Thursday 31 December 2009

स्वागतम २०१०

अंग्रेजी नयाँ बर्ष २०१० को उपलक्ष्यमा संपूर्ण हुम्लाबासी दाजू भाई, दीदी बहिनी, आमा बुवा तथा देश बिदेशमा रहेका संपूर्ण पाठक ब्रिंद हरुमा उतरोतर प्रगतिको साथै हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छौ ।

http://humli.blogspot.com/

हुम्लामा हेलिकप्टर

हेर्नुहोस् भिडियो:


(नझुक्कीनुहोस, यो कुनै हवाई आक्रमण होइन; भिडियोको आवाज चर्को हुन सक्छ, सानो पारेर सुन्नुहोला)

हुम्ला : यूनेस्को रिपोर्ट्स

Humla is the highest, the most remote and northerly situated region of Nepal. Sie lies on the border to Tibet, China's autonomous province. Simikot is the downtown of Humla, which is accessible only by foot or by airways due to the lack of paved roads.

Life for the Humli people is challenging, summer in these high mountain valleys is usually short and the winter is long and severe. Most of the people are farmers, who work very hard to win the bread amid the region’s difficult, though extraordinarily beautiful terrain. This mountainous landscape with high peaks cut through by green valleys, turbulent rivers and forests of rhododendrons teaming with wildlife and featuring Hindu and Buddhist temples, shrines and religiously sacred places make trekking in the region an extremely rewarding and rejuvenating experience.

reports

Tuesday 29 December 2009

धनी देखिएका गरीब छन्, गरीब देखिएका धनी छन्

जनघनत्व र जिल्लाको क्षेत्रफलबीचमा उल्टो सम्बन्ध पाइन्छ। अर्थात् धेरै क्षेत्रफल भएका जिल्लाको जनघनत्व न्यून छ भने थोरै क्षेत्रफल भएका जिल्लाको जनघनत्व अत्यधिक छ। ४१४ वर्ग किमी भू-भागमा फैलिएको काठमाडौंको जनघनत्व २६१३ छ भने ८ हजार वर्ग किमीभन्दा ठूलो हुम्लाको जनघनत्व जम्मा ७ मात्र छ।

हेर्नुस प्रतिबेदन यो प्रतिबेदन हिमालखबर.कॉम बाट साभार गरिएको हो ।

Sunday 20 December 2009

देउडा गीत


केटा :
कहाँका हौ कहाँबाट आएऊ कसलाई खोज्दछौ।
रंगीचंगी फुलबारीमा कुन फूल रोज्दछौ।

केटी : 
एक बर्ष पन्ध्र दिन भयो कलिलाई खोज्दछु ।
रंगीचंगी फुलबारीमा गुलाबी रोज्दछु ।
मन मिल्यो, मायाजाल लाग्यो कसको छैन डर।
हित मिल्यो, चित्त मिल्यो भागी नजाऊ पार।
धरा-धरा नेपालताल परेको रारा।
सम्झन्छु सपना देख्छु, रुन्छु बैस धरा।

Friday 18 December 2009

कर्णालीमा भाऊ अचाक्ली

जीवन जिउनुको पनि तरीका हुन्छ, सहज र सरल जीवन जिउनु कुन चराको नाम हो यस्तै भएको छ, हुम्ली जनतालाई। कष्टकर जिंदगी जिउनु त छँदैछ, त्यस माथि बाध्यात्मक "खाए खा नखाए घिच"को जिंदगी जिईरहेका छन् हुम्ली जनताले।

