Tuesday, 9 February 2010

राज्यबाटै उपेक्षित कर्णाली - सुदर्शन आचार्य

किन पछि पर्‍यो कर्णाली?
राजनीति र कर्मचारीतन्त्रमा कर्णालीको बाहुल्यको त कुरै छाडौं, नीतिनिर्माण तहसम्म समेत कर्णालीको प्रतिनिधित्व नहुँदा सिंगो कर्णाली उपेक्षित बन्न पुगेको छ। कर्णालीले राज्यको नीतिनिर्माण गर्ने दुवै तहसम्म पनि अहिलेसम्म आफ्नो प्रतिनिधि पाएको छैन। २०१५ सालमा राष्ट्रिय योजना आयोगको निर्माण गरिएको थियो। योजना आयोग बनेको ५० वर्ष भयो। तर, ५० वर्षे इतिहासमा योजना आयोगमा एकजना पनि कर्णालीवासी पुगेको पाइँदैन। त्यतिमात्र होइन– कर्णालीले यो बीचमा प्रधानमन्त्री त पाएन नै– आजसम्म एक जना कर्णालीवासीले पनि राजदूत बन्ने सौभाग्य पाएको छैन। वास्तवमा कर्णालीवासीका लागि काठमाडौं र कर्णालीको दूरी बढ्दै जाँदा कर्णालीसहितको नेपालको राजधानी काठमाडौं हो भन्ने अनुभूति पनि घट्दै गएको पाइन्छ।

कालीगण्डकीदेखि पश्चिम कुमाउ गढवाल र दक्षिणमा लखनऊभित्र रहेको कर्णाली प्रदेश केन्द्रीय राज्यसत्ताका लागि 'परदेश' भएको ठान्छन् कर्णालीवासी। कर्णाली प्रदेशका अन्तिम राजा सोभान साही र बहादुर शाहबीचको द्वन्द्वका कारण केन्द्रीय राज्यबाट पूर्ण रुपमा उपेक्षित रहन पुगेको कर्णालीले त्यो पीडा आजसम्म पनि भोग्नुपरेको तीतो यथार्थ सुनाउँछन् कर्णालीवासी।
केन्द्रीय राज्यसत्तामा सधैं पूर्वी नेपालका नेताको बाहुल्य रहनु नै कर्णालीको विकास पछि पर्नुको मूलभूत कारण देखिन्छ। पश्चिम नेपालका शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्ददेखि मरिचमान सिंहसम्म प्रधानमन्त्री भए पनि सो समयमा समेत कर्मचारीतन्त्रको उपल्लो तहमा पूर्वी नेपालकै बाहुल्य रहेका कारण पनि पश्चिम नेपाल उपेक्षित नै रहन पुगेको राजनीतिक नेताहरु नै बताउँछन्। अर्कातिर प्रजातन्त्र पुनःस्थापनापश्चात् कर्णालीबाट संसद्मा प्रतिनिधित्व गर्ने कतिपय व्यक्तिहरु किनबेचमा परेका कारण पनि कर्णाली वास्तवमै आवाजहीन बन्न पुग्यो।
आन्तरिक विग्रह र किनबेचका कारण कर्णाली अञ्चलकै हुम्ला जिल्लाका सांसद चक्रबहादुर शाही तत्कालीन देउवा सरकार ढाल्न उद्दत भए। नेपाल मजदुर किसान पार्टी बाट विजयी जुम्लाका अर्का सांसद भक्तबहादुर रोकाया कांग्रेस प्रवेश गरे। त्यस्तै एमाले केन्द्रीय सदस्य नै रहेका कालीकोटका प्रेमबहादुर सिंह पार्टी नै परित्याग गरी शाही शासनको समर्थनतिर लागे। एमालेकै अर्का नेता डोल्पाबाट विजयी नरबहादुर बूढाथोकी समेत एमालेमा रहन सकेनन्। उनले पनि शाही सरकारको समर्थन गर्दै आफ्नो आस्थालाई विक्रीमा राखे। यसले गर्दा केन्द्रीय राज्यसत्ताले कर्णालीको विकासभन्दा सांसद किनबेचलाई प्राथमिकता दियो भने सांसदले पनि समग्रको कर्णाली भविष्यभन्दा पनि निजी उन्नति हेरे। यसकारण नै कर्णाली प्रदेश विकासमा पछि पर्न पुग्यो। भू–बनौटले समेत धोका दियो। समग्र कर्णालीको विकासको बाधक कर्णालीको भू बनौट पनि हो। कडा चट्टानसहितको गगनचुम्बी पहाड फोरेर यातायात सञ्चालन गरी कर्णालीको विकास गर्नु केन्द्रीय राज्यका लागि चुनौतीपूर्ण नै रह्यो। खेतीयोग्य जमीनको अभाव, कर्णाली प्रदेशमा उत्पादित स्याउको बजार नहुनु र महंगो विमान वा हेलिकोप्टर बाट ढुवानी गरी स्याउको बजार खोज्नुपर्ने अवस्था आफैंमा चुनौतीपूर्ण अवस्था हो। खेतीयोग्य जमीन हुम्लामा जम्मा एक प्रतिशत, कालीकोटमा १८०८७ हेक्टर, जुम्लामा ३९ सय हेक्टर, मुगू र डोल्पामा न्यून हेक्टर मात्र खेतीयोग्य जमीन भएका कारण पनि कर्णाली प्रदेशवासीलाई आफ्नो उत्पादनले सरदर चार/पाँच महिना पनि खान पुग्दैन। रोजगारीको अवसर नहुनु, आफ्नो उत्पादनले खानै नपुग्ने हुनुले कर्णालीवासीमा विद्रोह पैदा भएको छ। त्यसैले होला– कर्णालीको पाँच जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा कर्णालीवासीले माओवादीलाई जिताएका छन्। यसबाट काठमाडौं र कर्णालीको 'ग्याप' अब कति घट्छ– त्यो हेर्न भने पर्खनै पर्ने हुन्छ।
कर्णालीमाथि सौताको छोराको व्यवहार
केन्द्रीय राज्यप्रणालीले यसअघि कर्णाली प्रदेशमाथि गरेको सौताको छोराका व्यवहारप्रतिको आक्रोश अबको संघीय गणतन्त्रले कति घटाउँछ– त्यो भने हेर्न बाँकी नै रहेको कर्णालीवासी बताउँछन्। उनीहरुको त्यो दुखेसो छ। नूनदेखि सुनसम्म र चामलदेखि रासायनिक मलसम्म हामी पैसा तिर्छाैं उपलब्ध गराइदिनुपर्‍यो भन्दै सिंहदरबार धाउनुपर्ने बाध्यता छ। कर्णालीवासी स्थानीय नेता, कार्यकर्ता, प्रशासकदेखि पत्रकारसम्म कर्णालीको खाद्यान्नको विषयलाई लिएर सयौैंपटक सिंहदरबार धाए। सिंंहदरबारले पनि पेट्रोलियम पदार्थको मूल्यबृद्धि, वर्षा, पुल नभएको, हवाइजहाज/हेलिकोप्टर नपाएको जस्ता कारण देखाउँदै कर्णालीमा खाद्यान्न समेत पुर्‍याउन सकेन। केन्द्रीय सत्ताको लागि वास्तवमै योभन्दा ज्यादा लाजमर्दाे केही हुन सक्दैन।
अर्कातिर खाली पेटले सडक निर्माणलगायतमा व्यापक सहभागिता जुटाएको छ। कामका लागि खाद्यान्न कार्यक्रमले कर्णालीवासीको मुखमा माड त लाग्यो। तर, उनीहरु नै भन्छन्– कामका लागि खाद्यान्न कार्यक्रमले पनि हामीलाई बिगार्‍यो। कारण के हो भने– आलु, सिमी, फापर, कोदो, जौलगायतको परिकारबाट हामी बाँच्दै आएका थियौं। अब हामीमा भात नै खाने बानी पर्‍यो। जसका कारण अबको हाम्रो आवश्यकता चामल नै ब्ान्न गयो। नेपाल खाद्य संस्थानको डिपोमा तीन दिन (डिपोमा पुग्न एकदिन, लाइन बसेर चामल पाउन एक दिन र घर फर्कन एक दिन) बसेर १० किलो चामल ल्याइन्छ। यसले पनि समयको नोक्सानी हँुदा हामी आफ्नै बारीमा काम गर्न पर्याप्त समय नहुँदा उत्पादनमा समेत ह्रास आएको छ।'
जुम्ला स्याउ र विश्वप्रख्यात काली मार्सी धान, डोल्पा, यार्सागुम्बा, पर्यटकीय क्षेत्र से–फोक्सुन्डो ताल, हुम्ला राडीपाखी र फापर मुगू राराताल यार्सागुम्बा, जडीबुटी र गुची च्याउ र कालीकोट गहँु कोदो, मकै र धानका लागि कर्णालीभित्र प्रख्यात छ। तर, माथि उल्लेख गरेझै यहाँको उत्पादनले यहाँको बासिन्दाको रोजीरोटी चल्दैन। उमेर पुगेका युवादेखि बृद्धसम्म बाध्यताले नोकरीका लागि भारततिर लाग्ने गरेका छन्। चौकीदारदेखि सामान्य होटलमा भाँडा माझ्न भारत पुग्नु कर्णालीवासीको लागि बाध्यता बनेको छ।
शैक्षिक स्थिति
कर्णाली प्रदेशको शैक्षिक स्थिति झनै दुःखपूर्ण छ। हुम्लामा २३ प्रतिशत कालीकोटमा न्यून प्रतिशत, जुम्लामा ४३ प्रतिशत, मुगूमा २६ प्रतिशत र डोल्पामा ३६.३६ प्रतिशतमात्र जनता साक्षर छन्। यो साक्षरता प्रतिशतले पनि समग्र कर्णालीको स्थिति पूरै झल्किन्छ। साक्षरता प्रतिशतमा बृद्धि होस् पनि कसरी, यहाँँका सबै युवायुवतीदेखि बूढाबूढीसम्म हात मुख जोड्नका लागि केही न केही कामको लागि भौंतारिनुपर्ने बाध्यता नै छ। चर्काे हवाई भाडाका कारण नेपालका ठूला सहरको भन्दा खाद्यान्न तथा लत्ताकपडा कर्णालीमा पाँच गुणासम्म बढी छ। काठमाडौंमा प्रतिलिटर ६५ पर्ने मट्टीतेल कर्णालीका जिल्लामा २०० पर्ने गरेको छ। अर्कातिर काठमाडौंमा १२ देखि १५ रुपैयाँ पर्ने लुगा धुने साबुन कर्णालीमा ४०/५० रुपैयाँसम्म पर्दछ। जसका कारण पनि कर्णालीवासी पीडादायी जीवन बाँच्न बाध्य छन्। नेपालगन्जबाट हुम्ला जान यात्रीले एकातर्फ ९ हजार २ सय ८० रुपैयाँ बुझाउनुपर्दछ भने सामान ढुवानी प्रतिकेजी ८५ रुपैयाँ रहेको छ। कर्णालीकै कालीकोटमा भने हवाइजहाज जाँदैन। कालीकोटमा सामान प्रतिकेजी ४० रुपैयाँमा हेलिकोप्टरमा ढुवानी गर्नुपर्दछ भने यात्रुशुल्क प्रतिव्यक्ति ४ हजार लिने गर्दछ।
भाग्यरेखा कोर्नेको खोजी
कर्णाली राणाशासन, पञ्चायत र लोकतन्त्र सबै भोग्दै गणतन्त्रमा मुलुक प्रवेश गरेको नियालेर बसेको छ। आजसम्म कुनै शासन वा तन्त्रमा कर्णालीको भाग्यरेखा कोरिएको छैन। राज्यको नीतिनिर्माण तहमै कर्णालीको उचित प्रतिनिधित्व गराई भाग्यरेखा कोर्नेतन्त्रको खोजीमा कर्णालीवासी छन्। कर्णालीलाई यतिबेला मासु भात खुवाउने भाषण होइन रोटी दिन यथार्थ चाहिएको छ। तसर्थ पनि संघीय राज्यप्रणालीदेखि रोजगारी हँुदै राज्यको उपल्लो तहमा प्रतिनिधित्व गर्ने सवालमा कर्णालीवासी कार्यान्वयनको पर्खाइमा रहेको बताउँछन्। विगतमा आफ्ना प्रतिनिधि भेडा/बाख्राझैं किनबेचमा समेत सामेल भएको तीतो यथार्थता बोकेका कर्णालीवासी भन्छन्– राज्यको उपल्लो निकायदेखि नीतिनिर्माण तहसम्म हाम्रो भाग्यरेखा कोर्ने व्यक्तिको प्रतिनिधित्व होइन। पुनः त्यस्ता व्यक्ति किनबेच भए हामी कर्णालीवासीले नै त्यस्ता व्यक्तिलाई विगतमा गरेझै दण्डित गर्नेछौं।
माओवादीसँग अपेक्षा
१२ वर्षे द्वन्द्वकालमा माओवादीले झन्डै एक दर्जन पुल उसकै भाषामा 'दुस्मनको सेना' हिंड्न नपाओस् भन्दै काट्यो कर्णालीको। हुम्लाबाट कालीकोट जोड्ने माओवादीले काटेको रयाङीला पुल र हुम्ला जोड्ने मुगूको कर्णाली पुल उदाहरणमात्र हुन्। त्यस्ता एक दर्जन पुल काटेर माओवादीले जनयुद्धलाई निरन्तरता दिएको बताएको थियो। तर, अहिले यसै पनि अनिश्चित कर्णाली त्यसमाथि पनि पुल समेत काटेर जनता आवतजावत गर्न नसक्ने स्थिति। जनयुद्धको समय भएर एकातिर जनता बोल्न सकेका थिएनन् भने अर्कातिर जनतालाई ध्वंसपछि हामी नयाँ नेपाल निर्माण गर्दा यस्ता दर्जनौं पुल बनाएर जनतालाई सुखैसुख दिने सपना समेत बाँडेका थिए त्यतिबेला। अब उसले भाषणमा होइन रयाङीलाई कर्णालीमै पुल बनाएर जनतालाई नयाँ नेपालको सपना पूरा गरेर देखाउनुपर्ने बेला आएको छ। तसर्थ ऊ (माओवादी) प्रति जनताको बढी नै अपेक्षा छ। सोही अपेक्षाका कारण नै होला– कर्णालीका सबै जिल्लाका ५ वटै सिट जनताले (?) माओवादीलाई सुम्पिए। उसलाई पनि सजिलो भने छैन। यी दुई पुल निर्माणको लागि मात्रै ३ करोड न्युनतम बजेट चाहिने हुन्छ। काटिएका एक दर्जन पुल बनाउन २० औं करोड रकम कुन स्रोतबाट जुटाउने? जनतालाई युद्धकालमा शान्ति चाहिएको थियो। तर, अहिले विकास चाहिएको छ। हिजो ध्वंस गरिएका संरचना र नयाँ विकासका काम नभए माओवादीप्रति नै कर्णालीवासीको औला ठडिनेछन्।
कर्णालीका नाममा राजधानीमा गोष्ठी
कर्णालीका नाममा राजधानीमा हरेक वर्ष लाखौं खर्चेर सभा, सम्मलन, गोष्ठी आदि हुने गर्दछ। कर्णालीवासी नै भन्छन्– त्यही गोष्ठी र कर्णालीका नाममा काठमाडौंमा चढिने पजेरोको रकम कर्णाली पठाए पनि धेरै विकास हुने थियो। कर्णालीवासीको थप कथन छ– हामीलाई भोकाएका बेला माछा होइन, माछा मार्ने प्रविधि चाहिएको छ। राज्यले कम्तीमा हाम्रो दुःखमा साथ देला भन्ने थियो हामीलाई। काठमाडौं–नेपालगन्ज कर्णाली आवतजावतभन्दा काठमाडौं–दिल्ली वा बैंकक हवाइ भाडा सस्तो देखिन्छ। कम्तीमा राज्यले हामील्ााई केही सुविधामात्र दिए पनि नेपाल हाम्रो हो भन्ने आभास हामीमा झल्कन्थ्यो। कर्णालीको विकासनिर्माणको कामको विषयमा कर्णालीबाट काठमाडौं डेलिगेसन जाँदा मात्रै पनि वार्षिक २५ लाख खर्च हुने गर्दछ। कर्णालीको विकासमा राज्य स्वयम् आफैं सचेत हुने हो भने त्यो २५ लाख पनि कर्णालीको विकासमै जाने धारणा स्वयम् कर्णालीवासीकै छ। ०

