Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Tuesday, 28 December 2010

हुम्लाका खाद्य गोदाम भरिभराउ, कर्मचारी दङ्ग

कान्तिपुर संवाददाता


सिमकोट (हुम्ला), पुस १३ - गोदाममा खाद्यान्न न्यून हुँदा स्थानीयको गुनासो सुनेर मानसिक तनाव झेलिरहने नेपाल खाद्य सँस्थान शाखा कार्यालय हुम्लाका कर्मचारी यतीखेर दङ्ग छन् । ढुवानीको समस्याले प्रया: रित्तो हुने र भएको समयमा पनि ३ सय क्विन्टल भन्दा बढी मौज्दात नहुने अवस्था रहँदै आएको गोदाम भरिएपछि कर्मचारी दंग परेका हुन् ।

गोदाममा प्रयाप्त मौज्दात नहुँदा स्थानीयको गुनासो सुनेर शाखा कार्यालयका कर्मचारी मानसिक तनाव झेल्दै आएका थिए । अहिले नियमित हवाइ ढुवानी भएर गोदाम भरीभराउ भए पछि दङ्ग परेका हुन् । हिमपात नभएको र मौसम अनुकुल भएकाले यो वर्ष हवाइ ढुवानीको ठेक्का लिएको एर काष्टमण्डपले नियमित ढुवानी गर्नुका साथै अन्य हवाइ कम्पनीका जहाजले समेत ढुवानीमा साथ दिएको छ ।

सरकारले यो वर्षको खाद्यान्न कोटा निर्धारण नगर्दै गत वर्षको निर्धारित कोटा भन्दा बढी ढुवानी भैसकेको छ । चालु आर्थिक वर्षको वजेट ल्याउन ढिला भएकाले हालसम्म यो वर्षको कोटा निर्धारण हुन सकेको छैन ।

शाखा कार्यालयका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म नेपालगन्ज र सुर्खेतबाट ढुवानी भैरहेको छ । गत वर्षको मौज्दात १२ क्विन्टल र यो वर्षको ढुवानी गरी जम्मा जम्मी ६ हजार क्विन्टल भन्दा बढी ढुवानी भएर पनि ४ हजार सात सय क्विन्टल विक्री वितरण भैसकेको छ । गोदाममा अझै पनि १ हजार ६ सयको हाराहारीमा मौज्दात रहेको छ । ढुवानी हुने क्रम पनि रोककिएको छैन ।

तीन सय क्विन्टल भन्दा बढी मौज्दात कहिल्यै नहुने गोदाममा अहिले भरिभराउ भएको र ढुवानी हुनेक्रम पनि जारी रहेकाले अर्को गोदामको व्यावस्था गर्नु पर्ने अवस्था परेको स्टोर किपर नारायणसिंह केसीले वताए ।

शाखा कार्यालय हुम्लाका अनुसार सरकारले गत आर्थिक वर्षमा सदरमुकामका लागी ६ हजार र जिल्लाको दक्षिणभेगमा रहेका सर्केघाट तथा श्रीनगर डिपोका लागी पाचँ/पाँच सय क्विन्टलका दरले कोटा निर्धारण गरेको थियो । निर्धारित कोटा समयमा ढुवानी नहुँदा जहिले पनि गोदममा तिन सय क्विन्टल भन्दा बढी मौज्दात हुने गरेको थिएन । कहिले काही गोदामनै रित्तो हुने गरेको थियो ।

निर्धारित कोटाले पनि नपुग भएर खाद्यान्न संकट हुने भएकाले वर्षेनी सरकारले कोटा थप गर्दै आएको थियो । निर्धारित कोटा र थप कोटा समयमै ढुवानी हुन नसक्दा हुम्लामा जहिले पनि खाद्य संकटकै समचार बन्ने गरेको थियो ।