नेपालगन्जमा  १०० रुपैयाँ लिटरमा पाइने खानेतेल हुम्लाको सदरमुकाम सिमकोट पुग्दा ३२० रुपैयाँ पर्छ। ६ देखि १२ रुपैयाँसम्म पर्ने लुगा धुने साबुन ३० देखि ६० रुपैयाँमा किन्नुपर्छ। ५५ रुपैयाँ पर्ने मट्टीतेलको मूल्य ३ सय ५० रुपैयाँ पर्छ। महँगीले थलिएका हुम्लावासी तैपनि भनेका बेला सामान पाउँदैनन्। कर्णाली पुग्ने एकमात्र स्थलमार्ग कर्णाली राजमार्ग(नेपालमा शाही शासनको अवसान पछि "राजमार्ग"लाई थुप्रै संचार माध्यमले अविवेकपूर्ण रुपले "लोकमार्ग" बनाएकोमा मेरो विमति छ, त्यसैले) ६ महिनादेखि अवरुद्ध भए पछि निजी एयरलाइन्सहरूले ढुवानी भाडामा मनोमानी गर्दा यस्तो समस्या आएको हो। सुर्खेतबाट कालिकोटको पिलीसम्म आंशिक रूपमा यातायात चले पनि त्यहाँदेखि गाडीबाट ढुवानी गरेर ल्याएको खाद्यान्न जुम्ला पुग्दा निकै महँगो हुन्छ। जुम्लामा चिनी प्रति किलो १३० रुपैयाँमा बिक्री भइरहेको छ। दैलेखको खिडकीज्युलाबाट पिलीसम्मको ढुवानी खर्च नै प्रति किलो १५ रुपैयाँ तिर्नुपरेको स्थानीय व्यापारी थानेश्वर पोख्रेलले बताए।

विश्व खाद्य कार्यक्रमको चामल ढुवानी गरे बापत मोटो रकम पाउने गरेका निजी एयरलाइन्सले स्थानीय व्यापारी र नेपाल खाद्य संस्थानको चामल समय मै ढुवानी नगरिदिँदा कर्णालीका जिल्लाहरूमा खाद्यान्न लगायत उपभोग्य वस्तु अभाव भएको हो। 'खाद्य संस्थानको चामलसमेत समयमा ढुवानी हुँदैन,' संस्थानको अञ्चल कार्यालय नेपालगन्जका निमित्त प्रमुख दुर्गा ओझाले भने, 'उनीहरूको मनपरीले गर्दा भनेको समयमा चामल पुर्‍याउनै सकिँदैन। 'एक महिनाअघि मात्रै निजी एयरलाइन्सहरूले हुम्ला, डोल्पा, जुम्ला, बाजुरा, मुगु लगायत जिल्लामा कार्गो भाडा फेरि बढाएका छन्। उनीहरूले भाडादर बढाएर नेपालगन्जदेखि प्रतिकिलोको हुम्लामा ९५ रुपैयाँ, डोल्पामा ७५, जुम्लामा ६५, बाजुरामा ६५ र मुगुमा ८५ रुपैयाँ पुर्‍याएका हुन्। भाडा बढेपछि हवाई यातायातको विकल्प नभएको मुगुको स्थिति अझ नाजुक भएको छ। त्यहाँ विश्व खाद्य कार्यक्रमको चामल मात्रै महँगो भाडामा ढुवानी गरेको भन्दै स्थानीय व्यापारीले एक महिनाअघि निजी जहाज र हेलिकप्टरहरूलाई ताल्चा विमानस्थलमा अवतरण गर्न रोक लगाएका थिए। जुम्लामा पनि तारा एयरलाइन्सले एकपक्षीय रूपमा ढुवानी भाडा बढाएको विरोधमा स्थानीय व्यापारीहरू आन्दोलित छन्। भाडा नघटाए हवाई यातायात बन्द गर्ने जुम्लीले चेतावनी दिएका छन्।

