Thursday, 4 November 2010

Happy Deepawali

HAPPY DEEPAWALI TO ALL OF OUR READERS AND WELL WISHERS ALL THE WAY FROM HUMLA AND ACROSS HUMLA.

From HUMLI.BLOGSPOT family

Tuesday, 5 October 2010

Facts and Figures of Humla





Foundation Nepal works in a remote district of Nepal called Humla. Find out more about Humla here.

General development indicators in Humla
Human Development Index rank in overall composite index of development – 74th out of 75 Nepali districts [1]
Rank in poverty and deprivation index – 73rd out of 75 Nepali districts [1]
Human Development Index rank for Nepal (not Humla) – 144 [2]
Operational road length – 0km [1]
Airports – 1[1]

Click here for more details.

Wednesday, 22 September 2010

दुई सातादेखि हुम्लामा हवाई उडान अवरुद्ध

नेपालगन्ज, भदौ १६ (नागरिक) - खराब मौसमका कारण सत्र दिनदेखि कर्णालीको हुम्लामा हवाई उडान हुन नसक्दा सिमकोट जाने/फर्कने यात्रु प्रभावित भएका छन्। हुम्लामा वर्षा नरोकिँदा भिजिविलिटी नपुगेपछि जहाज नउडेका हुन्।कर्णाली अञ्चलको विकट जिल्ला हुम्लामा अहिलेसम्म सडक यातायात पुगेको छैन। जहाज नउड्दा नेपालगन्ज विमानस्थलमा अलपत्र सिमकोटका रमानन्द उपाध्यायले लामो समयसम्म जहाज उडने प्रतीक्षामा बसिरहँदा बेखर्ची भएको बताए।
हुम्लामा बिग्रिएको मौसममा सुधार नहँुदै कर्णालीकै अर्को जिल्ला डोल्पाको मौसमसमेत बिग्रिएपछि एक सातोदेखि नेपालगन्ज-डोल्पा हवाई उडान पनि अवरुद्ध छ। नेपाल वायु सेवा निगमलगायत अन्य निजी एअरलाइन्सले दैनिक जसो ती जिल्लामा उडान तालिका राख्दै आए पनि मौसममा सुधार नहुँदा उडान अवरुद्ध हुँदै आएका छन्। लगातारको वर्षाले डोल्पाको रन वेसमेत खराब भएको उडड्यन प्राधिकरण नेपालगन्जले जनाएको छ।

हुम्ला र डोल्पाबाहेक मध्य तथा सुदूर पश्चिमका अन्य पहाडी जिल्लाहरूमा भने फाटफुट रुपमा उडान भइरहेको छ। नेपालगन्जबाट मध्य तथा सुदूर पश्चिमका १० वटा विमानस्थलमा नेपाल एयरलाइन्सहित तारा, सीता, मकालु एअरले उडान भर्दै आएका छन्। हुम्ला र डोल्पामा बिग्रिएको मौसम अन्य जिल्लामा विस्तार हुँदै गएको पाइएको छ।

खराब मौसमका कारण मंगलवार तारा एयरले नेपालगन्जबाट जुम्लामा एउटा मात्र उडान गर्न सकेको उक्त एयरका कर्मचारीले बताए। सफा मौसम भएको अवस्थामा नेपालगन्जबाट राजधानीसहित मध्य तथा सुदूर पश्चिमका विभिन्न पहाडी जिल्लामा विभिन्न एयरलाइन्सले दैनिक सरदर २० उडान भर्ने गर्छन्।

नेताहरुको चाला

"एक जना मान्छे काम खोज्दै एक जना साहुकोमा पुगेछ र भनेछ, हजुर म बेरोज्गार छु मलाइ काम दिनुहोस, म हजुरको लागि योग्य मान्छे हु, म सबै काम गर्न सक्षम छु । यस्तो सुनेपछि साहुले काम दिने निर्णय गरेछ र काममा लगाएछ । काममा लगाएपछि त्यो मान्छेले भनेछ, हजुर काम गर्नु भन्दा पहिले त मलाइ टन्न पेट भरि खाना दिनुपर्छ नतर काम गर्न सक्दिन । ल ठिकैछ नि भनेर साहुले पेट भरि खाना दिएछ । पेट भरि खाना खाएपछि त्यो मान्छेले डकारेछ र भनेछ , हजुर साहु जि मैले पेट भरि खाएपछि त मैले काम गर्नै सक्दिन, मैले त सुत्नैपर्छ । त्यसपछि साहुलाइ रिस चलेछ र जागिरबाटै निकालिदिएछ ।"

Monday, 20 September 2010

मानसरोवरसम्मै नेपाली हेलिकप्टर

तिब्बती प्रहरीको सुरक्षा चासो


जे पाण्डे र जयबहादुर रोकाया



सिमकोट (हुम्ला), आश्विन ५ - तिब्बती सीमा आकाश प्रयोग गरी हेलिकप्टर उडान भएकाप्रति त्यहाँका सुरक्षा अधिकारीले नियन्त्रणमा चासो देखाएका छन् ।

सदरमुकाम सिमकोटबाट हिल्सा हुँदै मानसरोवर जाने आउने तीर्थालु तथा पर्यटकलाई लैजादा र ल्याउँदा हवाई उडान भर्ने नेपाली हेलिकप्टर तिब्बतीय क्षेत्रभित्र प्रवेश गरेकामा उनीहरूले यताका अधिकारीसमक्ष चासो देखाएका हुन् । उक्त कार्य रोक्न तिब्बतीय प्रहरीले नेपाली सुरक्षा निकायलाई आग्रहसमेत गरेका छन् ।

हिल्सास्थित प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई यसबारे जानकारी गराएको डिएसपी शिशिर श्रेष्ठले कान्तिपुरलाई बताए । सडक मार्ग नभएकाले विदेशी पर्यटकहरू चीनको मानसरोवर जाँदा आउँदा सिमकोटबाट हिल्सासम्म नेपालका विभिन्न हवाई उडानबाट यात्रा गर्न बाध्य छन् ।

हिल्सा पुग्नुअघि दक्षिणको करिब ५ हजार मिटर उचाइमा रहेको नारालेक पार गर्नुपर्ने हुँदा निकै उचाइमा उडेका ठूला हेलिकप्टरलाई अवतरण गराउँदा तिब्बती आकाशको सेर गाउँ फन्को मार्नुपर्छ ।

'हिल्साबाट यात्रु र सामान लिएर फर्किंदा धेरै भार हुन्छ । यसले हेलिकप्टर सोझै माथि उडन सक्दैन,' सिमकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीले भने, 'ठूला हेलिकप्टरका चालकलाई चिनियाँ आकाश घुमेर बस्नुपर्ने बाध्यता छ ।' उनले समस्याको व्यावहारिक समाधान खोज्नुपर्ने बताए ।

'घुमेर अवतरण गर्नुपर्दा र उडान भर्दा कहिलेकाहीँ उताको आकाशमा हेलिकप्टर जान सक्छ,' एक सातादेखि हिल्सामा अलपत्र परेका भारतीयलगायत विभिन्न देशका पर्यटकलाई उद्धार गर्न सिमकोट विमानस्थलमा पुगेका बिके ११७ कावासाकी हेलिकप्टरका क्याप्टेन शैलेन्द्र बस्नेतले भने, 'सकेसम्म त हामी तिब्बतको आकाश प्रयोग गर्न चाहँदैनौं ।'

क्याप्टेन बस्नेतले सोमबार तिब्बती क्षेत्रभित्र नगई हिल्सामा अलपत्र भरतीय तीर्थयात्रुलाई उद्धार गरेका छन् । निजी एयरलाइन्स कम्पनी सञ्चालकहरू पनि आफ्ना हेलिकप्टर सकेसम्म हिल्सा जाँदा तिब्बत क्षेत्रमा जान नदिने गरी उडान गर्दै आएको बताउँछन् । 'भौगोलिक विकटता र अवतरणमा आउने कठिनाइले कहिलेकाहीँ प्रयोग हुन सक्छ,' नेपाल वायु सेवा संघका अध्यक्ष रामेश्वर थापाले भने, 'अन्यथा हाम्रो प्रयास उता नछिर्ने नै हो ।' समस्या समाधान गर्न यसअघि भएका विभिन्न सम्झौता कार्यान्वयन हुनुपर्ने थापाको तर्क छ ।