आजको सोच आजको घोच–६०
लेखक सिम्ह क्षेत्री
हामी सत्ताका लोभी होइनौं, हामी त सिद्धान्तवादी,
हँु हँु हँु, माओवादीले रक्षा नदिने रे
जुनसुकै टिभी खोल्नुस्, जुनसुकै एफएम सुन्नुस्, जुनसुकै अखबार पढ्नुस्, गिर्जाऊका भानेताहरुका (कोईकोईले अनेता पनि भन्दा रहेछन्) ( 'भा' अर्थात् भाइ र 'अ' अर्थात् अर्दली रे ) चर्काचर्का यस्तै तर्कमात्र र, यस्तै रोदनमात्र सुन्न पाइएको छ। कैले ठूलो 'राम', कैले मझ्यौला 'राम', कैले 'मीनेन्द्र', कैलेकाहीं चैं प्रकु पनि कराकरै छन्, एकहोरो झिंगाले भन्भन् गरेर खान्न खान्न भन्दै हलुवाछेऊ र्‍याल च्वक्क चुहाउँदै भन्केजस्तै, सत्ताको पत्तलमाथि, फाल्ला कि रक्ष्योको बोहता माओवादीले भनेर थुक घुटुक्क निल्दै। अर्काका लागि रक्ष्योको के अर्थ, अरुले हेर्दा त्यो बोहताजस्तो मात्र, तर गिर्जाउलाई थाहा छ, रक्ष्यो बोहता हो कि श्राद्धमा पिण्ड हाल्न बनाइने ठूलो टपरी हो। ४६ सालपछि धेरैजसो कांग्रेसले मात्रै लिएको रक्ष्योको बारे कि त कांगलाई थाहा छ, कि त अरबपति चिफहरुलाई, कि त खरबपति ऋषिकुमारहरुलाई, कि त महाराजाहरु र विशेषगरी ज्ञानेन्द्र पूर्व राजाजीलार्ई। भन्दैछन् भन्नेहरु, त्यहाँ त मालामाल छ, त्यसैले कांगले आफ्ना अग्रजहरुले सिर्जेका सम्पूर्ण मर्यादा, सुनौलो इतिहास, संघर्षका स्वर्ण अक्षर तथा सहादतहरुलाई वेश्यामा परिणत गरेर भए पनि नांगै जनतासामु हिंडिरहेको हो रक्ष्यो रक्ष्यो रक्ष्यो भन्दै। ग्रहण लागेको वेला पैलेपैले चण्डालहरु घरघरमा थोत्रो लुगा माग्दै ग्रहणको बिटुलोबाट बच्न चिच्याउँदै हिंड्ने गरेजस्तै।
मालामालको आरोपका विरुद्ध, मालामाल त त्यहाँमात्र हैन अन्त पनि छ नि, अरु नै लिइन्थ्यो नि मालामालकै मात्र कुरा हो भने भनेर अस्ति मीनेन्द्रले प्वाक्क बोलेका पनि थिए। मीनेन्द्रबाबुलाई के थाहा मन्त्री बन्न कैले पा भे पो? बल्लबल्ल मन्त्री हुनका लागि शेरबहादुरको गुफा छोडेर, कोइराला परिवारको सुंगुरखोरमा पस्ने औसर भेटेका छन्। देलान् र पाइएला मन्त्रीसन्त्री भन्दै चाकरीमा आएर दिनरात यस्तै सिद्धान्तको विलाप गर्दा पनि खै रक्ष्यो दिन्न भनेर बेबकुफ माओवादीले सपना चकनाचुरै पारे, हुन त यो भ्रम नरहोस्, रक्ष्योमा शेरुका चेला मीनेन्द्रलाई लैजालान् भनेर तर मीनेन्द्रले पनि कहाँ रक्ष्योको सपना देख्या छन् र? रक्ष्यो पाए कांग ठ्याक्कै सरकारमा, अनि सरकारमा कांगको प्रवेशपछि कुनै न कुनै मन्त्री त झ्याप्पै मीनेन्द्रका पोल्टामा।
सरकारमा नजाने निर्णय, फ्लासमा आउँछ। र फेरि आउँछ, माओवादीले रक्ष्यो छोडेमा जाने। अर्को दिन आउँछ, रक्ष्योमा कांगको लोभ छैन, ७ सहमतिका पालना भएन पो भनेको। माओवादीको सरकारमा नजाने केन्द्रीय समितिको निर्णयमा अडान कायम पो भनेको। तर तत्कालै आउँछ, माओवादीले रक्ष्यो छाडेर कांगलाई सरकारमा आउने मार्ग प्रशस्त गर्दिनुपर्छ। हँु हँु हँु, माओवादीले रक्ष्यो नदिने रे। क्वाँ क्वाँा क्वाँ माओवादीले रक्ष्यो नदिने रे। घुं घुं घुं माओवादीले रक्ष्यो नदिने रे। सुक्ंक सँुक्क सँुक्क माओवादीले रक्ष्यो नदिने रे। हे आमा, हे प्रभू हे ईश्वर, माओवादीले रक्ष्यो नदिने रे। लौ न आकाश खस्यो, पाताल भास्सियो, माओवादीले रक्ष्यो नदिने रे।
फेरि चर्को घमण्ड आउँछ, कांगलाई सत्ता लिप्साको आरोप नलाऊ, कांगले सत्तालाई रांैजत्ति पनि गन्दैन, सत्ता त धूलो हो जुत्ताको, कांग त सिद्धान्तको राजनीति गर्छ। सिद्धान्त भनेको के हो त्यो चैं कुरो अर्कै छ। सिद्धान्त भनेको रक्ष्यो देऊ र सहमतिको सरकार बनाऊ नत्र कुनै पनि राजनैतिक रणनीति अपनाउन, खेल्न, किन्न, भत्काउन, भस्याउन, फुटाउन, जुटाउन जे गर्न पनि हामी तयार छौं, सक्षम छौं र विवश हुनेछौं, किनभने हामी सत्ताका लोभी होइनौं, हामी त सिद्धान्तवादी हौं।तर यदि माओवादीले रक्ष्यो नदिने हो भने, माआवादीको सर्वसत्तावादी सोचविरुद्ध अडान राख्दै कांग विपक्षीमा बस्नेछ। तर फेरि सुनिन्छ, एमालेसँग हात जोडी कैले माओवादीलाई लात ठोक र हाम्लाई पियम बनाऊ, कैले लौ बरु हाम्ल्ााई त्यो रक्ष्योमात्र देऊ पियम सियम सब तिम्लाई जत्ति जे गरेर भए पनि फोरम भनिने चाउचाउ र तमलोपा भनिने पानी पुच्कीलाई एमालेमा भोट खसाउने व्यवस्थाको जिम्मा हाम्ल्ााई मेरो मतलब उनीहरुलाई प्रभाव पार्ने र हाम्लाई पनि प्रभाव पार्ने शक्तिपितालाई। तर हामी सत्ताका लोभी होइनौं, हामी त सिद्धान्तवादी। हामी प्रतिपक्षीमा बस्छौं।
तर अँ, रक्ष्यो न दे कांग विपक्षमा, कांग माओवादीको पुच्छर भएर सरकारमा जाँदैन जाँदैन। तर यस्को अर्थ रक्ष्यो दे, माओवादीको पुच्छर हुन तयार अर्थात् रक्ष्योसँग गृह पनि दिने हो भने त माओवादीको पुच्छरमात्र हैन, पुच्छर नजिकको अर्थोक पनि हुन तयार, अझ, अर्थ पनि दिने हो भने त माओवादीको जुन थोक पनि बन्न तयार पो रहेछन्। तर पनि यस्तो रोदनको पनि कुनै महत्व किन दिएन? यस्तो विलाप यस्तो अलाप, यस्तो सँुक्क सँुक्क तर पनि खै कस्तो कठोर मुटु रहेछ माओवादीको, पटक्कै सुन्दैन र दिंदैन रक्ष्यो कांगलाई। पैले रक्ष्यो राजाको, अब रक्ष्यो गिर्जाऊको, वहाँको शेषपछि शेरुले पाउने हैन, सुजाताको अंशमा जानेछ रक्ष्यो। राजा र युवराजाको सच्च्ाा सेवक चिफसापहरु भएजस्तै लोकतन्त्रमा देख्नुभएन कटवालजी गिर्जाऊ र सुजाताजीको सच्चा भक्त। फरक पैलेपैले चिफहरु राजनीतिबाट टाढा बस्थे अैलेको लोकतन्त्रमा भने कटवालजी राजनीतिको बेड टी खाँदै राजनीतिको ब्रेकफास्ट, राजनीतिको लन्च, राजनीतिको खाजा टिफिन, राजनीतिको डिनरसँगै राजनीतिको सपनासंसारमा राष्ट्रपति भएको सपना, अरबपति भएको सपना देख्छन् रे। प्रभाव गिर्जाऊको पर्ने नै भयो, खाँटी चेलोमा। आजको सोच पनि हँु हँु हँु, माओवादीले रक्ष्यो नदिने रे। आजको घोच पनि हँु हँु हँु, माओवादीले रक्ष्यो नदिने रे।

