Wednesday 26 August 2009

हुम्लामा पनि झाडा-पखाला

हुम्लामा पनि झाडा-पखालाले छोएको छ। हुम्लाको कालिका गाबिसमा झाडा-पखाला अहिलेसम्म एघार जनाको मृत्‍यु भएको छ। तर अहिलेसम्म पनि काठमाडौ सरकार तथा सम्बंधित निकायको ध्यान जान सकेको छैन।

जनताका आशाहरु भीमकाय र विलासितापूर्ण छैनन्, बरु स्वस्थ जीवनका निम्ती नभै नहुने शुद्द पेयजल अर्थात शुद्द पिउने पानी, सफा र पौष्टिक खाना, सर्वसुलभ स्वास्थ्य सुविधा। यति कुराको पनि चाँजो पाँजो मिलाउन नसक्ने सरकार र सम्बंधित निकायहरुले खोई के पो काम गरि बसेका छन्?

हाम्रो छिमेकी मुलुक भारतमा संसदको कार्यवाही, छलफल, तर्क-वितर्कको भिडियो रेकर्ड गरेर जनतालाई देखाउने चलन रहेछ। त्यो हाम्रोमा पनि गर्नु पर्ने। हाम्रोमा भोटको थुप्रोमा चढेर संसद छिरेकाहरुले हुम्ला लगायतका अनेकौं जिल्लाहरु, क्षेत्रहरुका मानवीय संकट भई विकसित भएका यस्ता स्वास्थ्य, शिक्षा, विकास-पूर्वाधारहरुको बारेमा के के कुरा गर्दा रहेछन् वा नबोली बस्दा रहेछन् त्यो देख्न पाउनु जनताको अधिकार हो।

Monday 3 August 2009

हुम्लामा क्याम्पस

हुम्लामा क्याम्पस खुल्ने भयो ।

युगौं देखिको प्रतिक्षा पछि हुम्लामा क्याम्पस खोलिने भएको छ । अघिल्लो बर्ष नै जानु पर्ने क्याम्पस जिल्लाका राजनीतिक दलहरुको खिचातानीले गर्दा क्याम्पसको संपूर्ण कुरा अन्यौलमा थियो । तर अहिले आएर समझदारीमा सबै पक्षहरु आएर क्याम्पस स्वीकृतीको अन्तिम चरणमा पुगेको बताउनु हुन्छ, प्रस्तावित मानरोवर बहुमुखी क्याम्पसका प्रमुख श्री बसन्त रोकाया। यसले गर्दा अब हुम्ली विद्यार्थीहरुले उच्च-शिक्षाका लागि काठमाडौं तथा अन्य शहरमा जानै पर्ने बाध्यताबाट मुक्ति पाएका छन्।

हुनत यस क्याम्पस खुल्नाले मात्रै सबै किसिमका शैक्षिक समस्याहरु समाधान भै गुणात्मक शिक्षा आईहाल्ने होईन, तर यो एउटा ठूलो शुरुवात भने हो।