हिल्सा जाँदा आउँदा प्रायः मौसमले नेपाली हवाई उडानहरूलाई साथ दिँदैन । अनुकूल मौसम भए पनि तिब्बती आकाश घुम्दा जोखिम मोल्नुपर्छ । यस्तो अवस्थमा हिल्साभन्दा करिब ४० किलोमिटर दक्षिणस्थित यारीमा साना ठूला हेलिकप्टर बस्न सक्ने हवाईस्थल बनाउन सकिने विकल्प पनि रहेको पातलीले बताए । थापा भने त्यसो गर्दा आर्थिक रूपमा अहिलेको बाटोभन्दा महँगो पर्ने बताउँछन् ।

नेपाल-तिब्बत संयुक्त पर्यटन संयोजन समितिको चौथो बैठकमा तिब्बत पर्यटन ब्युरोले उद्धारका लागि मात्र नेपाली हेलिकप्टरलाई मानसरोवर क्षेत्रमा उडान भर्न दिने सम्बन्धमा सहमति जनाएको छ । तर सहमति कार्यान्वयन हुन निकै समय लाग्ने हुँदा दीर्घकालीन समाधान खोज्नुपर्ने देखिएको छ ।

सिमकोट-हिल्सा १५ देखि १८ मिनेटको हवाई मार्ग हो । तर त्यहाँ जान आउन निकै कठिन

छ । सरकारले यारीबाट हिल्सासम्म ४० किलोमिटर निर्माणाधीन सडकलाई प्राथमिकता दिई मोटर चल्न सक्ने बनाउन सके पर्यटकको संख्या निकै बढ्ने स्थानीयहरूले बताए ।

जेठदेखि असोज ५ महिना मानसरोवर जान आउनका लागि उपयुक्त मौसम मानिन्छ । जेठयता यो सातासम्म हुम्लाको हिल्सा हुँदै करिब ६ सय पर्यटकले मानसरोवर यात्रा गरेका छन् ।

सोमबार साना हेलिकप्टरले एक सातादेखि अलपत्र तीर्थालु र पर्यटकलाई उद्धार गरेका छन् । एक जना भारतीय सभासदसहित २३ जनाको टोली यता आउन नसकेपछि उतैबाट फर्केको छ ।

सिमकोट हुँदै मानसरोवर पुगेर र्फकंदा हिल्सामा अलपत्र परेका पर्यटक तथा तीर्थालुले खाने बस्ने ठाउँसमेत नपाएको बताएका छन् । उक्त मार्ग हुँदै हिँड्नेका पर्यटकहरूमध्ये कतिपयले नेपालका अन्य तीर्थस्थल जाने पूर्वनिर्धारित कार्यक्रमसमेत रद्द गरेका छन् ।

'खानेबस्ने र दिसापिसाब गर्ने ठाउँसमेत पाइएन,' अमेरिकाबाट आएका प्रवासी भारतीय इन्दिराले भनिन्, 'केही नपाएकाले ताक्लाकोट पुगेर आलु किनेर खानुपर्‍यो ।' उनले मुक्तिनाथ यात्रा रद्द गरेको बताइन् । अर्का तीर्थालु आमोदले सबै सूचना संयन्त्रसमेत नभएकाले झन् ठूलो समस्यमा परेको बताए ।

प्रतिकूल मौसमले गर्दा साउन र भदौ महिनामा सिमकोट विमानस्थलबाट ७ दिन मात्र हवाईजहाजले उडान भरेका छन् ।

Friday, 10 September 2010

तिज २०६७

तिज २०६७ को उपलक्षमा हुम्लि दिदि, बहिनि तथा सम्पुर्ण महिला बर्गमा हर्दिक मङ्गलमय शुभकामना ।

--humli.blogspot.com--

Friday, 20 August 2010

हवाई उडान नहुँदा जनजीवन प्रभावित

कान्तिपुर संवाददाता

सिमकोट -हुम्ला, भाद्र ३ -

मौसम प्रतिकूलताका कारण लामो समयसम्म उडान नहुँदा विभिन्न कामले हुम्ला छोडेका जिल्लावासी प्रभावित भएका छन् ।

हवाईजहाज उड्ने आसमा बसेका कयौं हुम्ली नेपालगन्ज बिचल्लीमा परेको खबर घरमा पठाएका छन् । मानसरोवर कैलाश जान आउने पर्यटकसमेत हवाई उडान नहुँदा प्रभावित भएका छन् । कतिपय पर्यटक हवाई टिकट रद्द गरी हेलिकप्टर चार्टर गरेर हुम्ला आएका छन् । महत्त्वपूर्ण काम लिएर हुम्ला आउन खोज्ने कतिपय विशिष्ट अतिथि आपmना कार्यक्रम रद्द गर्दे नेपालगन्जबाटै फिर्ता भएका छन् । काठमाडौंबाट घर आउन नेपालगन्ज पुगेका विद्यार्थी गोर्खी रोकाया लामो समयदेखि हवाई उडानको प्रतीक्षामा रहेको आफन्तले बताए ।

जिल्ला छाडेका कार्यालय प्रमुख लगायत कतिपय कर्मचारीसमेत उडान नहुँदा र्फकन सकेका छैनन् । उनीहरूले उडानको प्रतीक्षामा रहेको टेलिफोनबाट जानकारी दिएका छन् ।