Couetsey: Ekantipur

हुम्लामा पाठेघर खस्ने महिला सात दर्जन भन्दा बढी

कान्तिपुर संवाददाता

सिमकोट (हुम्ला) , पुस १३ - हिमाली जिल्ला हुम्लाका महिलाहरूमा पाठेघर खस्ने रोगको संख्या सात दर्जन भन्दा बढी देखिएको छ । चिकित्सकलाई भन्न लजाउने साथै जिल्लामा सुविधा नभएकाले पिडीत महिलाले उपचार पाउन नसकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक टोलीले जिल्लाको शिविर सन्चालन गरी पाठेघर सम्बन्धि समस्या पहिचानका लागी गरेको परिक्षणबाट ९२ महिलामा समस्या देखिएको हो । २७ गाउँ विकास समिति भएको हुम्लामा १० स्थानमा शिविर सन्चालन गरिएको थियो । कार्यालयको विवरण अनुसार परिक्षण गरिएका रोगी मध्ये अधिकास ४० वर्ष माथिका छन् ।

टोलीले गरेको परिक्षणमा जिल्लाको उत्तरी भेगमा रहेका वस्ती समेटिएको छैन । उत्तरीभेगमा लामाको वस्ती रहेको छ । उत्तरमा रहेका लिमी र मुचु गाविसका वस्तीमा समेत परिक्षण गर्नेहो भने जिल्लामा पाठेघर खस्ने समस्या भएका महिलाको संख्या सय भन्दा माथि पुग्ने अनुमान छ ।

कर्यालयसँग रोगीको उपचारका लागि कुनै कार्यक्रम रहेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर प्रकासप्रसाद शाहले गत वर्ष सदरमुकाम सिमकोटमा अपरेसनका लागि शिविर राखेको बताउँदै भने, 'शिविरमा महिलाको उप्स्थिती हुन सकेन । त्यतीखेर कामको समय भएको र भौगोलिक विकटताले महिला आउन नसकेका हुन् । शिविरमा आएका मध्य केहीलाइ रिङ्ग राखेर पठायौ । स्वास्थ्य चौकी र उप चौकीमा पनि महिला कर्मचारीद्वारा रिङ्ग राख्ने व्यवस्था गरिएको छ ।'

जिल्लामा पाठेघर खस्ने महिलाको लागि कुनै कार्यक्रम नहुँदा पिडीत महिला उपचारबाट बञ्चित रहँदै आएका छन् ।

