भुक्तानी विमान स्थलबाटै हुने गरेको छ । चामल ढुवानी गर्ने विमान आउँदा कुपन प्राप्त गर्ने गर्नेको हुम्लीको तँछाड मँछाड हुने गरेको छ । जसले चामल प्राप्त गर्छ त्यसलाई 'भाग्यमानी हुम्लीको संज्ञा' दिइने गरिन्छ ।
संस्थानको शाखा कार्यालय हुम्लाका अनुसार जिल्लामा सदरमुकामका वासिन्दालाई मासिक कोटा तोकी रासन कार्ड वितरण गरिएको छ भने कर्मचारी, विद्यार्थीलाई पनि कोटो निर्धारण गरी कुपनको व्यवस्था गरिएको छ ।
त्यस्तै, सदरमुकाम आसपासका ११ गाविसका वासिन्दालाई पनि मासिक कोटा तोकिएको छ । यसबाहेक अन्य भई परि आउनेलाई प्रमुख जिल्ला अधिकारीले विशेष कुपन दिने व्यवस्था छ ।
यही विशेषाधिकार प्रयोग गरी अधिकारीले कुपन दिने गरेका हुन् । आफ्नो जन परीक्षणको कार्यक्रममा सहभागी हुन जिल्लाका सभासद यतिखेर सिमिकोटमै छन् । उनले पनि कुपन वितरण गरिरहेका छन् । सभासदले माग्न आउने सबैलाइ कुपन दिने गरेका छन् । सभासदबाट वितरण हुने कुपन कार्यकर्ता बढी छन् ।
अधिकारीले दिने कुपन पनि दलका कार्यकर्तानै भएको श्रोतको दावी छ । गोदाममा खाद्यान्न नभएको थाहा हुँदा पनि स्थानिय प्रसाशनले कुपन दिन नछोडेपछि संस्थानका कर्मचारीले असुरक्षा भोग्नु परेको छ । कुपन लिएर चामल माग्न आउनेलाइ सम्झाएर पठाउन हम्मे हम्मे भएको छ ।
'गोदाममा एक दाना हुदैन । तर सिडियो र सभासदका कुपन लिएर आउँछन्, दिनै पर्यो भन्छन् । गोदाम खोलेर देखाउदा पनि उल्टै रिसाउछन्, सम्झाउनै मुस्किल पर्छ, विमान स्थलमा चमल आइपुग्न पाउदैन कुपन लिएर पुगि हाल्छन्, कहिले काही आउने चामल पनि गोदाममा पुग्नै पाउदैन, विमान स्थलबाटै्र खोसाखोस गर्छन् , गोदाममा नभएको समयमा कुपननै नदिएको भए हुन्थ्यो, स्थानियको दवाव हामी माथि थपियो' नाम नलेख्ने सर्तमा कार्यालयका एका कर्मचारीले भने । तर सहायक प्रमुख जिल्ला अधिकारी शिवचन्द्र धितालले भने, गोदाममा नभए पनि कुपन दिनहोस भनेर दवाब दिन्छन्'
सभासद कर्णजीत बुढाको भनाई पनि उस्तै छ उनी ठटौली गर्दै भन्छन् - के गर्नु चामल छैन भन्दा पनि कार्यकर्ता मान्दैनन, कुपन दिनै पर्छ ।'
This news is taken from http://www.ekantipur.com/np
Sunday, 13 December 2009
उही पुरानो घाउ
कति सुन्ने नसुनी पनि नहुने हुम्लाको भोकमरीको समाचार
नेपालगन्ज, २०६६ मंसिर १६ - चर्को खाद्यान्य समस्या झैल्दै आएको कर्णाली क्षेत्रका ही जिल्लामा मंगलवार देखि चामल ढुवानी सुरु भएको छ।
कर्णालीका बिकट जुम्ला, डोल्पा लगायतका जिल्लामा नेपाल खाद्य संस्थानले हवाई र स्थलमार्गबाट ढुवानी सुरु गरेको हो । नेपाल खाद्य संस्थानका महाप्रबन्धक हरिनारायण शाहका अनुसार, खाद्यान्नको अभाव हुन नदिन सरकारले तत्काल ढुवानी सुरु गरेको हो। चामल र नुनको चर्को समस्या झेल्दै आएको मुगु र हुम्ला जिल्लामा भने अझै ढुवानी सुरु भएको छैन। "मुगुमा एयरपोर्ट निर्माणाधीन अवस्थामा रहेकाले ढुवानी गरिरहेको एयर काष्टमण्डपले लग्न मानेको छैन।" सुर्खेत स्थित नेपाल खाद्य संस्थानका कार्यालय प्रमुख कुलबहादुर गुरुंङले भने ।
जुम्ला डोल्पा र कालिकोट जिल्लाकालागि नेपालगन्ज र सुर्खेतबाट ढुवानी सुरु गरिएको छ। प्रमुख गुरुंगले मंगलवार सुर्खेतबाट जुम्लाका लागि तत्काल ६ सय ३७ क्विन्टल चामल ढुवानी भएको बताए। डोल्पामा स्थल मार्ग भएर एक सय क्विन्टल र कालिकोटका थिर्पु खाद्य डिपो अन्तर्गतका दुर्गम गाबिसमा १ हजार क्विन्टल चामल गईसकेको जानकारी कार्यालय प्रमुख गुरुंगले दिएका छन।