हाम्रा सभासद्
रामेश्वरप्रसाद रौनियार, नेपाली कांग्रेस
जिल्ला राजनीतिबाट सभासद्सम्म
'मलाई प्रत्यक्ष चुनाव नै लड्ने मन थियो तर सबै कुरा मन गरेर मात्र हँुदो रहेनछ। नेपाली कांग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सभासद् बन्नुभएका रामेश्वरप्रसाद रौनियारले भन्नुभयो। पर्सा क्षेत्र नं –४ का रौनियारले प्रत्यक्षतर्फ नै टिकट माग्नुभएको थियो। 'सबै कुरा व्यक्तिगत रुपले मात्रै निर्णय हँुदो रहेनछ'– रौनियार भन्नुहुन्छ। पार्टीले गरेको निर्णय उहाँले मान्नुभयो र समाुनपातिक सूचीमा बसेर चुनावमा होमिएको कांग्रेसलाई सघाउनुभयो। पाँच निर्वाचन क्षेत्र रहेको पर्सामा तीन क्षेत्र कांग्रेसले जित्न सफल भएको छ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रौनियार शिक्षण पेसा त्यागेर राजनीतिमा लाग्नुभएको हो।
२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा खुलेर लाग्नुभएपछि औपचारिक रुपमा उहाँ राजनीतिमा लाग्नुभएको हो। उहाँले २०४४ सालमा शिक्षण पेसा त्यागी सक्रिय राजनीतितर्फ आकर्षित हुनुभएको थियो। बहुदलीय व्यवस्था प्रजातन्त्रको सुदृढीकरण, जनताको स्वतन्त्रताका लागि सधै लागिपर्ने रौनियार जननायक वीपी कोइरालाको मार्गदर्शनबाट अत्यधिक प्रभावित हुनुहुन्छ। २०४८ सालमा कांग्रेसको क्षेत्रीय सचिव, २०५४ सालमा महाधिवेशन प्रतिनिधि हँुदै २०५७ सालमा उहाँ जिल्ला कार्य समितिको सचिव हुनुभएको थियो। २०५८ सालबाट क्षेत्रीय सभापतिका रुपमा काम गर्नुभएका रौनियार त्यस क्षेत्रमा समाजसेवी र राजनीतिज्ञका रुपमा चिनिनुहुन्छ। मिलनसार, जनताको दुःखसुखमा साथ दिएकै कारण स्थानीय रुपमा उहाँलाई मन पराइन्छ। उहाँ पोखरिया गाविसको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ। २०२३ सालमा पर्सा जिल्लाको पोखरिया गाविसस्थित सतभरियामा जन्मनुभएका रौनियारले आफ्नो चार दशक लामो राजनीतिक यात्रा स्थानीय राजनीतिमै बिताउनुभयो। वर्तमान समयमा संविधानसभामा देखिएको समस्याप्रति चिन्तित बन्नुभएका रौनियारको भनाइ छ– सबै दल मिलेर नयाँ संविधान बनाउन सहकार्य र सहमतिको राजनीति गर्नुपर्छ।