Courtesy: Ekantipur

Monday, 2 August 2010

हुम्लाका ११ गा।वि।स। झाडा पखाला

कर्णली डटकम सिमकोट हुम्ला÷१६ साउन । देशका विभिन्न स्थानमा झाडापखालाका बिरामी बढिरहेको बेला हुम्ला जिल्ला दैविक प्रकोप उद्दार समितिले जिल्लाका २७ वटा गा।वि।स।मध्ये ११ वटा गा।वि।स।लाई झाडापखालाको उच्च जोखिमयुक्त गा।वि।स।sा रुपमा नक्सांकन गरेको छ ।
समितिले गरेको नक्सांकन अनुसार जिल्लाका श्रीनगर कालिका मैला मदना जैर दार्मा ठेहे मिमि श्रमिष्टा साँया र छिप्रा झाडापखालाका अतिउच्च जोखिममा परेका छन् । यि गा।वि।स।हरु जिल्ला सदरमुकाम भन्दा केहि ठाढा र उच्च जनसंख्या भएको तर स्थानिय स्तरका स्वास्थ्य संस्थामा उपर्युक्त औषधि नभएकोले झाडा पखालाका अति उच्च जोखिममा परेको जिल्ला दैवीप्रकोप उद्दार समितिका अध्यक्ष समेत रहेका सहायक प्रमख जिल्ला अधिकारी पदमलाल लामिछानेले जानकारी दिनु भयो ।
समितिले उच्च जोखिममा परेका ११ वटै गा।वि।स।भित्रका सबै वस्तीहरु मध्ये कुन-कुन वस्ती अत्यान्तै जोखिममा छन् भन्ने बारेमा समेत नक्सांकन गरेको छ । झडापखालाको पुर्व तयारीकालागि युनिसेफको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकाुस तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल हुम्लाद्धारा साचालन गरिएको आपत्कालिन वास कार्यक्रमले आयोजनामा गरिएको उक्त नक्सांकनमा श्रीनगरका सबै वस्ती मैलाका रामा नैकाला मासपुर मलनाको सिरुपाटा कालिकाका पाल्स करगई लमही लौठी दार्माको भट्टेडाँडा मिमिको मेखाला ऐडिबाडा श्रीमष्टाको नेप्का पाली पिप्लाङ ठेहेको दाजाम ठेहेगाउँ सायाँको मण्डी डाँडासायाँ दुल्ली र गैरीसायाँ छिप्राको माझा छिप्रा जैरकामे तुम्च जैर गाउँ तल्लोगाउँ माझगाउँ र भिटागाउँ रहेको जिल्ला दैवि प्रकोप उद्दार समितिका सदस्य समेत रहेका किर्डाक नेपालका निमित्त जिल्ला संयोजक गोकुल बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जोखिममा रहेका उक्त ११ वटा गा।वि।स।मध्ये श्रीनगर कालिका जैर दार्मा र ठेहेमा झाडापखाला पुर्वतयारी सम्बन्धि वास कार्यक्रम लागु भएपनि जिल्लाका अन्य स्थानमा हुनसक्ने झाडापखालाजन्य प्रकोपको नियन्त्रणका लागि समयमै सर्तक रहन र जिल्लाका सरोकारवाला निकायलाई वेलैमा तयारी गर्न सघाउनका लागि किर्डाकले उक्त नक्सांकन गरेको हो ।
उक्त नक्सांकनमा किर्डाक नेपाल हुम्लाले साचालन गरेको वास कार्यक्रमले जिल्लामा भविष्यमा आउन सक्ने झाडापखालाजन्य महामारी फैलिएको खण्डमा त्यसको नियन्त्रणका लागि जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायसँग उपलब्ध भौतिक आर्थिक मानविय तथा औषधिजन्य स्रोतको समेत नक्सांकन गरिएको छ ।
नक्सांकन कार्यक्रममा जिल्ला दैवि प्रकोप उद्दार समितिका पदाधिकारी तथा जिल्ला स्थित सुरक्षा निकाय स्वास्थ्य संस्था लगायत झाडापखाला र सरसफाई सम्बन्धि काम गर्ने झण्डै दुई दर्जन कार्यलयका प्रतिनिधि र साचारकर्मीको समेत उपस्थिति
रहेको थियो ।


News from Karnali.com

Wednesday, 26 August 2009

हुम्लामा पनि झाडा-पखाला

हुम्लामा पनि झाडा-पखालाले छोएको छ। हुम्लाको कालिका गाबिसमा झाडा-पखाला अहिलेसम्म एघार जनाको मृत्‍यु भएको छ। तर अहिलेसम्म पनि काठमाडौ सरकार तथा सम्बंधित निकायको ध्यान जान सकेको छैन।

जनताका आशाहरु भीमकाय र विलासितापूर्ण छैनन्, बरु स्वस्थ जीवनका निम्ती नभै नहुने शुद्द पेयजल अर्थात शुद्द पिउने पानी, सफा र पौष्टिक खाना, सर्वसुलभ स्वास्थ्य सुविधा। यति कुराको पनि चाँजो पाँजो मिलाउन नसक्ने सरकार र सम्बंधित निकायहरुले खोई के पो काम गरि बसेका छन्?

हाम्रो छिमेकी मुलुक भारतमा संसदको कार्यवाही, छलफल, तर्क-वितर्कको भिडियो रेकर्ड गरेर जनतालाई देखाउने चलन रहेछ। त्यो हाम्रोमा पनि गर्नु पर्ने। हाम्रोमा भोटको थुप्रोमा चढेर संसद छिरेकाहरुले हुम्ला लगायतका अनेकौं जिल्लाहरु, क्षेत्रहरुका मानवीय संकट भई विकसित भएका यस्ता स्वास्थ्य, शिक्षा, विकास-पूर्वाधारहरुको बारेमा के के कुरा गर्दा रहेछन् वा नबोली बस्दा रहेछन् त्यो देख्न पाउनु जनताको अधिकार हो।