डोल्पामा १ हजार १ सय ५६ क्विन्टल चामल मौज्दात रहेकाले समस्या नभएको उनले बताए। जाजरकोटका लागि ५ हजार क्विन्टल र रोल्पामा २ हजार क्विन्टल चामल गईसकेको नेपालगन्ज स्थित खाद्य संस्थानका स्टोरकिपर यम उपाध्यायले बताए। दैलेखमा सुर्खेतबाट ४ हजार क्विन्टल गईसकेको जनाईएको छ । "मुगु र हुम्ला छाडेर अन्य जिल्लामा चौमासिक लक्ष्य अनुसारको खाद्यान्य गईसकेको छ।" सुर्खेत स्थित संस्थान प्रमुख गुरुंगले भने, "जुम्लामा हजार क्विन्टल पुर्याए चौमासिक लक्ष्य पुरा हुन्छ।"
सरकारले यस बर्षकालागि कालिकोटमा ६,७००, रोल्पामा ५,०००, दैलेखमा ६,९६०, जाजरकोटमा २,९००, मुगुमा ६,७००, डोल्पामा १०,०००, हुम्लामा ७,०००, जुम्लामा १०,०००, बाजुरामा ८,००० र अछाममा ५,००० क्विन्टल चामल कोटा तोकेको छ । क्रमिक रुपमा कोटा अनुसारको चामल ढुवानी हुने संस्थानले जनाएको छ।
बर्षात कारण अबरुद्ध कर्णाली लोकमार्ग नखुल्दा पाच महिना यता कर्णालीका दुर्गम जिल्लाहरुमा नुन, चामलको अभाव चर्किएको थियो । केहि दिन यता कर्णाली राजमार्ग आंशिक रुपमा संचालनमा आएपछि स्थल मार्गबाट चामल ढुवानी सुरु गरिएपनि नेपालगन्ज स्थित साल्टट्रेडिंग कर्पोरेसन लिमिटेडले भने नुन ढुवानी सुरु गरेको छैन ।
स्थलमार्गबाट ढुवानी गर्न बाटोको असुबिधा र हवाई मार्गबाट खाद्य ढुवानी गर्न निजि एअरलाईन्सहरुको मनोमानी र चर्को भाडा बृद्धिले समस्या हुदै आएको स्थानिय ब्यापारी तथा नेपाल खाद्य संस्थानले जनाउदै आएका थिए । 'तत्कालका लागि समस्या टार्न स्थल र हवाई मार्ग दुबै अपनाएर अहिले ढुवानी सुरु गरेका हौं ।' कार्यालय प्रमुख गुरुंगले कान्तिपुर सित भने ।
हवाई यातायात बाहेक अर्को बिकल्प नभएका हिमाली जिल्ला मुगु र हुम्लामा भने समस्या उस्तै भएको स्थानियबासि बताउछन । निजि एयरलाईन्सका जहाज तथा हेलिकोप्टरहरुले बिश्व खाद्य कार्यक्रमको चामल मात्रै महंगो भाडा लिएर ढुवानि गर्ने गरेको आरोप स्थानिय ब्यापारीहरुले लगाउदै आएका छन ।
एक महिना अघि नीजि क्षेत्रका जहाज तथा हेलिकोप्टरहरुलाई मुगुको ताल्चा बिमानस्थल अवतरणमा रोक लगाईएको थियो । हुम्ला र जुम्लामा समेत निजि एअरलाईन्स बिरुद्ध स्थानियबासिले प्रदर्शन गरेका थिए । नीजि एअरलाईन्सहरुले कार्गो भाडा बृद्धि गरेका कारण समेत कर्णालीका जिल्लाहरुमा दैनिक उपभोग्य समानको अभाव हुदै आएको छ ।
कर्णाली राजमार्ग संचालनमा आएपछि ट्रयाक्टर बाट थप चामल ढुवानी गरिने संस्थानले जनाएको छ । सुर्खेतबाट जुम्लाका लागि एक साता यता तारा एयर का तीन जहाज, सीता एयरका दुई र काष्ठमाण्डपको एउटा जहाजले चामल ढुवानी गरिरहेको खाद्य संस्थान जुम्लाका प्रमुख जयराज ओझाले बताए ।
साभार : इ-कान्तिपुर.कममा प्रकाशित राजेन्द्र नाथ / नवराज शाहीको आलेख
Monday, 22 June 2009
हुम्लामा मालसमानको हवाई ढुवानीको बिजोग
कान्तिपुर दैनिकमा जून २२ मा छापिएको समाचार भन्छ हुम्लामा सर-सामानहरुको सहज र सुपथ ढुवानीको कुन बिजोग छ। समाचार पढ्नलाई निम्न लिंक थिचेर कान्तिपुरको वेब-ठेगानामा(माकुरीजालमा) छिर्नु होला।
हुम्लामा मालसमानको हवाई ढुवानीको बिजोग