जहाजहरूले बढेकै मूल्यमा सामान ढुवानी गरिदिए पनि कर्णालीका जनताहरूलाई धेरै सुविस्ता हुने स्थानीय व्यापारी बताउँछन्, तर कार्गो एजेन्सीले तोके भन्दा दोब्बर र तेब्बरसम्म भाडा लिने गरेका छन्। 'बीचका दलालहरूले गर्दा नेपालगन्जमा ६० रुपैयाँमा पाइने सामान डोल्पा र हुम्ला पुग्दा ३५० पर्छ,' स्थानीय कर्ण रावलले भने। निजी एयरलाइन्सहरूले व्यापारी र सर्वसाधारणको सामान सीधै बोक्न मान्दैनन्। उनीहरूले कार्गो एजेन्सीमार्फत ढुवानी गर्ने गरेका छन्। हवाई ढुवानीमा गरिएको सिन्डिकेट प्रणालीले समेत स्थानीयवासी मारमा परेका छन्। उनीहरूले जिल्ला दररेट अनुसार सामान ढुवानीको माग गर्दै आएका छन्। एयरलाइन्सले कार्गा एजेन्सीमार्फत मात्र ढुवानी गर्ने भएकाले त्यस्ता एजेन्सीहरूबाट आफूहरू थप मारमा परेको व्यापारीको भनाइ छ।

गत वर्षदेखि विश्व खाद्य कार्यक्रमले हवाई भाडा महँगो दिएर ढुवानी गराउँदा अरू व्यापारी मारमा परेको बताउँछन्। सर्वसाधारणको सामान नबोक्ने हुँदा बाध्य भएर व्यापारीले पनि महँगो भाडा तिरेर हेलिकप्टरबाट ढुवानी गराउनुपरेकाले सामान महँगो भएको बताए। 'महँगो ढुवानीले गर्दा उपभोक्तामाथि थप भार परेको हो,' उद्योग वाणिज्य संघका सचिव लालचन्द ढकालले भने। मनोमानी भाडाको विरोधमा हुम्लीले दुई महिना अघि सिमकोट विमानस्थलमा तारा एयरका दुई जहाज र तीन हेलिकप्टर झन्डै तीन घन्टा कब्जा गरेका थिए। सहुलियत दरमा सातामा एक पटक उडान गर्ने सहमति भए पनि त्यो लागू नगरिएको स्थानीयवासीको गुनासो छ । निजी मात्र नभई सरकारी स्वामित्वका सामान मात्र बोक्ने सेनाको स्काइट्रकले पनि यस्तै कार्गा सेवामार्फत निजी व्यापारीको सामान ढुवानी गर्ने गरेको छ।

Wednesday 16 December 2009

माओबादीद्वारा हुम्लामा भोट गणराज्य घोषणा


मंसिर ३० गते मंगलबार, सिमिकोट

एकीकृत नेकपा माओबादीद्वारा हुम्लालाई भोट गणराज्य को रुपमा घोषित गरेको छ । हुम्लासंगै अन्य जिल्लाहरु गोरखा, मनांग, मुस्तांग, मुगू र डोल्पा रहेका छन। हुम्लाको सदरमुकाम सिमीकोटकोमा बसेको सबै जिल्लाका प्रतिनिधिहरु उपस्थित भेलामा एकीकृत नेकपा माओबदीका हुम्ला जिल्ला नेता छिरिङ् दाम्दुल लामाको संयोजन तथा एकीकृत नेकपा माओबदीका पोलिट ब्युरो सदस्य नेत्रबिक्रम चन्द 'बिप्लव'को प्रमुख आथित्य रहेको थियो । सो घोषणासभामा गोरखा, मनाङ्, मुस्ताङ्, मुगू र डोल्पाका सभासदहरु उपस्थित रहेको कुरा एबीसी च्यानलका जिल्ला संबाददाता अर्जुन बोहोराले जानकारी गराउनु भयो।

घोषणा हुनु केही दिन अघिसम्म लामा-भोटे राज्य भनेर घोषणा गर्ने भनिएता पनि अन्त्यमा बिभिन्न जिल्ला नेताहरुको छलफल तथा पार्टी केंद्रीय समितिमा भएको छ्लफल पश्चात भोट गणराज्य भनेर घोषणा गरिएको छ। लामा भनेको कुनै जात नभएर सम्मानको रुपमा चिनिने पद अर्थात पुरोहित भन्ने बुझिन्छ त्यसैले भोट भन्ने नामले समग्र भोटमा बस्नेहरुको प्रतिनिधित्तो गर्ने भएकोले नाम परिबर्तन गरी भोट गणराज्य राखिएको बोहराले बताउनु भयो।