Monday, 2 August 2010

बार्ता र सहमतिको खिचडी कहिले पाक्ला

गोरखबहादुर बोगटी

पर्ख-पर्ख नानीहरु हो खाना पाक्दै छ ।

हुन त यो छर-छिमेकसँग सापटी मागेर छाक टार्नु पर्ने परिस्थितिबाट गुजि्ररहेको ग्रामीण गरिब परिवारका आमाबाबुले आपुना नाबालक छोराछोरीले भोक लाग्यो खाना देउ भनि आपुना बा-आमालाई अत्याई रहेको पंडादायक अबस्थामा सन्तानलाई खाना पाक्दै गरेको बाहाना देखाउन खाना पकाउने भाँडोमा ढुङ्गा राखेर पकाइरहेको नाटकिय माचन प्रति इङ्गीत गर्दै सान्त्वना मार्फत समय टार्ने हेतुले दिएको आशादायी जवाफ हो । तर यो जवाफ घर परिवारमा मात्र नभएर पछिल्लो समयमा भएको राजनीतिक गतिरोध तथा दुरावस्थाले कतै नेपालका प्रमूख राजनीतिक दलहरुबीच जारी सहमती र सहकार्यको यात्राको लागि हुदैँ आएका वार्ता र पहल पनि वालक फकाउन भाँडोमा ढुङ्गा पकाएको अभिनय त हुने होइन भन्ने चासो र चिन्ता सर्वत्र व्याप्त छ ।
नेपालको ऐतिहासिक पृष्ठ भूमिलाई संक्षिप्तमा पुनरावलोकन च्भखष्भध गर्ने हो भने जुन-जुन बेला नेपालका राजनीतिक पार्टीहरुबीच कार्यगत एकता र सहमतीको आधारमा जनअधिकारका लागि भएका संघर्षले बिभिन्न समयमा ऐतिहासिक पविर्तनहरु सफल भएको इतिहास साक्षि छ । वि।सं। ०७ सालमा नेपाली कांग्रेस र वामपन्थिहरुको कार्यगत एकता मार्फत राणा शासनको पतन ०४७ को ऐतिहासिक परिवर्तनमा तत्कालिन निर्दलिय पाचायती व्यवस्थाको अन्त र ०६२/०६३ मा तत्कालिन बिद्रोही नेकपा माओवादी सहितका आठ दलबीचको कार्यगत एकता सहितको ऐतिहासिक जनक्रान्तीबाट शताब्दीयौ वर्षको बुढ्यौली कालो हात्तीको रुपमा रहेको राजतन्त्रको पतन जस्ता ऐतिहासिक जनपक्षिय परिवर्तन दलहरुबीचको पहल तथा सहमती बिना प्राय असम्भव थिए ।
हुन त बीचमा दलहरुले त्यस पछिका दिनहरुमा राजनीतिक पार्टीहरुको यथोचित ध्यान पुग्न नसकेको र सहमतीय प्रर्णालीमा अवरोध सर्िजना भएको फाइदा उठाई राजा ज्ञानेन्द्रले असोज १८ हुँदै माघ १९ मा निरंकुशता लाद्न सफल भएका घटनाहरु पनि हामीहरुसँग नभएका होइनन् तर पछि यि घटनाहरुले राजनीतिक पार्टीहरुमा विस्तारै होस खुल्यो र जनअधिकार स्थापीत गर्न सहमतीय प्रार्णालीको विकल्प छैन भन्ने सोच नआएको भए अहिलेको परिपर्वतन संभव पनि थिएन । पछिल्लो समय नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि लागि भएको दलीय सहमतीको सुरुवातका लागि पहिलो पटक नेकपा एमाले ले आफुमाथि आतङ्ककारीको बिल्ला आउने सरकारी अभिव्यक्ति र बिद्रोही नेकपा माओवादीद्धारा गाउँमा आपुना नेता कार्यकर्ता माथिको हत्या आतंकको िपंडायुक्त जोखिम मोल्नुपरेको अवस्थालाई समेत कुनै प्रवाह नगरी ०६२ असोज महिनामा रोल्पा पुगेर तत्कालिन बिद्रोही नेकपा मोओवादी सँग दुई पक्षिय रुपमा छ बुदेँ सहमती गरी सहमतीय प्रर्णालीको बिजा रोपण गरेको दृष्टान्तलाई नर्कान सकिदैन ।
शान्ति स्थापनाका लागि दलीय सहमतीलाई पहिलो कार्यभारका रुपमा लिएको एमालेले गरेको ऐतिहासिक पहल पश्चात जनयुद्धले निरंकुशताको अन्त गर्न सकिन्छ भन्ने एक सुत्रिय रटानले मार्ने र मर्ने अभियानमा लागेको बिद्रोही नेकपा माओवादीले पनि तत्कालको आपुनो शसस्त्र बिद्रोहको नीतिमा पुर्नबिचार गर्ने सोचलाई विभिन्न कोणबाट पार्टीभित्र औपचारीक रुपमा प्रवेश गराएको दृष्टान्त पनि शान्ति प्रकि्रयाको सन्दर्भ उठ्दा भुल्नै नहुने पक्षका रुपमा स्थापित भएको छ । २१ औं शताब्दीमा पनि क्रान्तिका नाममा मान्छेको हत्या गरेर समाजवाद स्थापना गराउन सकिन्छ भन्ने कम्युनिष्ट आन्दोलनको प्रभाती शिद्धान्तमा अडिक रहेको बिद्रोही माओवादीको ०६२ असोजको चुन्वाङ केन्द्रिय कमिटि वैठकले अरु दलहरुसँगको सहकार्य अन्तरिम सरकार संविधानसभा र गणतन्त्र स्थापना सम्म जाने भन्ने फैसला गर्नु र अर्को तर्फ यथास्थितिवादलाई जडसुत्रवादमा चित्त बुझाउँदै आएको नेपाली कांग्रेसले पनि आपुनो लामो परम्परागत शिद्धान्त संवैधानिक राजतन्त्रलाई आधिकारीक रुपमा छोडेर समयानुकुल परिवर्तनको धारमा तानिएर आउनु एमालेले सुरु गरेको सहमतीय पहलबाट प्राप्त ठोस परिणामका बलिया प्रमाण हुन । मुलुकका ठुला राजनितिक पार्टीहरुको विवेकायुक्त सहमतीय र सहकाइको शिरोपर गरेका साना दलहरुको समेत संलग्नता र सहभागिताले ०६२ मंसिर ७ को १२ बुदेँ समझदारीको जन्म गराएको इतिहासलाई कसैको हत्केलाले छोप्न सक्दैन ।
सहमती पश्चात नेपाली जनताको मुल सत्रुका रुपमा नेपाली राजतन्त्र भएको स्वीकार्दै सबै दलहरु राजतन्त्रलाई मुख्य निसाना बनाउँदै सयुक्त जनआन्दोलनमा हुमीए । परिणाम स्वरुप उक्त दलीय गठबन्धनको आन्दोलनले ०६२ चैत्र अन्तमा आइपुग्दा सयुंक्त जनक्रान्तिको रुप धारण गरी ०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले बाध्य भएर घुँडा टेक्नु पर् यो । परिवर्तन सँगै जननिर्वाचित प्रतिनिधिसभाको पुर्नस्थापना भई नयाँ संविधानको निर्माण संविधानसभा मार्फत गर्ने जस्ता जनपक्षिय एवं अग्रगामी निर्णय भएको हो । दलीय सहमतीको काँधमा टेकर तत्कालिन सरकार र माओवादी बीच युद्ध बिरामको घोषणा पटक-पटकको वार्ता व्यवस्थापीका संसदको ऐतिहासिक घोषणा आठ दलहरु बीचको आठ बुदेँ सहमती अन्तरिम संविधानको मयौदा तयार राष्ट्र संघिय मिसन अनमिन को नेपालमा आगमन बृहद शान्ति संझौता सेना र हतीयार बारे त्रिपक्षिय संझौता आठ दलद्धारा अन्तरिम संविधानमा हस्ताक्षर पुर्नस्थापित प्रतिनिधिसभाको विघठन अन्तरिम व्यवस्थापिका संसदको गठन र ऐतिहासिक संविधानसभाको निर्वाचन लगायतका महत्वपूर्ण परिवर्तनमा चरणबद्ध तरिकाले नेपालको राजनितिमा संस्थागत एवं औपचारिक रुपमा सुरु गरिएको सहमतीय राजनितिक प्रर्णालीलेको छाँया स्पष्ट देख्न सकिन्छ । सयुक्त हातेमालोबाट अघि बढेका दलहरुलाई यसबीचमा प्राप्त जनअधिकारको संस्थागत विकासका लागि मिलेर जानुको कुनै बिकल्प नभएको वास्तविकतालाई आम नेपाली जनताले पनि आत्मसाथ गरेका रहेछन् भन्ने दृष्टान्त ऐतिहासिक संविधानसभा मार्फत देशका २५ दलहरुलाई प्रदान गरेको जनादेशले प्रस्तुत गरेको छ । संविधान बनाउने जस्तो महत्वपुर्ण कार्यभार पाएको संविधानसभामा कुनै पनि दललाई एकल बहुमत नदिनुलाई दलहरुले जनताको सार्वभौमीकता कुनै एक अमुख दलले मात्र संस्थागत गर्न सक्दैन भन्ने विद्धान नेपालीले सिकाएको पाठलाई सदैव मनन गर्नु पर्छ । राष्ट्रिय सरोकारको कुनै पनि विषय वा सवालमा दलहरु बीचको सहमती र सहकार्यको जनादेश भए पनि बिडम्मना नियमीत देश साचालन एवं सरकार गठनकाबेला ठुला राजनितक दलहरुबीच जुगांको लडाइले प्रधानता पाएको कटु यथार्थले हामीलाई शान्ति स्थापना र संविधान निर्माण प्रकि्रया कतै बीचमै बिथोलिने त होइन भन्नेमा झस्काएको । सहमतीय संविधान निर्माणको कार्यलाई अघिबढाउनुको सट्टा आपुनो पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्ने सरकारमा आफुले राजेको मन्त्रालय पाउनु पर्ने महत्वपुर्ण राजनीतिक नियुक्तिमा आपुना अगुवा पछुवा वा नातेदार हुनुपर्ने अडान सहितका झिना मसिना कारणले अहिले दलहरुबीचको सहमतिय प्रर्णालीमा ठेस लागेको छ ।