This article is excerpted from weeklynepal.com

Saturday, 6 February 2010

हुम्ला-इलाम हिमाली पदमार्ग बन्ने

हिमाली दृश्यको अवलोकन गर्दै पैदल यात्रा गर्न रुचाउने पर्यटकका लागि बृहत् हिमाली पदमार्ग बन्ने भएको छ ।

पदमार्ग सञ्चालनका लागि कार्ययोजना निर्माण गरिएको छ । हुम्लाको हिल्सादेखि सुरु हुने हिमाली पदमार्ग पूर्वको इलामसम्म कोरिनेछ ।

पदमार्गले हिमाली पर्यटकीय विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । पहिलोपटक डोल्पा र हुम्लाबाट योजना सुरु गरिएको हो । जिल्ला विकास समितिले प्रस्ताव गरेकोे योजना बनाउन एसएनभी नेपालको आर्थिक तथा विशेषज्ञ सहयोग रहनेछ । पर्यटन विकास बोर्डले प्राविधिक सहयोग गर्ने भएको छ ।

See detailed news from Kantipur Daily (Jaya Bahadur Rokaya)

Monday, 1 February 2010

निश्छल मुस्कान तर अनिश्चित भविष्य

Sunday, 31 January 2010

हुम्ला - दामोदर पुडासैनी 'किशोर'

असाध्यै मन परेपछि
चुम्बन
चुचुरामा गरे पनि हुन्छ
खोंचमा गरे पनि हुन्छ ।
कति राम्ररी पढी रहन जानेकी
बादलु जाले
फापर, कोदो र कागुनुका बारीहरूमा
फिंजायौ कि कसो
रङ्ग-रङ्गका पोतेहरू
सुलुत्त परेको नाकमा
हिमानी बुलाकी झल्के पछि
सुनफूल होइन हिमफूल
निधार भरि टल्के पछि
रिसाए-रिसाए जस्तो गर्दै मुसुक्क हाँसे पछि
खित्का छोडेर हाँस्दा-हाँस्दै
बलिन्द्र धारा आँसु बगाए पछि
कसरी रित्तै बसी रहन सक्छ र
न्यानो मेरो अँगालो?
कतिले फोहोरी भने तिमीलाई
मैले तिम्रा ककराहरूबाट शिलाजीत पिएँ
कतिले 'तिती' र 'टर्री' भने तिमीलाई
मैले तिम्रा अङ्ग-अङ्गबाट
कटुकी र पाखनवेदको उज्यालो पिएँ
यार्चागुम्बाको नदी बगाइरहेकी तिमीलाई
कसरी ठिङ्ग उभिई रहेकी ढिस्को मात्र ठाने अरूले
म त तिम्रो जुन अङ्गको स्पर्शले पनि
तात्दै-तात्दै चढिरहेछु ।
कहिले पो हुन्छ र अप्ठेरो
आमाको काखमा
कहिले पो हुन्छ र पीडा
प्रेयसीको अङ्गालोमा
धूलो, धूलो होइन
त्यो अंश हो अलिकति आमाको
काँडा, काँडा होइन
हेर्दैछन् खोला छेउका धूपीहरू ।
कहाँ फुर्सद छ र तिमी र मलाई
क्षण-क्षणमा प्रेममा कुतकुतिन
तर यी गाउँका मान्छेहरूका लागि त छ
सधैँ प्रेम पर्न
रङ्गीन छ दुनियाँ गाउँहरूका लागि
नशालु छ संसार उनीहरूको लागि
दोभानमा उभिएर
निस्तब्ध पहाडहरूसँग सोधि रहेछु
त्यता तिरको तिम्रो खबर।

माघे पुर्निमामा परम्परागत देउडा खेल्दै ठेहे गाबिसका महिला


Thursday, 28 January 2010

Sunday, 24 January 2010

रातको हुम्ला

रातको हुम्ला बास बस्छ
महिनौँदेखि नधोइएको काम्लो भित्र पसेर
आफ्नै साँसको तीखो दुर्गन्ध
भालुको पित्तभन्दा तीतो
र त्यसभन्दा तीतो
अजङ्गका पहाडहरूले सगरतिर हेर्नु
भोका अजिङ्गर झैँ लठारिएर
यताबाट चुवा र
उताबाट कर्णालीले
कतैबाट फुत्कन नपाउने गरी
मानिसहरूलाई घेर्नु
हुम्लाको हरेक रात
विषको अन्तिम थोपा पिइरहेका सुकरात।
प्लेनबाट सिमकोट ओर्लेको
सरकारी जातको भेडालाई
रुघा लाग्छ एकछिन मै
एयरपोर्टको डिलबाट
शानले हेर्छ उ अरू रैथाने भेडाहरूतिर
सी.डी.ओ. अफिसको कौसीमा
जाडोले कामिरहेको राष्ट्रिय ध्वज
कक्रेर निदाउँछ रातभरि
हरेक कर्मचारी जब हुम्ला आइ पुग्छन्
आफुलाई सम्झन्छन् कोलम्बस १
उनीहरू खान्छन् प्लेनबाट आइपुगेको राशन
र हुम्लीलाइ खुवाउँछन्
प्लेनबाटै ल्याएको सुशासनको भाषण।
कुनै पनि हुम्लीलाई
जति धेरै बाँच्यो
उति धेरै कष्ट
हुम्लाको हरेक रात
विषको अन्तिम थोपा निलिरहेको सुकरात।
यस चीसो स्वर्गमा हेर
अति सुन्दर छ
धनसराको घाँघरको लय
कि भयानक अँध्यारोमा पनि
आफ्नै सुर र तालमा लम्किरहन्छ निर्भय
जीवन अनेकौँ निर्णयको जाल हो भने
त्यसको पनि जन्जाल हो
उसले घाँटीमा झुन्ड्याएको कम्पनी माला
हुम्ला आफूले पिएर विषको घैँटो
वा पिउन नपाएर त्यही विष पनि
बक्खुबाट निकालेर दरबार पठाउँछ मृतसञ्जीवनी
हुम्लाको हरेक रात
अन्तिम सासको निष्कासन पर्खिरहेको
अभियुक्त सुकरात।
केटाकेटीका नाकबाट बगिरहेका
हिमनदीहरूले छेकेको बाटामा उभिएर हेर तिमी
यो बाँकी नेपालसँग नजोडिएको नेपाल हो
नेपाल हो भने
माकुराको धागोले नेपालसँग जोडेको अर्कै नेपाल हो
तैपनि बुझ्दो रहेछ यसले छक्क बहादुरको अङ्ग्रेजी
र हाँसेरै उत्तर दिँदोरहेछ
जीवनले सोधेका प्रश्नहरूको
हुम्लाको रात जब पाखीसँगै तात्तिन थाल्छ
तब यो चिसो सिरेटो पनि आत्तिन थाल्छ
हुम्लाको हरेक रात
आगतका लागि वर्तमान मारिरहेको सुकरात।