हिउँमा सुतेको सिमिकोट





नेपाल कै अग्लो ठाउँमा रहेको जिल्ला सदरमुकाम सिमिकोट चीसो हिउँको न्यानो मायामा खेलीरहेको छ । विश्व कै पबित्र तीर्थस्थल कैलाश पर्वत अनि मानसरोवर दर्शन गर्न जाने मुख्य प्रबेश द्वारको रुपमा परिचित हुम्लाको सदरमुकाम सिमिकोटले अहिले सेतो र पबित्र हिउँको पछ् यौरी ओढेको छ। अहिले यहाँ पाइला टेक्ने जो कोहीलाई स्वर्गको टुका भुइँमा यहाँनेर पो खसेको रहेछ भन्ने लाग्न सक्छ।

यो ठाउँलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्नसके हुम्लाको मात्रै हैंन बरु समग्र देशकै मुहार फेरिने कुरामा कुनै दुईमत हुन्न होला। माल पाएर चाल नपाएको सरकारले यो कुरामा कहिल्यै ध्यान दिएको देखिंदैन।

Monday 14 December 2009

मानवीय विकास सुचकाङ्कमा हुम्ला

मानवीय विकास सुचकाङ्कमा हुम्ला अझै नेपालको अरु जिल्लाको तुलनामा पुछार मै छ। जम्मा जम्मी साक्षरता दर २२% मात्र छ। अरु जिल्लाको तुलनामा हुम्ला मानवीय विकास सुचकाङ्कमा ६७औं स्थानमा छ। यो सुचकाङ्क (इंडेक्स)ले बताउँछ कि हुम्ला अझै ढुङ्गे युग मै बाँचिरहेको छ। दुनियाले मंगल ग्रहमा बास बसाल्ने योजनामा काम गरिरहँदा हुम्लीहरू एक छाक खाना र एक सरो नानाको लागि तड्पीरहेका छन्। हेर्नुस् प्रतिबेदन

(साभार: हिमाली नवीन समाज)

तथ्याङ्कमा हुम्ला

सदरमुकामः सिमीकोट
क्षेत्रफलः ५,६५,५०० हेक्टर (डोल्पापछिको सबैभन्दा ठूलो जिल्ला)
खेतीयोग्य जमिनः ५,०२० हेक्टर (कूल क्षेत्रफलको 1% भन्दा पनि कम)
जनसङ्ख्याः ४०,७४९ (२०५८ को जनगणना अनुसार)
गाविसः २७
मुख्य भाषाः नेपाली खस (७८.२%), लामा भाषा (२०.२%)
साक्षरता प्रतिशतः २१.३%
कृषि र पशुपालनमा संलग्नः ८२.६%

स्रोतः हुम्ला जिल्ला विकास समिति, २०५९

Sunday 13 December 2009

उही पुरानो घाउ

कति सुन्ने नसुनी पनि नहुने हुम्लाको भोकमरीको समाचार

नेपालगन्ज, २०६६ मंसिर १६ - चर्को खाद्यान्य समस्या झैल्दै आएको कर्णाली क्षेत्रका ही जिल्लामा मंगलवार देखि चामल ढुवानी सुरु भएको छ।

कर्णालीका बिकट जुम्ला, डोल्पा लगायतका जिल्लामा नेपाल खाद्य संस्थानले हवाई र स्थलमार्गबाट ढुवानी सुरु गरेको हो । नेपाल खाद्य संस्थानका महाप्रबन्धक हरिनारायण शाहका अनुसार, खाद्यान्नको अभाव हुन नदिन सरकारले तत्काल ढुवानी सुरु गरेको हो। चामल र नुनको चर्को समस्या झेल्दै आएको मुगु र हुम्ला जिल्लामा भने अझै ढुवानी सुरु भएको छैन। "मुगुमा एयरपोर्ट निर्माणाधीन अवस्थामा रहेकाले ढुवानी गरिरहेको एयर काष्टमण्डपले लग्न मानेको छैन।" सुर्खेत स्थित नेपाल खाद्य संस्थानका कार्यालय प्रमुख कुलबहादुर गुरुंङले भने ।