सहमतीय प्रर्णालीको यात्रालाई थाँती राखेर संविधानसभाको निर्वाचन पश्चात संविधानसभाको ठुलो दल एकीकृत नेकपा माओवादीले आपुनो नतृत्वमा बहुमतीय सरकारको गठन गर् यो भने दोस्रो ठुलोदल नेपाली कांग्रेस सरकार बाहिर प्रतिपक्षमा बस्यो जहाँबाट सहमीय राजनितिक यात्राको अवरोधको शुरुवाती सँगै सक्ताको अंकगणीतयि जोड घटाउमा दलहरु उद्दत देखिए र ऐतिहासिक कार्यभार पुरागर्ने दलहरुको सहमतीय संस्कारले पुर्णता पाउन सकेन । सरकार गठन बिघठन र राष्ट्रिय महत्वका हरेक सवालमा दलहरुबीच भएको बहुमत अल्पमतको खेलको प्रत्यक्ष प्रभाव सबत्र पर्न थाल्यो । नयाँ संविधान निर्माणका लागि छलफलमा जुटेका विषयगत समितिमा होस वा िसंगो संविधानसभाको वैठकमा होस एक थरिको सहमती त अर्को थरीको बिमती प्रकट हुन थाल्यो । दलहरुबीचको असहमतीको आवाज ग्रामीण स्तर सम्म पुग्न थाल्यो । कुनै समुदायिक विद्यालयको व्यवस्थापन समितिको वैठक कुनै योजनाको उपभोक्ता समितिको वैठक देखि जिल्ला परिषदका वैठक सम्म दलहरुका असहमतीले बलीयो स्थान मात्र पाएनन त्यसले दोहोरो मुटभेटको स्थिति निम्त्याएको यर्थाथतालाई हामीले मुक दर्शक भएर नियाल्नु पर्यो ।
संविधान निर्माण गर्ने मुख्य जिम्मेवारी पाएका मुख्य दलहरु बहुमतीय खेलमा अल्झीदा दशकौ देखिको नेपाली जनताको बहु-प्रतिक्षित संविधान निर्माणको काम मात्र नभएर शान्ति स्थापनाको महत्वपुर्ण काम समेत विवादीत बन्दै गयो । विगतमा भएका समझदारी र सहमतीलाई आफुखुशि अर्थ लगाउने र कार्यान्वयनमा वेवास्था गर्ने प्रवृती दीन दुगुना रात चौगुनाका हिसाबले बढ्दै गयो । जसले गर्दा दलहरुको सहमतीय प्रकि्रया नाम मात्रको हुने खतराको अन्तिम असर संविधानसभामा पर्यो । परिणाम संविधानसभाले निर्धारित २ वर्षको अबधीमा पनि नयाँ संविधान निर्माण गर्न सकेन । जेठ १४ पछि हुन सक्ने अनेक थरीको चर्चा परिचर्चा भयो र नागरिक जगतमा अब के हुने हो भन्ने एक प्रकारको सन्त्रासले स्थान पायो । ऐतिहासिक कार्यभार भएको जन निर्वाचीत संविधानसभाको अन्त्य नहोस भन्ने आम जनताको दवावकै कारण संविधान संशोधन गरी पुनः एक वर्षका लागि संविधानसभाको समयावधी थप्ने सहमती गर्न प्रमुख दलहरु बाध्य भए । यस सहमती बाट हरेकले आशंका गरेको भयावह स्थिति सिर्जना हुनबाट देश तत्कालका लागि त जोगिएको छ तर संविधानसभाको समयावधि थपिएको महिना दिन बिति सक्दा पनि त्यस तर्फ कुनै ठोस काम हुन नसक्दा भोलीको दिनमा अहिलेको खतरा अँझै शसक्त भएर आउनेमा सबैले हेक्का राख्नै पर्दछ ।
देशमा बिद्यमान राजनीतिक गतिरोध अन्त गर्नका लागि बिगत देखि नै निश्चित गरिएका मुल सवालहरु- शान्ति प्रकि्रयालाई टुङ्गो लगाउने नयाँ संविधान निर्माण गरी राज्यको पुर्नसंरचना मार्फत गणतन्त्रलाई संस्थागत गर्ने नै हुन । यि सबैको मियोको रुपमा शान्ति प्रक्रयाको टुङ्गो लगाउने विषय प्रमुख रहेको र यस प्रति शान्ति प्रकि्रयाको हस्तीका रुपमा स्थापीत एकीकृत नेकपा माओवादी नै बढी जिम्मेवार हुनु पर्नेमा कसैको दुइमत छैन तर उसका अहिलेका गतिविधिले हिड्दैछ पाइला मेट्दै छ भन्ने उखानलाई चरितार्थ गरेको देखिन्छ यसको अर्थ अन्य दल कांग्रेस र एमाले मात्र जिम्मेवार भएका छन भन्न खोजिएको होइन ।
यसरी सबै दलहरुले आ-आपुनो पार्टीको अनुकुलतामा सहमती खोज्ने संस्कारबाट अघि बढीरहने हो र सहमतीय प्रर्णालीलाई तिलााजली गर्ने हो भने यसले पुर्णता प्राप्त गर्न सम्भव हुदैन । राष्ट्रिय स्वार्थलाई केन्द्रभागमा राखेर केही दिने र केही लिने ९नष्खभ बलम तबपभ० शिद्धान्तबाट निर्देशित हुनै पर्दछ अनि मात्र सहमतीय प्रर्णाली संभव हुन सक्छ । पछिल्लो समयमा हुदाँ-हुदाँ प्रमुख दलहरु राष्ट्रिय निकासका लागि सहमती गर्नु पर्ने मुल सवालबाट टाढा रहेर सरकार गठनमा सांसदको जोड घटाउको हिसाब किताब गर्नमा उद्दत देखिन्छन । यही आधारमा अघि बढ्दै जाने हो भने सहमतीय प्रकि्रयाले कहिले पुर्णता पाउने हो भन्ने कुरा गर्भकै विषय बन्न पुगेको छ । संविधानसभाको समयावधी थप गरेको एक महिना बिति सक्दा पनि सहमतीको रटान लगाउने दल र दलका शिर्षस्थ नेताहरुले सहमतीका लागि कुनै प्रकारका कि्रयाकलापलाई मृत रुप दिन सकेका छैनन् । यसबाट फेरी देशले असज स्थिति भोग्नु पर्ने प होकी भन्ने आशंका आम जनताको मन मष्तिक्समा उब्जीन थालेको छ । अत राजनीतिक पार्टीहरुले जिम्मेवमार ढङ्गले प्रस्तुत भई मरो गोरु को बाह्रै टक्का भन्ने चिन्तन बाट मुक्त हुनु पर्दछ । नेपाली जनताहरुले २ वर्ष सम्म गरेको धैर्यलाई अज्ञानताका रुपमा लिएर २५ महिना बिति सक्दा पनि सहमती कायम गरेर अघि बढ्ने कुराले मान्यता पाएन भने धैर्यवान नेपालीको धैर्यताकोबाँध टुट्न सक्छ र त्यसको परिणाम सबै पार्टीहरुले दुर्गती पनि भोग्नु पर्ने हुन सक्छ ।
सहमतीबिना ०६२/०६३को परिवर्तनलाई संस्थागत गर्न सकिदैन भन्ने कुरालाई सबैले समयमै हेक्का राख्नै पर्दछ । अहिले सहमतीको कुरा नगर्ने नलेख्ने कोही छैनन् । सहमतीय राजनीति सबैको जनजिब्रोमा झुण्डीएको छ । राजनीतिक प्रशिक्षण भेला गोष्ठि आम सभा वैठकमा समेत सहमतीको कुरा चर्को रुपमा उठेको र प्रतिबद्धता व्यक्त गरेको पाइन्छ । अर्को तर्फ शिर्ष नेताहरु सहमती कायम गर्न भन्दै अनौपचारिक औपचारीक वार्ता पटक-पटक बसिरहेअर्को तर्फ शिर्ष नेताहरु सहमती कायम गर्न भन्दै अनौपचारिक औपचारीक वार्ता पटक-पटक बसिरहेका पनि देखिन्छन तर ती वैठकहरु-चीयाको चुस्की ओठको मूस्कान र हात मिलानमा मै सिमित छन यसबाट आम जनताले कुनै उपलब्धी हाँसिल गर्न सकेका छैनन् । भन्दाखेरी वार्तामा सहभागि नेताहरुले हामी सहमतीको नजिकमा पुगेका छौ अबको केही दिन भित्रै निष्कर्षमा पुग्दै छौ एक साता भित्र निष्कर्ष निस्किन्छ भन्ने जस्ता सूचनाहरु प्रवाह गर्न पनि पछि परेका छैनन् । तर सो अनुरुपको परिणाम कहिले प्राप्त हुने भन्ने कुरामा आम जनता प्रतिक्षाको घडीमा बस्नुपरेका परिस्थिति छ । यस बाट वार्ता र सहमतीको कार्य बिरवलको खिचडी बनिरहेको देखिन्छ । यदि प्रमुख दलका नेताहरुले सहमतीको नाममा जनतालाई नावालक फकाउन भात पाक्दै छ पाके पछि खाने भनेर भात पकाउने भाँडोमा ढुङ्गा पकाएर दिएको झुठो आश्वासन झै राजनीतिक बृतमा पनि धैर्यवान नेपाली जनतालाई शान्तिवार्ता र सहमतीको प्रकि्रया भन्दै झक्याउन खोजेका हुन भने यसको दुर्गामी परिणाम दलका नेता कै लागि आत्म घाती गोल हुने छ । त्यसैले समय मै सबै जिम्मेवारी ढंगले यथासक्य प्रस्तुत हुनु पर्ने समय आएको छ ।