- श्यामल

Wednesday, 13 January 2010

परम्परागत राडी पाखी

परम्परागत राडी पाखी बुन्दै एक ठेहे, हुम्ला निवासी महिला



Waiting for recognition of their work and themselvs

Wednesday, 6 January 2010

कर्णाली संघीयता र चुनौतिहरू

Dala Rawal- Social Worker, Humla

सन् १७६८ मा नेपाल एकीकरणपछि मुलुकमा व्यवस्थित ढङ्गले एकात्मक तथा केन्द्रीकृत शासन प्रणाली सुरु भएको मानिन्छ। त्यसले विविधतायुक्त नेपाली समाजको चरित्रलाई सम्बोधन गर्न सकेन। राज्यसत्ताको बागडोर सम्हाल्नेहरूले समावेशी र लोकतान्त्रिक पद्धतिलाई अंगाल्न त परै जाओस्, सुन्न समेत चाहेनन्।
एकीकरण पछि शाहवंशीय राजतन्त्रले पराजित राज्य-रजौटालाई समेटेर हिंड्नुको सट्टा उपेक्षा र उत्पीडनमा पार्‍यो। एकीकृत नेपालका जनताले राज्यबाट समान व्यवहार पाउनुको सट्टा विभेदहरू सहनुपर्‍यो। एकै देशभित्र कसैले जितेको र कसैले हारेको महसुस गर्न थालेपछि भौगोलिक एकीकरणले नेपाली भावको भावनात्मक स्वरूप ग्रहण गर्न सकेन। त्यसैको परिणाम हो, सामन्ती संस्कारको बढोत्तरी, गरीबी, उत्पीडन, जातीय तथा क्षेत्रीय विभेदको निरन्तरता। सङ्घीयताको अर्थ अधिकारको विकेन्द्रीकरण, पूर्ण लोकतन्त्र र जल, जमीन तथा जङ्गलमा जनताको अधिकार सुनिश्चित गर्नु हो। विविधतायुक्त सांस्कृतिक र सामाजिक चरित्रलाई एकताको सूत्रमा गाँस्न, राज्य प्रति सबै जात-जाति, भाषा-भाषी, लिङ्ग तथा धर्म-सम्प्रदायका नागरिकको अपनत्व विकास गर्नु सङ्घीय प्रणालीको उद्देश्य हो। स्रोत र साधनको न्यायसङ्गत र समान वितरणका लागि नेपालमा सङ्घीय शासन प्रणाली आवश्यक परेको हो । अब बन्ने सङ्घीय नेपालले विशेष गरी पहुँच, पहिचान र प्रतिनिधित्व - तीन 'प' लाई विशेष ध्यान दिनु आवश्यक छ; आमनेपालीको चाहना पनि यही नै हो। सङ्घीय शासन व्यवस्थाबाट खासगरी पिछडिएका वर्ग, समुदाय र क्षेत्रका बासिन्दाले न्याय पाउने आशा लिएका छन् । जातीय तथा क्षेत्रीय विभेदको अन्त्य र राष्ट्र निर्माणमा सबैको समान सहभागिताको सुनिश्चितता सङ्घीयताको मूल मर्म हुने उनीहरूको अपेक्षा छ । सँग-सँगै, बहुजातीय, भाषा-भाषी र धर्म-सम्प्रदायको विविधता रहेको मुलुकको राष्ट्रियता सर्म्वर्द्धन गर्न र उच्च दरमा आर्थिक विकास गर्न सङ्घीयता उत्कृष्ट शासन व्यवस्था बन्ने विश्वास लिइएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणासंगै सङ्घात्मक विभाजनको ढाँचा बारे पनि अध्ययन तथा बहस सुरु भएका छन्। प्रान्तीय वा प्रादेशिक विभाजन कसरी गर्ने भन्ने बारे विज्ञहरूले गहिरीएर अध्ययन गर्नु जरुरी छ। हाम्रो भौगोलिक र सामाजिक मूल्य बोकेको देशमा जातीय र भाषिक आधारमा मात्र प्रान्त विभाजन गरियो भने त्यस्तो सङ्घात्मक शासन व्यवस्था असफल हुनसक्छ। त्यसकारण, भौगोलिक बनावट र आर्थिक अन्तरसम्बन्धहरूबारे पनि अहिले नै ध्यान पुर्‍याउनुपर्छ। सङ्घीय विभाजनमा जातीयतालाई मुख्य आधार बनाइयो भने त्यसले एक सयभन्दा बढी जातजाति बीच द्वन्द्व उत्पन्न गर्नसक्छ। राजनीतिशास्त्रका आधारभूत मान्यता ओझेलमा पर्न जाँदा सङ्घीयताको भविष्य अन्योलपूर्ण हुनसक्छ। कर्ण्ाालीजस्तो ऐतिहासिक पृष्ठभूमि बोकेका क्षेत्रको सङ्घीय विभाजन सहज छ । तर्राईमा पनि मिथिला, थरुहट, अवध, भोजपुरा क्षेत्रको छुट्टै ऐतिहासिक महत्त्व छ । त्यसैले आर्थिक स्रोतको पहिचान गरी ऐतिहासिक पृष्ठभूमि, भौगोलिक बनावट र जातीय पहिचान एवम् बाहुल्यका आधारमा सङ्घीय विभाजन गरनिु सबैभन्दा उपयुक्त हुनसक्छ । राज्यको पुनःसंरचना गर्न अहिले प्रायः सबै राजनीतिक दल सहमत छन् । त्यसका लागि शान्तिपर्ूण्ा जनआन्दोलन र संविधानसभा निर्वाचनमार्फ जनताले म्यान्डेट पनि दिएका छन् । त्यसैले यथाशक्य चा“डो भौगोलिक, आर्थिक, सामाजिक र इतिहासका विज्ञहरू सम्मिलित राज्य पुनःसंरचना आयोग गठन गरी खुला छलफल र अध्ययन सुरु गर्नु जरुरी छ । अध्ययन र छलफललाई तल्लो स्तरसम्म घनिभूत रूपबाट सञ्चालन गर्नु त्यत्तिकै जरुरी छ, जसले आमजनताको अर्थपर्ूण्ा सहभागिता गर्न सकोस् । सङ्घीय विभाजनबारे राजनीतिक दलहरूका आ-आफ्ना धारणा हुनु स्वाभाविकै हो तर र्सवस्वीकार्य आधारबिना 'मेरो गोरुको बाह्रै टक्का' भनेर परविर्तनको गति रोक्ने अधिकार कसैलाई पनि छैन । राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमाथि संविधानसभामा छलफल गरी निष्कर्षा पुग्नु सर्वोत्तम उपाय हो ।विश्वका झन्डै ४० प्रतिशत जनताले सङ्घीय शासन व्यवस्था स्वीकारेका छन् । एकात्मक र केन्द्रीकृत राज्य प्रणालीबाट सबै वर्ग र समुदायको समावेशी र र्सार्वभौम अधिकारहरूको संरक्षण र पर््रवर्द्धन हुन नसकेमा सङ्घात्मक शासन उपयुक्त ठानिन्छ । नेपालमा सङ्घीय विभाजन कसरी गर्ने भन्नेबारे छलफल सुरु भएको छ । राज्य सरकारलाई र्सार्वजनिक यातायात व्यवस्थापन, स्थानीय शान्ति-सुरक्षा, राजस्व सङ्कलन, छुट्टै कर प्रणाली, भाषा प्र्रयोग, सामाजिक सुरक्षा नीति, राज्यको चिह्न, प्राकृतिक स्रोत र साधनको परचिालन स्वतन्त्रता, स्वायत्त विधान, स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायालय सञ्चालनको अधिकार दिनर्ुपर्छ । जातीय, भाषिक र भौगोलिक आधारमा हुनर्ुपर्छ भन्नेहरूका फरक-फरक मत आएका छन्। कसैकसैले सिङ्गो तर्राई, पहाड र हिमाललाई छुट्टाछुट्टै प्रदेश बनाउनुपर्ने माग राखेका छन्। जुन व्यावहारकि देखि“दैन । भौगोलिक अनुकूलता, ऐतिहासिक पृष्ठभूमि, जातीय, भाषिक तथा सांस्कृतिक पहिचान, जनसङ्ख्याको अनुपात, आर्थिक अन्तरसम्बन्ध तथा स्रोतको उपलब्धतालाई गहिरोस“ग अध्ययन गरेर मात्र सङ्घीय विभाजन गर्नु उपयुक्त हुने विचार विज्ञहरूको छ । ऐतिहासिक कर्ण्ााली प्रदेश नै एकीकृत नेपालको कर्ण्ााली राज्य हुनुपर्ने माग जनस्तरबाट उठेको छ । ऐतिहासिक कर्ण्ााली प्रदेशमा हालका पा“च जिल्लाबाहेक दैलेख, सर्ुर्खेत, जाजरकोट, बाजुरा, अछाम र बझाङको केही भू-भाग समेटिएको थियो ।

(रावल कर्णालीका सामाजिक कार्यकर्ता हुन्)