जुम्ला डोल्पा र कालिकोट जिल्लाकालागि नेपालगन्ज र सुर्खेतबाट ढुवानी सुरु गरिएको छ। प्रमुख गुरुंगले मंगलवार सुर्खेतबाट जुम्लाका लागि तत्काल ६ सय ३७ क्विन्टल चामल ढुवानी भएको बताए। डोल्पामा स्थल मार्ग भएर एक सय क्विन्टल र कालिकोटका थिर्पु खाद्य डिपो अन्तर्गतका दुर्गम गाबिसमा १ हजार क्विन्टल चामल गईसकेको जानकारी कार्यालय प्रमुख गुरुंगले दिएका छन।

डोल्पामा १ हजार १ सय ५६ क्विन्टल चामल मौज्दात रहेकाले समस्या नभएको उनले बताए। जाजरकोटका लागि ५ हजार क्विन्टल र रोल्पामा २ हजार क्विन्टल चामल गईसकेको नेपालगन्ज स्थित खाद्य संस्थानका स्टोरकिपर यम उपाध्यायले बताए। दैलेखमा सुर्खेतबाट ४ हजार क्विन्टल गईसकेको जनाईएको छ । "मुगु र हुम्ला छाडेर अन्य जिल्लामा चौमासिक लक्ष्य अनुसारको खाद्यान्य गईसकेको छ।" सुर्खेत स्थित संस्थान प्रमुख गुरुंगले भने, "जुम्लामा हजार क्विन्टल पुर्याए चौमासिक लक्ष्य पुरा हुन्छ।"

सरकारले यस बर्षकालागि कालिकोटमा ६,७००, रोल्पामा ५,०००, दैलेखमा ६,९६०, जाजरकोटमा २,९००, मुगुमा ६,७००, डोल्पामा १०,०००, हुम्लामा ७,०००, जुम्लामा १०,०००, बाजुरामा ८,००० र अछाममा ५,००० क्विन्टल चामल कोटा तोकेको छ । क्रमिक रुपमा कोटा अनुसारको चामल ढुवानी हुने संस्थानले जनाएको छ।

बर्षात कारण अबरुद्ध कर्णाली लोकमार्ग नखुल्दा पाच महिना यता कर्णालीका दुर्गम जिल्लाहरुमा नुन, चामलको अभाव चर्किएको थियो । केहि दिन यता कर्णाली राजमार्ग आंशिक रुपमा संचालनमा आएपछि स्थल मार्गबाट चामल ढुवानी सुरु गरिएपनि नेपालगन्ज स्थित साल्टट्रेडिंग कर्पोरेसन लिमिटेडले भने नुन ढुवानी सुरु गरेको छैन ।

स्थलमार्गबाट ढुवानी गर्न बाटोको असुबिधा र हवाई मार्गबाट खाद्य ढुवानी गर्न निजि एअरलाईन्सहरुको मनोमानी र चर्को भाडा बृद्धिले समस्या हुदै आएको स्थानिय ब्यापारी तथा नेपाल खाद्य संस्थानले जनाउदै आएका थिए । 'तत्कालका लागि समस्या टार्न स्थल र हवाई मार्ग दुबै अपनाएर अहिले ढुवानी सुरु गरेका हौं ।' कार्यालय प्रमुख गुरुंगले कान्तिपुर सित भने ।

हवाई यातायात बाहेक अर्को बिकल्प नभएका हिमाली जिल्ला मुगु र हुम्लामा भने समस्या उस्तै भएको स्थानियबासि बताउछन । निजि एयरलाईन्सका जहाज तथा हेलिकोप्टरहरुले बिश्व खाद्य कार्यक्रमको चामल मात्रै महंगो भाडा लिएर ढुवानि गर्ने गरेको आरोप स्थानिय ब्यापारीहरुले लगाउदै आएका छन ।