लेखक पुर्व सांसद एवं नेकपा एमाले वैकल्पीक केन्द्रिय सदस्य तथा कर्णाली अाचल समन्वय कमिकि संयोजक हुन ।

हुम्लाका ११ गा।वि।स। झाडा पखाला

कर्णली डटकम सिमकोट हुम्ला÷१६ साउन । देशका विभिन्न स्थानमा झाडापखालाका बिरामी बढिरहेको बेला हुम्ला जिल्ला दैविक प्रकोप उद्दार समितिले जिल्लाका २७ वटा गा।वि।स।मध्ये ११ वटा गा।वि।स।लाई झाडापखालाको उच्च जोखिमयुक्त गा।वि।स।sा रुपमा नक्सांकन गरेको छ ।
समितिले गरेको नक्सांकन अनुसार जिल्लाका श्रीनगर कालिका मैला मदना जैर दार्मा ठेहे मिमि श्रमिष्टा साँया र छिप्रा झाडापखालाका अतिउच्च जोखिममा परेका छन् । यि गा।वि।स।हरु जिल्ला सदरमुकाम भन्दा केहि ठाढा र उच्च जनसंख्या भएको तर स्थानिय स्तरका स्वास्थ्य संस्थामा उपर्युक्त औषधि नभएकोले झाडा पखालाका अति उच्च जोखिममा परेको जिल्ला दैवीप्रकोप उद्दार समितिका अध्यक्ष समेत रहेका सहायक प्रमख जिल्ला अधिकारी पदमलाल लामिछानेले जानकारी दिनु भयो ।
समितिले उच्च जोखिममा परेका ११ वटै गा।वि।स।भित्रका सबै वस्तीहरु मध्ये कुन-कुन वस्ती अत्यान्तै जोखिममा छन् भन्ने बारेमा समेत नक्सांकन गरेको छ । झडापखालाको पुर्व तयारीकालागि युनिसेफको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकाुस तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल हुम्लाद्धारा साचालन गरिएको आपत्कालिन वास कार्यक्रमले आयोजनामा गरिएको उक्त नक्सांकनमा श्रीनगरका सबै वस्ती मैलाका रामा नैकाला मासपुर मलनाको सिरुपाटा कालिकाका पाल्स करगई लमही लौठी दार्माको भट्टेडाँडा मिमिको मेखाला ऐडिबाडा श्रीमष्टाको नेप्का पाली पिप्लाङ ठेहेको दाजाम ठेहेगाउँ सायाँको मण्डी डाँडासायाँ दुल्ली र गैरीसायाँ छिप्राको माझा छिप्रा जैरकामे तुम्च जैर गाउँ तल्लोगाउँ माझगाउँ र भिटागाउँ रहेको जिल्ला दैवि प्रकोप उद्दार समितिका सदस्य समेत रहेका किर्डाक नेपालका निमित्त जिल्ला संयोजक गोकुल बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जोखिममा रहेका उक्त ११ वटा गा।वि।स।मध्ये श्रीनगर कालिका जैर दार्मा र ठेहेमा झाडापखाला पुर्वतयारी सम्बन्धि वास कार्यक्रम लागु भएपनि जिल्लाका अन्य स्थानमा हुनसक्ने झाडापखालाजन्य प्रकोपको नियन्त्रणका लागि समयमै सर्तक रहन र जिल्लाका सरोकारवाला निकायलाई वेलैमा तयारी गर्न सघाउनका लागि किर्डाकले उक्त नक्सांकन गरेको हो ।
उक्त नक्सांकनमा किर्डाक नेपाल हुम्लाले साचालन गरेको वास कार्यक्रमले जिल्लामा भविष्यमा आउन सक्ने झाडापखालाजन्य महामारी फैलिएको खण्डमा त्यसको नियन्त्रणका लागि जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायसँग उपलब्ध भौतिक आर्थिक मानविय तथा औषधिजन्य स्रोतको समेत नक्सांकन गरिएको छ ।
नक्सांकन कार्यक्रममा जिल्ला दैवि प्रकोप उद्दार समितिका पदाधिकारी तथा जिल्ला स्थित सुरक्षा निकाय स्वास्थ्य संस्था लगायत झाडापखाला र सरसफाई सम्बन्धि काम गर्ने झण्डै दुई दर्जन कार्यलयका प्रतिनिधि र साचारकर्मीको समेत उपस्थिति
रहेको थियो ।


News from Karnali.com

Monday, 28 June 2010

नेमकिपा नेताको मृत्यु

सिमकोट, हुम्ला, अषाढ १३ -

कान्तिपुर संवाददाता

नेपाल मजदुर किसान पार्टी -नेमकिपा) का जिल्ला अध्यक्ष लोकबहादुर रोकायाको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ ।

हिल्सा सिमकोट सडकमा पर्ने चुवानाक्लामा भएको दुर्घटनामा उनको मृत्यु भएको हो । अन्य चार घाइते भएका छन् । घाइते भएकाहरूमा नेकपा -माले) का पुन्न बोहोरा, कांग्रेसका कृष्णबहादुर बोहोरा, जिविसका इन्जिनियर देवी ऐडी र स्थानीय छोटल लामा छन् । बोहोरा र ऐडीको तिब्बतको ताक्लाकोटमा उपचार गराइएको छ ।

www.ekantipur.com बाट साभार

तिब्बत सरकारको सहयोग सीमावासीलाई

कान्तिपुर संवाददाता

सिमकोट -हुम्ला, अषाढ १३ -
तिब्बत स्थानीय सरकारले सीमा जोडिएका नेपाली २ गाउँका बासिन्दालाई भौतिक र विकास निर्माणमा सहयोग गर्न चाहेको छ ।

उसी नेपाली गाउँ लिमी र मुचुवासीको स्वास्थ्य र खाद्यान्न सहयोग गर्ने इच्छा जनाएको भए पनि सरकारको स्वीकृति आवश्यक पर्ने भएकाले काममा ढिलाइ भएको हो ।

अघिल्लो वर्ष पनि यसरी नै तिब्बत स्थानीय सरकारले सीमा जोडिएका १० जिल्लाका बासिन्दालाई ३ करोड बराबर सहयोग दिन खोज्दा नेपाल सरकारबाट प्रक्रिया पूरा गर्न ढिलाइ भएकाले गुमेको थियो ।

तिब्बतको पुराङकाउन्टीको ताक्लाकोटमा दुई देशका प्रशासकबीच भएको स्थानीय सुरक्षासम्बन्धी बैठकमा तिब्बतले सीमा जोडिएका २ गाउँवासीलाई सहयोग गर्न चाहेको प्रजिअ रामुप्रसाद उपाध्यायले बताए ।

सीमा जोडिएको तिब्बतीयन स्थानीय सरकार अनुरोधमा प्रजिअ उपाध्याय नेतृत्वमा नौ सदस्यीय टोली ताक्लाकोट पुगेर समकक्षी प्रशासकसँग केही दिनअघि सीमा सुरक्षासम्बन्धी द्विपक्षीय बैठक गरेका थिए ।

उक्त छलफलमा सीमाका दुवैतिर अपराध हुन नदिने, तस्करी नियन्त्रण गर्ने, सीमा व्यापार र अध्यागमन व्यवस्थापनसम्बन्धी कुराकानी भएको प्रजिअ उपाध्यायले बताए ।

हामीले सिमानामा हुने अवैध व्यापारमा नियन्त्रणका लागि परस्पर सूचना प्रवाह गरी सहयोग आदानप्रदान गर्ने, पशुवस्तुले सीमा वारपार गरी चरन उपयोग गर्दा परस्पर रोग सर्ने भएकाले व्यवथित खोप लगाउनेसहित स्थानीय बासिन्दाले भोग्नुपरेका समस्याबारे छलफल भएको थियो । उताको सरकार सकारात्मक छ र तत्कालै गर्न सक्ने समस्या समाधान भएका छन् । उनले भने, यो उपलब्धि हो ।

उतातिरबाट सीमा जोडिएका हुम्लीलाई भौतिक सहयोग गर्न खोजेको बताउँदै उनले भने, मुचु र लिमीवासीको स्वास्थ्य परीक्षणदेखि औषधोपचार सिमानामै गर्ने वचन दिनुका साथै तत्कालै कार्यान्वयन गर्न चाहेको बताए तर हामीले यसबारे सरकारलाई जानकारी गराउने र अनुमति आएपछि कार्यान्वयन हुने जानकारी गरायौं ।

उनीहरूले सीमाका बासिन्दालाई चामल, नुन, मैदाजस्ता भौतिक सहयोग गर्ने चाहना पनि राखेका थिए । हाम्रो प्रमुख प्राथमिकता भने हिल्सा सिमकोट मोटरबाटो भएकाले यसको निर्माणका लागि सहयोग गर्न अनुरोध गर्‍यौं । हिल्सामा पक्की पुल निर्माण गर्नर् सक्ने आश्वासन दिएका छन् । तर यस्ता काममा सरकारको स्वीकृति चाहिने हुँदा सरकारलाई जानकारी गराई अनुरोध गर्ने अधिकारीले बताए ।