Saturday, 2 January 2010

समाबेशी लोकतंत्रमा कर्णाली र पिछडिएको क्षेत्र


जीवन बहादुर शाही, केन्द्रिय सदस्य नेपाली कांग्रेस


बिषय प्रबेश

नेपालको समसामयिक राजनितिक सन्दर्भमा समावेशी लोकतन्त्र बहसको विषय भएको छ। यसको स्वरुप र संरचनाका बारेमा विभिन्न अभिमत र विचारहरु चर्चामा आएका छन्। समावेशीकरणको प्रक्रियामा भौगोलिक क्षेत्रलाई कसरी सम्बोधन गर्ने र खास गरी विकासको प्रवाहमा पछि धकेलिएका कर्णालीजस्ता सुविधाविहिन क्षेत्रको प्रतिनिधित्वलाई कसरी समेट्ने र सन्तुलित बनाउने भन्ने विषय निकै गहन र संवेदनशिल रहेको छ।भौगोलिक रुपमा राष्ट्रिय प्रवाहमा समावेश हुन नसकेका क्षेत्रको न्यायपूर्ण समुचित प्रतिनिधत्व र सक्रियताका लागिनै समावेशी लोकतन्त्रको आवश्यकता बोध भएको हो।
कर्णाली आंकडमा नेपालको क्षेत्रफलको १५ प्रतिशत साक्षरता प्रतिशत ३१.३ प्रतिशत जसमा १५.१ महिला ४७.७ प्रतिशत पुरुष ८४.६६ प्रतिशत कर्णालीको जनसंख्या कृषिमा आधारित नेपालको १६,८३४ किलो मिटर सडक मध्ये कर्णालीमा शून्य नेपालका ३२१३ ठूलो उद्योग मध्ये कर्णालीमा १ नेपालका २६९ क्याम्पस मध्ये कर्णालीमा १ मुगुको औसत आयु ३६ बर्ष जसमा महिलाको ३४ बर्ष
समावेशीकरणको प्रश्नः देशभित्र कानुनी, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक संरचनात्मक सुधारका माध्यमबाट कर्णालीलगायत पिछडिएका क्षेत्रहरुलाई अधिकार, शक्ति, जिम्मेवारी र श्रोत वितरणका माध्यमबाट बढी अधिकार सम्पन्न गर्राई सेवा सुविधा हस्तान्तरण र सामाजिक रुपातन्तरणमा प्रमुख भूमिका निर्वाह गर्ने स्वरुप र त्यसको ढाँचा कस्तो बनाउने, कसरी बनाउने र कसले बनाउने अहिलेका ज्वलन्त प्रश्न हुन्। समावेशीकरणको तात्पर्य लागत र लाभका आधारमा हुने समानता नभएर मानवीय र नागरिक हैसियतमा समान नेपाली भन्ने मूल्य र मान्यतामा आधारित भएर सोच्नुपर्छ भन्ने कुरामा पहिले ध्यान जानु आवश्यक छ। नेपालको राजकीय संरचना र जनताको त्यसमाथिको नियन्त्रण र पहुँचको सन्तुलन नै समावेशी लोकतन्त्रको मूलभूत र्सत हो भन्ने मान्यतामा यो विषयलाई उठान गर्ने जमर्को गर्न सकिन्छ।
नेपालभित्र कर्णाली नेपालको मानचित्रभित्र कर्णालीको अवस्था अहिले पुरै असमाविष्ट छ। कर्णालीको क्षेत्रफल २१,३५१ वर्ग किलोमिटर छ यो नेपालको क्षेत्रफलको झण्डै १५ प्रतिशत हो। जनघनत्व प्रतिवर्गकिलोमिटर १४.५ , जनसंख्या ३०९०८४ -महिला, १५२१००, पुरुष १५६९८४) सरकारी तथ्याङ्क अनुसार २०४८मा भन्दा २०५८मा यहाको जन संख्या घटेको देखाइएको छ। साक्षरता प्रतिशत ३१.३ प्रतिशत जसमा १५.१ महिला ४७.७ प्रतिशत पुरुष रहेको छ ।८४.६६ प्रतिशत कर्णालीको जनसंख्या कृषिमा आधारित र १५.३४ गैरकृषिमा आधारित छन् । नेपालको १६,८३४ किलो मिटर सडक छ जस मध्ये कर्णालीमा ० किलोमिटर छ। यस्तै नेपालमा ३२१३ ठूलो उद्योग कर्णालीमा १, रोजगारीको अवसर पाउने नेपालमा १,९१,८५६ छन् भने कर्णालीमा जम्मा ११ जना। नेपालमा २६९ क्याम्पस छन कर्णालीमा १ मात्र क्याम्पस छ। मुगुको औसत आयु ३६ बर्ष ६ जसमा महिलाको ३४ बर्ष रहेको छ। काठमाडौंको ७० बर्षभन्दा माथि रहेको छ। राष्ट्रिय योजना आयोग, संवैधानिक अङ्गहरु कुटनीतिक क्षेत्रमा कर्णालीको सहभागीता छैन। नागरिक प्रशासनमा कर्णालीबाट जम्मा १६ जना अधिकृत छन् भने न्याययिक क्षेत्रमा १ जनाको अधिकृत स्तरमा सहभागिता छ।
समावेशी लोकतन्त्रको सर्न्दर्भममा कर्णाली
कर्णालीमा नेपालभित्रको भूभाग भए पनि नेपालको अर्कै औपनिवेशिक क्षेत्रका रुपमा विगतदेखि ब्यवहार गरिँदै आएको कुरा अध्ययन र अनुभवहरुले औल्याएका छन्। हालको एकात्मक संरचनामा नेपालको सरकारलाई यहाँका बासिन्दाले केन्द्रीय सरकार भन्नु र केन्द्रबाट सधै त्यहाका नागरिकले उपेक्षाबोध गरेबाट यसको पुष्टि मिल्छ। कर्णाली र कर्णालीजस्तै अन्य पिछडिएका क्षेत्रहरुको अवस्था कहाली लाग्दो छ। ती भूभागभित्र बस्ने सम्पूर्ण जात, जाति, भौगोलिक दलित हुन, विकासको अधिकारबाट बञ्चित छन्। तिनीहरुको बाच्ने अधिकार सुनिस्चित छैन। आत्म विकास र आत्म निर्णयको अधिकार र अवसरबाट पूर्ण रुपमा वन्चित छन् यहाका मानिसहरु। यसैले हाल राष्ट्रिय तहमा महिला, जनजाति र दलित समुदायका आरक्षण उन्मुख समावेशीकरणको अवधारणाबाट मात्र सोचियो भने यी क्षेत्रका मानिसलाई न्याय पर्दैन भन्ने स्पष्ट छ। यसैले समावेशीकरणमा यस्ता क्षेत्रलाई कसरी समेट्ने भन्ने प्रश्न नै यस सर्न्दर्भमा मूल प्रश्न बन्न पुग्दछ। कर्णालीजस्ता क्षेत्रहरु सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, कारण मात्र नभई बिकटताको कारणले पछाडि परेका हुन् भन्ने राज्यले लिँदै आएको दृष्टिकोण नै खोटपूर्ण छ। भौगोलिक विकटता एउटा कारण हुन सक्छ तर महत्वपूर्ण कुराचाँहि यस्ता क्षेत्रहरुलाई सम्भावनाको दृष्टिबाट हेरिनुपर्छ। यसैले राष्ट्रिय तहमा हुने राजनीतिक प्रशासकि समावेशीकरणमा यस्ता क्षेत्रलाई भौगोलिक वा प्रादेशिक निर्वाचन क्षेत्र र समावेशी प्राथमिकता निर्वाचन क्षेत्रमा विभक्त गर्न आवश्यक छ। यसो गर्दा भौगोलिक र समावेशी प्राथमिकतालाई आधा आधा बनाउने हो भने अहिलेकै अवस्थामा कर्णालीलाई विधायिकामा निम्नानुसारको प्रतिनिधत्व गराउनुपर्छ भन्ने त्यहाका नागरिकहरुको मान्यता रहेको छ। कर्णालीजस्ता क्षेत्र हालसम्म विकासको प्रवाहमा पछि पारिनुको मूलभुत कारण स्थानीय स्वयत्तताको प्रश्नलाई उपेक्षा गरिनु हो। यसैले स्वायत्तताका बिषयमा सुरक्षा, फौजदारी न्यायप्रशासन, परराष्ट्र र मुद्राबाहेक सबै अधिकार स्थानीयतहमै नीतिनिर्मांण र निर्णय अधिकार रहने व्यवस्था हुनु आवश्यक छ। एकात्मक वा सङ्घीय जुनसुकै राज्यसंरचनाको स्वरुप राजनीतिक तहबाट स्वीकार गरिए पनि कर्णालीको विशिष्ट परिवेशलाई ध्यानमा राखेर त्यहाँको नागरिक फाँटबाट माग भइरहेको विकास आयोगका माध्यमबाट समावेशीकरणको प्रक्रियामा समेट्नुपर्छ। यसको अर्थ अब कर्णालीको विकास योजना त्यहीबाट बन्नुपर्छ भन्ने हो। सिहंदरबारले कर्णालीलाई सरंक्षकत्व प्रदान गरे पुग्छ। राजनीतिक क्षेत्रमा सन्तुलित तवरले आरक्षण गरिए पनि अन्यत्र योग्यता र क्षमताका आधारमा जनशक्ति परिचालित गर्नुपर्छ। कर्णालीमा रहेको हालको क्षमताको अन्यत्र पलायनलाई रोक्न लागि स्थानीय तहमा स्थानियहरुको बाहुल्यको नीति अवलम्बन गर्नुपर्छ। यसका लागि मूल नीतिको खाका निम्नानुसार हुनु आवश्यक छ।
अहिलेको व्यवस्थामा नेपालको जम्मा निर्वाचन क्षेत्र

प्रादेशिक निर्वाचन क्षेत्र
समावेशी प्राथमिकता
२०५
१०३
१०२


महिला ३५
पहाडे जनजाति २५
मधेशी जनजाति १५
दलित १५
भौगोलिक विकटता १२

कर्णालीको
१५
महिलाको जनसंख्यात्मक अनुपातका आधारमा पहाडे जातजाति, जनसंख्यात्क अनुपातका आधारमा दलित, जनसंख्यात्मक अनुपातका आधारमा भौगोलिक विकटता र अन्य भौगोलिक विकट क्षेत्र समेतका समानुपातिक आधारमा