एक महिना अघि नीजि क्षेत्रका जहाज तथा हेलिकोप्टरहरुलाई मुगुको ताल्चा बिमानस्थल अवतरणमा रोक लगाईएको थियो । हुम्ला र जुम्लामा समेत निजि एअरलाईन्स बिरुद्ध स्थानियबासिले प्रदर्शन गरेका थिए । नीजि एअरलाईन्सहरुले कार्गो भाडा बृद्धि गरेका कारण समेत कर्णालीका जिल्लाहरुमा दैनिक उपभोग्य समानको अभाव हुदै आएको छ ।

कर्णाली राजमार्ग संचालनमा आएपछि ट्रयाक्टर बाट थप चामल ढुवानी गरिने संस्थानले जनाएको छ । सुर्खेतबाट जुम्लाका लागि एक साता यता तारा एयर का तीन जहाज, सीता एयरका दुई र काष्ठमाण्डपको एउटा जहाजले चामल ढुवानी गरिरहेको खाद्य संस्थान जुम्लाका प्रमुख जयराज ओझाले बताए ।

साभार : इ-कान्तिपुर.कममा प्रकाशित राजेन्द्र नाथ / नवराज शाहीको आलेख

Friday 11 December 2009

बाल दिबस: हुम्ली चस्मा लगाएर हेर्दा

बाल दिवस कहिले पर्छ, किन र कसको निम्ति मनाईन्छ? थाहा छ तपाईंलाई, किन सारा देशमा बालदिवस आउँदा हुम्लामा बालदिवस आउन चटक्क बिर्सिन्छ?

हुम्ली बालबालिकालाई त खाद्य विभिषिकाले सक्नु निचरेको छ। के थाहा पाउनु कहिले बाल दिवस पर्छ कि कहिले काल दिवसले थुप्रैलाइ सोहोरेर लाने हो? ज्यान जोगाउने धूनमा पढाई-विद्यालय छोडेर चामलका निम्ति लाम लाउन सिमीकोट आएका काशीलाल वि.क.(प्रतिनिधि पात्र)ले गिज्याई रहेका छन् बालबालिका नाममा जागिर खानेहरुलाई।
सरकारी मानो खानेले भन्छन् केही थाहा छैन। जस्तो यो उनीहरुको सरोकारको विषय नै होइन। थाहा पाउन् पनि किन, थाहा पाउनु भन्दा नपाउँदा नै लाभदायक भएपछि। अल्छि र काठमाडौमुखी कर्मचारीलाई कर्मठ बनाउने न यहाँ परिपाटी छ न त बानी नै छ। काम गर्नेहरु भन्दा समाजले पनि हल्ली खाने कर्मचारीहरुलाई बढी इज्जत दिन्छ।

हुम्ला मालपोतमा पियन फाँटवाला

सिमकोट -हुम्ला, २०६६ कार्तिक २८ - ढोकाबाट पस्नेबित्तिकै हुम्ला मालपोतमा कुर्सीमा बसेका एक जना कर्मचारीमात्र भेटिन्छन् । कार्यालय प्रमुखबारे सोधिएको जवाफमा ती कर्मचारी भन्छन् 'मै हँु । के काम थियो होला ?' जग्गा पास गराउनुपर्ने फाँटवाला कहाँ छन् भन्ने अर्काे प्रश्नमा ती कर्मचारीले जवाफ दिन्छन्, 'फाँटवाला त छैनन् तर तपाईंको काम रोकिँदैन ।'

त्यसपछि तत्कालै कार्यालय सहयोगी बोलाएर कागज ल्याउन अराउँछन्, उनी । सबैकाम आफैं

गर्छन् । अनि फाँटवालाको स्थानमा करार सेवामा नियुक्ति भएका कार्यालय सहयोगी -पियन) लाई दस्तखत गर्न लगाउँछन् । यसरी जग्गा पास गरेको प्रमाण उपलब्ध गराउँदै आएका छन्, मालपोत कार्यालय हुम्लाका नायब सुब्बा काशीराम खत्री ।

हुम्ला मालपेात दुई वर्षयता यसरी नै चलेको छ । अधिकृतस्तरको कार्यालय प्रमुख रहेको यो कार्यालयमा नासुले नै दुई वर्षदेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