गतवर्ष तिब्बतको स्थानीय सरकारले सीमा जोडिएका नेपालका १० जिल्लाका लागि ३ करोड बराबरको दैनिक उपभोग्य वस्तु सहयोग गर्ने घोषणा गरेको थियो । सहयोग प्राप्त गर्न सरकारले पहल नगरेका कारण गुमेको स्थानीयले बताए ।



WWW.Ekantipur.com बाट साभार

Sunday, 6 June 2010

तस्बिरमा सिमकोट


-नेपालकै सबैभन्दा उचाइमा अबस्थित सदरमुकाम सिमकोट-

Friday, 4 June 2010

हुम्लि परिहास नाता सम्बन्ध- एक चिरफार

x'Dnfsf] kfl/jfl/s bk{0fleq kl/xf; gftf ;DaGwsf] 5fFof

s0f{ axfb'/ /f]sfof

x'Dnfsf] ef}uf]lns kl/ldltleq dfKrfsf] hn k|jfx 5rNs]/ ;fF:s[lts ljljwtfsf] ;+u|fxno ag]sf] 5 . o;}sf] d]N6Lª efF8f]leq ;fdflhs, ;fF:s[lts tyf ef}uf]lns ?kdf ultlzn agfpg] ;+jfxssf gfos gflosfx? cg]sf}+ hft, hflt, hghflt tyf cflbjf;L ;d'bfosf]  ;dli6ut ?kd kl/jf/ xf] .
kl/jf/sf] cfwf/ ljjfx / gftf ;DaGwleq of}gsf] :jLs[lt / c:jLs[ltsf] lg0ff{os ePsf]n] g};fF:s[lts kysf] ;fdflhs /y ag]sf] 5 . o;}n] ;fdflhs w/ftnsf] agfj6sf nflu gft]b/L Joj:yf Kinship System Ps clt dxTjk"0f{ / cTofjZos OsfO{ xf] . h;n] ;fdflhs tyf ;fF:s[lt hfnsf] sfdnfO{ alnof] agfpg] sfdnfO{ ;an / k|an agfpg]] sfddf 6]jf k'–ofpF5 . To;}n] gft]bf/L ;DaGw kfl/jfl/s ;+/rgfsf] Ps cfwf/lznf xf] .
gftf Joj:yfsf] >]0fLdf k|flylds gftf, dfWoflds gftf / t[tLo gftf ;DaGwsf] clt dxTjk"0f{ :yfg 5 . ;dfhzf:qL 8f= b'a]sf cg';f/ k|fylds gftfdf *, dfWoflds gftfdf ## / t];|f] gftf ;DaGwdf !%! k|sf/x?sf gftf x'G5g\ . eGg] dfGotf :yfkgf u/]sf klg ;dfh cg''?k gftf ;DaGwsf] k|sf/df yk36 eO{/xG5 . x'Dnfsf] ;bGe{nfO{ lgofNbf k+5L kv]6fn] p8\5 eg] dfG5] kIfn] p8\5, e'hkftsf kq slt s''6'Dasf gftf slt cflb k|rnLt pvfgn] gftf ;DaGwnfO{ hf]8 lbPsf]5 .
ljzfn v; ;fd|fHosf cg]sf}+ df]}lns ;+:sf/dWo] gftf k|yfsf cg]sf}+ t/¨ t/l¨t ePsf] kfOG5 . oxfF c+s'l/t / kNNljt ePsf] cg]sf}+ ;Dkbfleqsf] Ps ;Dkbf xf] kfl/jfl/s gftf ;DaGw . o;sf] dfWodaf6 v; / hf8 ;dfhsf] cg]stfleq Pstfsf] efj 5rNs]sf] 5 . / t v;fg / h8fgsf] efj Pstfsf] dfnfdf ufFl;Psf] 5, 6fFl;Psf] 5 / 5 ljsl;t ?kdf ljr/0f ePsf] 5 5QL;sf] ;d'xleq . vz vlzof afx| /l;of, afx| ef]6 Ps sf]6, dfFy dfFydf d}7f]] 3/af/Ldf aOtf] h:tf plStn] rnfodfg ePsf] 5 . of] Ps ;jf nfv kj{tdfnfn] /+uLPsf] lxd+>[¨vnfx?sf] xf/ xf] . h;sf] ;f/df vz vlzofsf] cfTsf] tf/ h]lnPsf] 5 .
gftf ;DaGw k|To]s ;dfhsf] Ps ;fdflhs w/ftnsf] ;]/f]km]/f] xf] . h;sf] w/ftndf dfgj hLjgsf] cfTdsyfsf] nx/f] tflgPsf] / aflgPsf] x'G5 . o;sf b'O{ vDaf /St gftf ;DaGw / j}jflxs gftf ;DaGw x'g\ . x'Dnfdf o;nfO{ /St gftf / b'w] gftf elgG5 . oL b'O{ gftf ;DaGwsf] of]u ljof]uaf6 k|fylds, dfWoflds, t];|f] gftf nufot kl/xf;, kl/xf/, dfWoflds ;Daf]wg, dft'n]o, lkt[Zj:q]o / ;x k|;ljtf gftfsf] ;DaGwsf] ljsf; ePsf5g\ . oL ;a]n] kfl/jfl/s cg'zf;g, of}g :jLs[lt / c:jLs[lt, xf; kl/xf; cflb ;+:sf/sf] ljsf; lj:tf/ / k|rf/ k|;f/sf] lgoGq0f ub]{ hGd, ljjfx, k|hgg\ / d[To' g} JolStsf] JolStut tyf ;fdflhs hGdhft / cfhL{t e"ldsf l:ylt / bfloTjx?sf] lgwf{/0f ub{5 . To;}n] ;fdflhs gftf ;DaGw o:tf] ;fdflhs Joj:yf xf] . h;sf] j}jflxs hLjgnfO{ Ps j[Ifsf] ?kdf ljsf; / lj:tf/ u/]/ km'nfpg] kmnfpg] sfddf ;xof]u ub{5 . of}g ;DaGwsf] j}wflgsL/0f ug]{ ;fWo / ;fwgsf] Ps dfWod / uf]/]6f] gftf k|yf xf] .
x'DnL ;dfhdf kl/xf; gftfsf] dxTjk"0f{ :yfg 5 . o; gftfn] xfF;f], g]{7§f ug{ 5'6 lbPs}n] t kl/xf; gftf elgPsf] xf] . ;dfhzf:qL l/e{;sf dtdf – kl/xf; gftf ug]{ ;DaGwsf] pTklQ kfl/jfl/s hLjgsf] lg/;tf x6fpgsf nflu ul/Psf] xf] . gftf ;DaGwsf] w/ftnleqsf] Ps cfofd xf] kl/xf; gftf xf] . o;n] hLjg tyf ;dfhsf] Psf+sLkg, lg/;tf, z'Gotf tyf pbf;LgtfnfO{ dgf]/~hgfTds agfO{lbG5 . v'lzsf] ;~rf/ k|jfx u5{ .
gft]bf/L k|yfsf] cfwf/ kl/jf/ xf] . kl/jf/sf] cfwf/ ljjfx xf] . ljjfx g} gft]bf/L k|yfsf] h}ljsLo cfwf/ xf] tfklg o;sf nflu ;fdflhs w/ftn Ps alnof] :tDe xf] . h;sf] cfwf/v08df pleP/ gftf ;DaGwsf] dfkg ul/G5 . ;dfhzf:qL /]8lSNfkm a|fpgsf egfO{df kfl/jfl/s hLjgnfO{ ;hLj agfpg] k|tLsfTds gftf ;DaGw kl/xf; gftf Joking Kinship xf] . ;DalGwt JolStn] xfF;f] 7§f u/]/ cscsf{k|lt dLqtf, dfof tyf ddtfsf] ;Gb]zsf] efj k|jfx ug]{ kfl/jfl/s ;"rs xf] .
x'DnL ;dfhdf ;dlnËL tyf lj;dlnËL b'j}n] ;Eo tl/sfn] xfF:of}nL 76\of}nL tl/sfn] Vofn7§f ug]{ sfd ub{5g\ . oL gftf ;DaGwx? b]j/ efph', gGb efph', legfh' ;fnf, legfh' ;fnL, km'k' ebfof, km'kfh' ebfof, sfsf elthf, ;DwL ;DwLgL -legf ;fnL ;fnf_ nufotsf gftfx? Kf5{g\ . of] gftf ;DaGwdf of}g cfsfIffeGbf dfly p7]/ kl/xf;sf Jojxf/x? df];]f bNg], kfgL 5ofKg], lZnn, clZnn s'/f eGg], ;fdfGo ?kdf Ps csf{sf] ;fdfgx? n'sfpg], em'6f] af]Ng] cflb h:tf lqmofsnfkx? Ufg]{ ul/G5 . olt ubf{ klg j}/efj geP/ emg of] gftfsf] ;DaGw k|uf9 eP/ hfG5 . o; k|sf/sf ;fdflhs tyf h}ljs cfwf/df k|rlnt ;+:sf/sf] vf]hL ug{ clt cfjZos /x]sf] 5 .