स्थानीय स्वयत्तता कर्णालीजस्ता क्षेत्र हालसम्म विकासको प्रवाहमा पछि पारिनुको मूलभुत कारण स्थानीय स्वयत्तताको प्रश्नलाई उपेक्षा गरिनु हो। यसैले स्वायत्तताका बिषयमा सुरक्षा, फौजदारी न्यायप्रशासन, परराष्ट्र र मुद्राबाहेक सबै अधिकार स्थानीयतहमै नीतिनिर्मांण र निर्णय अधिकार रहने व्यवस्था हुनु आवश्यक छ। एकात्मक वा सङ्घीय जुनसुकै राज्यसंरचनाको स्वरुप राजनीतिक तहबाट स्वीकार गरिए पनि कर्णालीको विशिष्ट परिवेशलाई ध्यानमा राखेर त्यहाँको नागरिक फाँटबाट माग भइरहेको विकास आयोगका माध्यमबाट समावेशीकरणको प्रक्रियामा समेट्नुपर्छ। यसको अर्थ अब कर्णालीको विकास योजना त्यहीबाट बन्नुपर्छ भन्ने हो। सिहंदरबारले कर्णालीलाई सरंक्षकत्व प्रदान गरे पुग्छ। राजनीतिक क्षेत्रमा सन्तुलित तवरले आरक्षण गरिए पनि अन्यत्र योग्यता र क्षमताका आधारमा जनशक्ति परिचालित गर्नुपर्छ। कर्णालीमा रहेको हालको क्षमताको अन्यत्र पलायनलाई रोक्न लागि स्थानीय तहमा स्थानियहरुको बाहुल्यको नीति अवलम्बन गर्नुपर्छ। यसका लागि मूल नीतिको खाका निम्नानुसार हुनु आवश्यक छ।
क) राजनैतिक निर्णय प्रक्रियामा पहुँचः
· नीति निर्माणमा आमजनताको निर्णायक भूमिका रहने· नीति निर्माणमा उच्चतम सहभागीता · कार्यान्वयन कानुनी तवरले भन्दा पनि ब्यवहारिक हिसाले लोकोन्मुखता · सबै तहमा समावेशी अवधारणाको कार्यान्वयन
ख) आर्थिक स्रोत साधनमाथि पँहुच र नियन्त्रण · कृषिजन्य तथा वनपैदावरको स्थानीय स्वामित्वमा आधारित औद्योगिकरण · आर्थिक स्रोत साधनमा पहुंचहीनहरुको पँहुच
ग) पूवाधारको विकास · दिगो आर्थिक विकासको लागि पनि सकडको निर्माण · त्यसै खेर गैरहेको जलस्रोत समुचित ब्यवस्थापन· बिजुली र संचार घ) निर्णायक ठाउँमा प्रंतिनिधित्व · राष्ट्रिय योजना आयोगमा प्रतिनिधित्व· कुटनितिक नियोगमा प्रतिधित्व
ङ) शिक्षामा पहुँच · प्रत्येक पिछडिएका जिल्लामा, क्याम्पस · उक्त क्षेत्रको विश्वविद्यालय
अन्त्यमा मूख्य कुरा राजनीतिक निष्ठा र सङ्कल्पप्रतिको विश्वास हो। यसैले समाधनको खोजी सधै समस्याप्रति केन्द्रित रहनुपर्छ। यसैले नेपालको राष्ट्रिय राजनीतिमा कर्णालीलाई उपेक्षा गरियो भने र त्यहाँका समस्यालाई सम्बोधन गरिएन भने हालको समस्याको रुप बदलिएता तर त्यसको र अन्याय र असमानताको निर्मूलन हुँदैन। यसैले आज यसतर्फ विचार गर्नु जरुरी छ।

Thursday, 31 December 2009

स्वागतम २०१०

अंग्रेजी नयाँ बर्ष २०१० को उपलक्ष्यमा संपूर्ण हुम्लाबासी दाजू भाई, दीदी बहिनी, आमा बुवा तथा देश बिदेशमा रहेका संपूर्ण पाठक ब्रिंद हरुमा उतरोतर प्रगतिको साथै हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छौ ।

http://humli.blogspot.com/

हुम्लामा हेलिकप्टर

हेर्नुहोस् भिडियो:


(नझुक्कीनुहोस, यो कुनै हवाई आक्रमण होइन; भिडियोको आवाज चर्को हुन सक्छ, सानो पारेर सुन्नुहोला)

हुम्ला : यूनेस्को रिपोर्ट्स

Humla is the highest, the most remote and northerly situated region of Nepal. Sie lies on the border to Tibet, China's autonomous province. Simikot is the downtown of Humla, which is accessible only by foot or by airways due to the lack of paved roads.

Life for the Humli people is challenging, summer in these high mountain valleys is usually short and the winter is long and severe. Most of the people are farmers, who work very hard to win the bread amid the region’s difficult, though extraordinarily beautiful terrain. This mountainous landscape with high peaks cut through by green valleys, turbulent rivers and forests of rhododendrons teaming with wildlife and featuring Hindu and Buddhist temples, shrines and religiously sacred places make trekking in the region an extremely rewarding and rejuvenating experience.

reports

Tuesday, 29 December 2009

धनी देखिएका गरीब छन्, गरीब देखिएका धनी छन्

जनघनत्व र जिल्लाको क्षेत्रफलबीचमा उल्टो सम्बन्ध पाइन्छ। अर्थात् धेरै क्षेत्रफल भएका जिल्लाको जनघनत्व न्यून छ भने थोरै क्षेत्रफल भएका जिल्लाको जनघनत्व अत्यधिक छ। ४१४ वर्ग किमी भू-भागमा फैलिएको काठमाडौंको जनघनत्व २६१३ छ भने ८ हजार वर्ग किमीभन्दा ठूलो हुम्लाको जनघनत्व जम्मा ७ मात्र छ।

हेर्नुस प्रतिबेदन यो प्रतिबेदन हिमालखबर.कॉम बाट साभार गरिएको हो ।

Sunday, 20 December 2009

देउडा गीत


केटा :
कहाँका हौ कहाँबाट आएऊ कसलाई खोज्दछौ।
रंगीचंगी फुलबारीमा कुन फूल रोज्दछौ।

केटी : 
एक बर्ष पन्ध्र दिन भयो कलिलाई खोज्दछु ।
रंगीचंगी फुलबारीमा गुलाबी रोज्दछु ।
मन मिल्यो, मायाजाल लाग्यो कसको छैन डर।
हित मिल्यो, चित्त मिल्यो भागी नजाऊ पार।
धरा-धरा नेपालताल परेको रारा।
सम्झन्छु सपना देख्छु, रुन्छु बैस धरा।

Friday, 18 December 2009

कर्णालीमा भाऊ अचाक्ली

जीवन जिउनुको पनि तरीका हुन्छ, सहज र सरल जीवन जिउनु कुन चराको नाम हो यस्तै भएको छ, हुम्ली जनतालाई। कष्टकर जिंदगी जिउनु त छँदैछ, त्यस माथि बाध्यात्मक "खाए खा नखाए घिच"को जिंदगी जिईरहेका छन् हुम्ली जनताले।

नेपालगन्जमा  १०० रुपैयाँ लिटरमा पाइने खानेतेल हुम्लाको सदरमुकाम सिमकोट पुग्दा ३२० रुपैयाँ पर्छ। ६ देखि १२ रुपैयाँसम्म पर्ने लुगा धुने साबुन ३० देखि ६० रुपैयाँमा किन्नुपर्छ। ५५ रुपैयाँ पर्ने मट्टीतेलको मूल्य ३ सय ५० रुपैयाँ पर्छ। महँगीले थलिएका हुम्लावासी तैपनि भनेका बेला सामान पाउँदैनन्। कर्णाली पुग्ने एकमात्र स्थलमार्ग कर्णाली राजमार्ग(नेपालमा शाही शासनको अवसान पछि "राजमार्ग"लाई थुप्रै संचार माध्यमले अविवेकपूर्ण रुपले "लोकमार्ग" बनाएकोमा मेरो विमति छ, त्यसैले) ६ महिनादेखि अवरुद्ध भए पछि निजी एयरलाइन्सहरूले ढुवानी भाडामा मनोमानी गर्दा यस्तो समस्या आएको हो। सुर्खेतबाट कालिकोटको पिलीसम्म आंशिक रूपमा यातायात चले पनि त्यहाँदेखि गाडीबाट ढुवानी गरेर ल्याएको खाद्यान्न जुम्ला पुग्दा निकै महँगो हुन्छ। जुम्लामा चिनी प्रति किलो १३० रुपैयाँमा बिक्री भइरहेको छ। दैलेखको खिडकीज्युलाबाट पिलीसम्मको ढुवानी खर्च नै प्रति किलो १५ रुपैयाँ तिर्नुपरेको स्थानीय व्यापारी थानेश्वर पोख्रेलले बताए।