स्थानीय बासिन्दाको प्रत्यक्ष सरोकार राख्ने यो कार्यालयमा अधिकृतस्तरको कार्यालय प्रमुखसहित १२ जनाको दरबन्दी छ । कुनै कर्मचारी सरुवा भएर कुनै स्वतः अवकाशमा परेर खाली भएपछि हाल एक जना नासु र ४ जना कार्यालय सहयोगीमात्र छन् । कार्यालय सहयोगीले फाँटवालासरहको जिम्मेवारी पाउँदैन र योग्यता पनि हुँदैन । तर फाँटवालाको सबै काम पियनले गर्छन् ।

यहाँ १ जना अधिकृत, नासु १, खरिदार ४, सहलेखापाल १, टाइपिस्ट १ र दुई जना कार्यालय सहयोगीको दरबन्दी छ । तर नासुबाहेक ४ जना कार्यालय सहायकमात्र छन् । ती पनि २ जना स्थायी र २ जना कारार सेवाका छन् ।

'कार्यालयमा फाँटवाला नभएपछि जग्गा पारित गर्दा फाँटवालाले दस्तखत गर्नुपर्ने स्थानमा पियन अर्थात् कार्यालय सहायकलाई दस्तखत गराउने गरेको छु' नासु काशीराम खत्रीले भने, 'यो बाध्यता हो । के गर्ने सर्वसाधारणको काम रोक्नुभएन ।'

उनका अनुसार विभागमा अनुरोध गरे पनि दरबन्दी पूर्ति भएको छैन । कार्यालयमा महिनामा सरदर २५ देखि ३० वटा रजिस्ट्रेसन आउने उनले बताए । 'कानुनतः कार्यालय सहायक पियनले फाँटवालाको स्थानमा दस्तखत गर्न पाउँदैनन्, उनको जिम्मेवारी पनि होइन ।' सरकारी वकिल भकलबहादुर थापाले भने, 'त्यसको सम्पूर्ण जिम्मेवारी हाकिमले नै लिनुपर्ने हुन्छ ।

हुम्लाको यस्तो अवस्था विभागलाई थाहा छ । मालपोत ऐनमा नासु तहरिर हुन्छ । नासुले थैली पास गर्न पाउँछ । तर दाखा गर्न पाउँदैन । निम्नस्तरको कर्मचारीले फाँटवाला हुन पाउँदैन भन्ने पनि काहीँ उल्लेख छैन । खत्रीले भने, 'रिक्स मोलेर काम लगाउनुपरेको छ ।'

सहरका मालपोत कार्यालयमा आर्थिक चलखेल हुने भएकाले त्यहाँ जानेको हानथाप नै हुन्छ । सरुवामा पनि आर्थिक चलखेलदेखि उच्चस्तरको शक्ति लगाउनेसम्मका प्रयास हुने गरेका छन् । तर हिमाली

जिल्लामा त्यस्तो अतिरिक्त आम्दानी नहुने भएकाले कसैले पनि चासो नदिएका हुन् ।

कर्मचारीको पहिलो रोजाइमा भन्सार र मालपोत नै पर्छन् । तर यहाँको भन्सारको अवस्था पनि त्यस्तै छ । द्वन्द्वको समयमा सदरमुकाम सारिएको उत्तरी तिब्बतको सिमानाम रहेको भन्सार कार्यालय कर्मचारी नभएकै कारण हालसम्म पनि पुनस्र्थापन भएको छैन।

साभार: इ-कान्तिपुर.कम

कर्णालीको विकासको साँचो: सडक


हिमाल ख़बर पत्रिकामा प्रकाशित सुवास देवकोटाद्वारा लिखित निम्न आलेख "सबै सम्भावना सडक मै"बाट साभार गरिएको हो।


दुर्गम कर्णालीको पनि विकट हुम्लाका धेरै समस्या सडकसँग गाँसिएका छन्। मोटरबाटो आइपुगे विकासको बाटो पनि खुल्ने हुम्लीहरूको विश्वास छ। सुवास देवकोटा को रिपोर्ट