 We are sorry, if you cannot read this article, since it is not written in unicode font.

Thursday, 3 June 2010

हिउ र हुम्ला

lxp / x'Dnf
;d/ x'DnL

lxp
k|tL:yflkt 5
lxFpsf] cfefdf
c;+Vo kj{tdfnfx?sf] xf/
lxd>[ªvnfsf] cfFtdf emNsg] h'jf/
lgd{n 5x/fsf] st{n ;fËLlts w'g 5b}{
8fFkm]sf] t'd'n cfjfh
s:t'/Lsf] ;'jf;
jgs';'d NofU? e'hkqsf Wjhfx?
lxFpsf] Rofb/df l;+uf/]/
cgdf]n ;]tf] sfDnf] lxFpsf]
/ t–
a'sL, ?uL, ;'gkft] tyf nfnLu'F/f;sf] ;'uGw
lz/df 5 lxFpsf] cd"No tfh
j}ej cfe"if0fn] ;'zf]efodfg 5
x'Dnf cyf{t lxFp
ky kydf Crfx? hKb}
hggL hGde"dL :juf{bkL ul/o;L
d]/f] Kof/f] x'Dnf

lxpsf] tfhdf dfgjtfsf] kL8f 5RfNs]/
lndLb]lv l/dL;Dd
of/Lb]v af/LufFp;Dd
rfnfb]lv d}nf;Dd
x'DnL ;+:s[ltn] 5fPsf]
6f]kL6fn] / ykfn] /}yfg] ePsf]
wfdLkGyLsf] cflwkTo /x]sf]
7"nf7fn'n] r';]sf]
ul/jLsf] s+sfn] e"t k;]sf]
t/ klg
lxFpsf] cfFtdf :kGbgsf] k|jfx eO{/x]5
sxfnLnfUbf cUUf/vUu/ eL+/ kx/f;Fu
w'sw'sL hLjgsf] ;+3if{
s7\ofªu|LPsf] kl/jxg ;+:sf/
l/Qf] k]6 / 7]nLPsf xftx?df
lxpsf] k|ef
/]vf xf] uf]/]6f]sf]
/ t
oxfF xf8sf] dfg 5
t'FdfvL cDdn 5
;osf emf]jf 3f]8f jg nufO{
rf/ k}+z] kf7fsf] v]tL 5
of] xf]
cg]stfdf Pstfsf] xf/df cfj4
x'Dnf cyf{t\ lxFpsf] dlxdf
cg]sf}+ lxdfnsf] cfFtdf 5
;hLjtfsf] clS;hg
o;}n]
of] xf]
v; ;fd|fHosf] Ps b'u{
afx|;fnsf] n8fO{Fsf] Ps ;'?Ë
af]g wd{sf] k|f/lDes ljGb'
g]kfnsf] Ps j}ej
Oltxf;sf] Ps b:tfj]h
dfglrqsf] Ps ;+s]t
x'Dnf cyf{t lxFp
ky kydf Crfx? hKb}
hggL hGde"dL :juf{bkL ul/o;L
d]/f] Kof/f] x'Dnf

lxpsf] ljljwtf g} e"uf]nsf] cfTdf xf]
To;}n]
b]z cyf{t\ /fHosf]
e"t jt{dfg kl/j]zb]lv 6fl9Psf]
c;+Vo kj{t>[ªvnfx?n] 3]l/Psf]
ljsf;sf s'/fb]lv ;]l/Psf]
s'tTjsf s'sd{x?af6 a]lx|Psf]
cgs06f/sf] tfh
cgdf]n j}ejsf] vfgL
a;Gtsf] kfn'jfdf kNnljt 5
z/b\sf] zf/bLo cfefdf emª\s[t 5
x]dGtsf] lxFpdf k|sDkLt 5
x'Dnf cyf{t\ lxFp
ky kydf Crfx? hKb}
hggL hGde"dL :juf{bkL ul/o;L
d]/f] Kof/f] x'Dnf

lxp cfTdfsf] /}jf/ xf]
xf] of] –
;Dkbfsf] d'xfg / >f]t
P k'/L kljq kfjgk'/L
P ky kljq kfjgky
P åf/ kljq åf/
P xf/ kljq xf/
P wf/ dxfwf/
P sd{ kljq sd{
P dfgjtf kljq dfgjtfsf] :kGbg
vfk"{gfysf] bf]efg] t6df v]Ng] d[u:ynL
/lnËsf] u'kmfdf tk:jLsf] tkf]e"dL
sfªl/Gkf]R5]sf] ;fydf t/ËLt R5f] dfkmfd
xf]Ndf] n'ªl/Ësf] nx/df nxl/g] t/ntf
tF c>'wf/] d]3sf] '/ntfdf
tF lxFd] x'/Lsf] x'FSsf/df
dgsf Jyyf syf / h]yfnfO{ yftL /fvL
cl:tTjsf nflu ;+3if{ u5{;\
P dft]
t]/f] hGds'G8nLdf
ljzfn j}ejsf] dlxdf ul/df / c?l0fdf 5
/ t–
dfgj lglwx?sf]
b]zdf k|rlnt /Lltx?sf]
cfw'lgstfsf] ljlwx?sf]
lxGb' af}4sf ;gftg yLltx?sf]
cefjdf
k|fs[lts lglwx?n]
df}lns /Lltx?n]
x'Dn]nL ;fF:s[lts yLltx?n]
gfl:ts ljlwx?n]
l;ª\ufl/PsL 5\of} jt{dfgdf
Oltxf;sf] xfª\cf]e/ ;Fufn]/
x'Dnf cyf{t\ lxp
ky kydf Crfx? hKb}
hggL hGde"dL :juf{bkL ul/o;L
d]/f] Kof/f] x'Dnf

We are sorry, if you cannot read this article, since it is not written in unicode font.

Thursday, 27 May 2010

सिफारिसबिना पाइँदैन चामल


जनक नेपाल

सिमकोट (हुम्ला), जेष्ठ ८ - डाँडाफाय-३ स्थित ग्वालेखोरकी गौरी विक चामलको लाइन बस्न बिहान २ बजे उठेर सिमकोट आइन् । खाद्य संस्थानको चौरमा घन्टांै लाइन बसे पनि उनी रित्तो हात फर्किनुपर्‍यो । किनभने उनीसँग नेता, सभासद वा प्रमुख जिल्ला अधिकारीको सिफारिसपत्र थिएन ।

'उता छोराछोरी भोकै छन्, यहाँ चामल पाइएन' ३४ वषर्ीया उनले कान्तिपुरसित भनिन्- 'नेता-सांसद चिनेकी छैन । कसको सिफारिस ल्याउने ?' चार दिन आधा पेट खाएर ढुंगा ओसारेको ज्याला बोकेर उनी चामल लिन सिमकोट झरेकी हुन् ।

विक परिवारको तीन महिना खान पुग्ने बारी छ । तर, खडेरीले गत वर्ष उब्जनी भएन् । उनको मात्र होइन सिंगो गाउँमा अहिले खाद्य संकट छ । ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दैआएका उनीहरूलाई पैसा कमाउनभन्दा खाद्यान्न जुटाउनु ठूलो समस्या भएको छ । 'गत वर्ष सिस्नो त हरियो थियो, खोले पकाउँथ्यांै । यो वर्ष सिस्नो पनि पलाएन'- गौरीले भनिन् ।

खाद्य संस्थानका हुम्ला प्रमुख हरिप्रसाद जोशीको टेबुलमा चामलका लागि दिनहुँ दर्जनौं सिफारिस पत्रहरू पुग्छन् । सिफारिस पत्रवाहकसँग उनी नाइँनास्ती गर्न सक्दैनन् । 'सञ्चयकोष पाउने र रक्सी बनाउनेले पाउँछन् । हामीले पाउँदैनौं'- उनले भनिन् ।