विश्व खाद्य कार्यक्रमको चामल ढुवानी गरे बापत मोटो रकम पाउने गरेका निजी एयरलाइन्सले स्थानीय व्यापारी र नेपाल खाद्य संस्थानको चामल समय मै ढुवानी नगरिदिँदा कर्णालीका जिल्लाहरूमा खाद्यान्न लगायत उपभोग्य वस्तु अभाव भएको हो। 'खाद्य संस्थानको चामलसमेत समयमा ढुवानी हुँदैन,' संस्थानको अञ्चल कार्यालय नेपालगन्जका निमित्त प्रमुख दुर्गा ओझाले भने, 'उनीहरूको मनपरीले गर्दा भनेको समयमा चामल पुर्‍याउनै सकिँदैन। 'एक महिनाअघि मात्रै निजी एयरलाइन्सहरूले हुम्ला, डोल्पा, जुम्ला, बाजुरा, मुगु लगायत जिल्लामा कार्गो भाडा फेरि बढाएका छन्। उनीहरूले भाडादर बढाएर नेपालगन्जदेखि प्रतिकिलोको हुम्लामा ९५ रुपैयाँ, डोल्पामा ७५, जुम्लामा ६५, बाजुरामा ६५ र मुगुमा ८५ रुपैयाँ पुर्‍याएका हुन्। भाडा बढेपछि हवाई यातायातको विकल्प नभएको मुगुको स्थिति अझ नाजुक भएको छ। त्यहाँ विश्व खाद्य कार्यक्रमको चामल मात्रै महँगो भाडामा ढुवानी गरेको भन्दै स्थानीय व्यापारीले एक महिनाअघि निजी जहाज र हेलिकप्टरहरूलाई ताल्चा विमानस्थलमा अवतरण गर्न रोक लगाएका थिए। जुम्लामा पनि तारा एयरलाइन्सले एकपक्षीय रूपमा ढुवानी भाडा बढाएको विरोधमा स्थानीय व्यापारीहरू आन्दोलित छन्। भाडा नघटाए हवाई यातायात बन्द गर्ने जुम्लीले चेतावनी दिएका छन्।

जहाजहरूले बढेकै मूल्यमा सामान ढुवानी गरिदिए पनि कर्णालीका जनताहरूलाई धेरै सुविस्ता हुने स्थानीय व्यापारी बताउँछन्, तर कार्गो एजेन्सीले तोके भन्दा दोब्बर र तेब्बरसम्म भाडा लिने गरेका छन्। 'बीचका दलालहरूले गर्दा नेपालगन्जमा ६० रुपैयाँमा पाइने सामान डोल्पा र हुम्ला पुग्दा ३५० पर्छ,' स्थानीय कर्ण रावलले भने। निजी एयरलाइन्सहरूले व्यापारी र सर्वसाधारणको सामान सीधै बोक्न मान्दैनन्। उनीहरूले कार्गो एजेन्सीमार्फत ढुवानी गर्ने गरेका छन्। हवाई ढुवानीमा गरिएको सिन्डिकेट प्रणालीले समेत स्थानीयवासी मारमा परेका छन्। उनीहरूले जिल्ला दररेट अनुसार सामान ढुवानीको माग गर्दै आएका छन्। एयरलाइन्सले कार्गा एजेन्सीमार्फत मात्र ढुवानी गर्ने भएकाले त्यस्ता एजेन्सीहरूबाट आफूहरू थप मारमा परेको व्यापारीको भनाइ छ।

गत वर्षदेखि विश्व खाद्य कार्यक्रमले हवाई भाडा महँगो दिएर ढुवानी गराउँदा अरू व्यापारी मारमा परेको बताउँछन्। सर्वसाधारणको सामान नबोक्ने हुँदा बाध्य भएर व्यापारीले पनि महँगो भाडा तिरेर हेलिकप्टरबाट ढुवानी गराउनुपरेकाले सामान महँगो भएको बताए। 'महँगो ढुवानीले गर्दा उपभोक्तामाथि थप भार परेको हो,' उद्योग वाणिज्य संघका सचिव लालचन्द ढकालले भने। मनोमानी भाडाको विरोधमा हुम्लीले दुई महिना अघि सिमकोट विमानस्थलमा तारा एयरका दुई जहाज र तीन हेलिकप्टर झन्डै तीन घन्टा कब्जा गरेका थिए। सहुलियत दरमा सातामा एक पटक उडान गर्ने सहमति भए पनि त्यो लागू नगरिएको स्थानीयवासीको गुनासो छ । निजी मात्र नभई सरकारी स्वामित्वका सामान मात्र बोक्ने सेनाको स्काइट्रकले पनि यस्तै कार्गा सेवामार्फत निजी व्यापारीको सामान ढुवानी गर्ने गरेको छ।

Wednesday, 16 December 2009

माओबादीद्वारा हुम्लामा भोट गणराज्य घोषणा


मंसिर ३० गते मंगलबार, सिमिकोट

एकीकृत नेकपा माओबादीद्वारा हुम्लालाई भोट गणराज्य को रुपमा घोषित गरेको छ । हुम्लासंगै अन्य जिल्लाहरु गोरखा, मनांग, मुस्तांग, मुगू र डोल्पा रहेका छन। हुम्लाको सदरमुकाम सिमीकोटकोमा बसेको सबै जिल्लाका प्रतिनिधिहरु उपस्थित भेलामा एकीकृत नेकपा माओबदीका हुम्ला जिल्ला नेता छिरिङ् दाम्दुल लामाको संयोजन तथा एकीकृत नेकपा माओबदीका पोलिट ब्युरो सदस्य नेत्रबिक्रम चन्द 'बिप्लव'को प्रमुख आथित्य रहेको थियो । सो घोषणासभामा गोरखा, मनाङ्, मुस्ताङ्, मुगू र डोल्पाका सभासदहरु उपस्थित रहेको कुरा एबीसी च्यानलका जिल्ला संबाददाता अर्जुन बोहोराले जानकारी गराउनु भयो।

घोषणा हुनु केही दिन अघिसम्म लामा-भोटे राज्य भनेर घोषणा गर्ने भनिएता पनि अन्त्यमा बिभिन्न जिल्ला नेताहरुको छलफल तथा पार्टी केंद्रीय समितिमा भएको छ्लफल पश्चात भोट गणराज्य भनेर घोषणा गरिएको छ। लामा भनेको कुनै जात नभएर सम्मानको रुपमा चिनिने पद अर्थात पुरोहित भन्ने बुझिन्छ त्यसैले भोट भन्ने नामले समग्र भोटमा बस्नेहरुको प्रतिनिधित्तो गर्ने भएकोले नाम परिबर्तन गरी भोट गणराज्य राखिएको बोहराले बताउनु भयो।

हिउँमा सुतेको सिमिकोट





नेपाल कै अग्लो ठाउँमा रहेको जिल्ला सदरमुकाम सिमिकोट चीसो हिउँको न्यानो मायामा खेलीरहेको छ । विश्व कै पबित्र तीर्थस्थल कैलाश पर्वत अनि मानसरोवर दर्शन गर्न जाने मुख्य प्रबेश द्वारको रुपमा परिचित हुम्लाको सदरमुकाम सिमिकोटले अहिले सेतो र पबित्र हिउँको पछ् यौरी ओढेको छ। अहिले यहाँ पाइला टेक्ने जो कोहीलाई स्वर्गको टुका भुइँमा यहाँनेर पो खसेको रहेछ भन्ने लाग्न सक्छ।

यो ठाउँलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्नसके हुम्लाको मात्रै हैंन बरु समग्र देशकै मुहार फेरिने कुरामा कुनै दुईमत हुन्न होला। माल पाएर चाल नपाएको सरकारले यो कुरामा कहिल्यै ध्यान दिएको देखिंदैन।

Monday, 14 December 2009

मानवीय विकास सुचकाङ्कमा हुम्ला

मानवीय विकास सुचकाङ्कमा हुम्ला अझै नेपालको अरु जिल्लाको तुलनामा पुछार मै छ। जम्मा जम्मी साक्षरता दर २२% मात्र छ। अरु जिल्लाको तुलनामा हुम्ला मानवीय विकास सुचकाङ्कमा ६७औं स्थानमा छ। यो सुचकाङ्क (इंडेक्स)ले बताउँछ कि हुम्ला अझै ढुङ्गे युग मै बाँचिरहेको छ। दुनियाले मंगल ग्रहमा बास बसाल्ने योजनामा काम गरिरहँदा हुम्लीहरू एक छाक खाना र एक सरो नानाको लागि तड्पीरहेका छन्। हेर्नुस् प्रतिबेदन

(साभार: हिमाली नवीन समाज)

तथ्याङ्कमा हुम्ला

सदरमुकामः सिमीकोट
क्षेत्रफलः ५,६५,५०० हेक्टर (डोल्पापछिको सबैभन्दा ठूलो जिल्ला)
खेतीयोग्य जमिनः ५,०२० हेक्टर (कूल क्षेत्रफलको 1% भन्दा पनि कम)
जनसङ्ख्याः ४०,७४९ (२०५८ को जनगणना अनुसार)
गाविसः २७
मुख्य भाषाः नेपाली खस (७८.२%), लामा भाषा (२०.२%)
साक्षरता प्रतिशतः २१.३%
कृषि र पशुपालनमा संलग्नः ८२.६%

स्रोतः हुम्ला जिल्ला विकास समिति, २०५९