प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेताहरू र सभासद्हरूले ससाना चिटमा लेखेका हुन्छन्- 'खाद्य प्रमुखज्यू, चामल दिनुहोला ।' तर, गौरी र उनीजस्ता गाउँले विपन्न परिवारका लागि सिफारिस गरिदिने सिमकोटमा कोही छैन ।

चार घन्टा पैदल हिँडेर सिमकोट पुगेकी छिप्रा गाउँकी नैनकला शाही पनि रित्तै फर्किनुपर्‍यो । खाद्य कार्यालय पुग्नासाथ कर्मचारीले सोधे- 'सिफारिस छ ?' उनले छैन भन्न नभ्याउँदै ती कर्मचारीले अर्को दिन आउन भने ।

खाद्य संस्थानले आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा झन्डै सात हजार क्विन्टल चामल बिक्री गरिसकेको छ । तर, खाद्य संकट उत्पन्न भएकाले थप पाँच हजार क्विन्टल चामल माग गरिएको छ । संस्थानका हुम्ला प्रमुख जोशीले भने, 'खडेरीले गहुुँ र मकै उत्पादन राम्रो भएन । त्यसैले चामल आपूर्ति नभए संकट उत्पन्न हुने स्थिति छ ।'

संस्थानको चामल सदरमुकाम र वरपरका गाउँका बासिन्दाले मात्र पाइरहेका छन् । गाविस र वडाका चामल कोटा सिमकोट बस्नेले खपत गरिरहेको जोशी स्वीकार्छन् । 'खाद्य व्यवस्था समितिको बैठकमा पनि कुरा उठ्छ । तर, चामल नदिए कुट्नै आउँछन्' उनले भने ।

सदरमुकामदेखि टाढाका गाउमा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हिमालय कन्जरभेसन र डिप्रोक्समार्फत् कामका लागि खाद्यान्न वितरण गर्दै आएको छ । विश्व खाद्यले बाँड्ने चामलको परिमाण संस्थानको भन्दा झन्डै दोब्बर छ । तर, वितरण गर्नका लागि सरकारी निकायसँग कुनै समन्वय छैन ।

संस्थान र जिल्ला प्रशासनलाई गैरसरकारी संघ-संस्थामार्फत् हुम्लामा कति चामल ढुवानी हुन्छ भन्नेसम्म जानकारी छैन । 'विश्व खाद्यको चामल लिन सिफारिस चाहिन्न' सदरमुकाममा विश्व खाद्यको चामल लिन आएकी डाँडाफायकी पूर्णकला विकले भनिन्, 'आफ्नै पाखोमा स्याउ लगायांै । काम सकेर चामल लिन आयांै ।'

लामो खडेरीले गत वर्ष कोदो, गहुँ, धान र उवाको उत्पादन ५० देखि ७० प्रतिशत घटेको कृषि विकास कार्यालयले जनाएको छ । पुस, माघ र फागुनमा हिउँ परेकाले यो वर्ष उत्पादनमा १५-२० प्रतिशत सुधार हुने अनुमान गरिएको कृषि कार्यालय प्रमुख रामनन्दन यादवले बताए । 'तैपनि, खाद्य संकट हुने स्थिति छ', उनले भने ।


-यो समाचार इकान्तिपुर डट कम बाट साभार गरिएको हो ।-

Wednesday, 26 May 2010

हुम्लामा रलिङ् मेला

२०६७ साल जेष्ठ १३ गते

हुम्ला जिल्लाको सबै भन्दा ठुलो चाडको रुपमा चिनिने रलिङ् चाड् आज धुम्धामका साथ मनाइदैछ । रलिङ् दर्शनको रुपमा प्रख्यात यो चाड आज र भोलि दुइ दिन सम्म चल्दछ । रलिङ् दर्शनको लागि दर्शनार्थिहरु हिजै बाट जाने क्रम शुरु भैसकेको छ। हुम्ला जिल्लाको ठेहे गा बि स मा पर्ने यस रलिङ् गुम्बा प्राक्रितिक हिसाबले मात्रै सुन्दर नभएर यसको आफ्नै पौराणिक महत्व पनि रहेको छ। सिमिकोट सदरमुकाम भन्दा झन्डै छ सात घन्टाको दुरि मा हिमाल्को चुचुरो नजिकै रहेको यस गुम्बामा नेपालकै सब भन्दा पुरानो ताम्र पत्र पाइेको थियो । बौद्ध धर्मावलम्बिको गुम्बा भएता पनि हिन्दु तथा अन्य धर्माव्लम्बिहरुको पनि ठुलै उपस्थिति रहने गर्दछ । लामा समुदाय र क्षेत्रि समुदायद्वारा छुटाछुटै परम्परागत झांकि प्रस्तुत हुनुका साथै स्थानिय देउडा नाच नाचेर रमाइलो गर्ने गरिन्छ । बौद्ध धर्मावलम्बि र हिन्दु धर्मावलम्बि का आ अाफ्नै नाच गान साथ मनाइने यस चाडले धार्मिक बिबिधताका साथै धार्मिक सहिस्णुता पनि झल्काउदछ ।


(Photo by Gorakh Bdr. Bista: ऐतिहांसिक तिर्थ स्थल रलिङ् गुम्बा)

पौराणिक मान्यता अनुसार ह्वारे क्वारे लामा (जसलाइ बौद्ध धर्मका ठुला गुरु मानिन्छ)ले हिड्दै जाने क्रममा यो ठाउंमा नपुग्दै बिहान भएर काग कराएको हुंदा यहि ठाउंमा ध्यानमा बसेकाले गर्दा यो ठाउंको नाम रलिङ् गुम्बा रहेको र यदि काग नकराएकै अर्थत् बिहान हुनु अगावै यो ठाउंमा पुगेको भए यस ठाउंमा कैलाश मानसरोवर बन्ने थियो भनेर बुढा पाकाहरुले भन्ने गरेकाछन । ठुला ठुला गुफा र चट्टानहरु, जताततै चट्टान तथा ढुङाहरुमा कुदिएका शिलालेखहरु का साथै बुकि घांसले टम्म परेका चौरहरु ले घ्रेरिएको यस रलिङ् गुम्बा ले धार्मिक, पौराणिक तथा पर्यटकिय महत्व बोकेको भएतापनि सरकारि तवर बाट कुनै वास्ता गरिएको छैन ।

Monday, 24 May 2010

हुम्लाकी उजेली


सिमीकोट - तल्लो गाउँकी उजेली रोकाया 'छोरी पढाउन अप्ठ्यारो मान्ने' पुरुष-प्रधान हुम्ली समुदायहरूका निम्ति गतिलो जवाफ बनेकी छन् । गत वर्षयुनिसेफका सहजकर्ताहरूबाट अनौपचारिक शिक्षा कार्यक्रम र त्यहाँ हुने पढाइ-लेखाइ बारे सुनेपछि १६ वर्षो निरक्षर उजेलीले मन थाम्नै सकिनन्  र पढ्न कै निम्ति श्रीमानको घर त्यागेर गाउँलाई नै आर्श्चर्यमा पारिन् ।

श्रीमान् काठमाडौँमा भएकाले उनी सासूससुराको रेखदेखमा थिइन् । गाविस सचिव भइसकेका, पढालेखा ससुरा समेत उजेलीलाई पढाउन चाहन्नथे । पढ्न गए घरमा कहिल्यै पस्न नदिने धम्की पाउँदापाउँदै पनि उनले गाउँटोलमा 'असाधारण हिम्मत' देखाइन् र १० महिनाभित्रैमा आधारभूत शिक्षा पूरा गरी कक्षा ५ मा भर्ना भइन् । पहिलेकी लजालु, सङ्कोची बुहारी उजेली अहिले आत्मविश्वासी र निर्भिक बनेकी छन् । अनि, धक नमानी बोल्छिन् । आफूमा आएको परिवर्तनसँग चकित हुँदै उनी भन्छिन्, "अब म एसएलसी पास नगरी घर र्फकन्न ।"

धेरै हुम्ली महिला र बालिकाहरूका घरभित्रका कठोर बन्धनलाई तोड्ने र उनीहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाउने सङ्कल्प लिएकी छन् उजेलीले । लक्ष्य पनि त्यस्तै छ- शिक्षिका बनेर धेरै बालबालिका तथा महिलालाई शिक्षित बनाउने । अझै पनि 'समाज भँडुवी' का रूपमा गाउँले पुरुषहरू उनको उपहास गर्छन् । तर घरबाट तिरस्कृत भएपनि माइतीबाट राम्रो आडभरोसा पाएकी छन् उजेलीले । भन्छिन्, "अब कुनै तगारोले मलाई छेक्न सक्दैन ।"


Courtesy :himalkhabar.com