Monday 30 November 2009

Congratulations

Our close friend Jaga Bhandari has started married life. We the HUMLI team wishes him all the best in the coming future.

Hopefully, if he shares his marriage photos, we would certainly post them here and reveal how similar or different is a marriage in Humla.

Friday 20 November 2009

हुम्लामा हेलीकाप्टर दुर्घटना

काठमाडौं, २९ कात्तिक

मनाङ एअरको एमआई १७ ९ N AHT हेलिकप्टर हुम्लाको रोदीकोटमा दुर्घटना भएको छ। सुर्खेतबाट खानेपानीको पाइप र अन्य निर्माण सामाग्री लिएर हुम्लाको रोदीकोटतर्फ गएको हेलिकोप्टर बिहान ११:१५ मा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त विमानमा दुई जना यात्रु र चार जना चालक दलका सदस्य थिए। हेलिकोप्टरमा दुई जना रुसी चालक र दुई नेपाली चालक दलका सदस्य थिए। मनाङ एयरको सुर्खेतका स्टेसन म्यानेजर ध्रुव आचार्य पनि सोही हेलिकोप्टरमा थिए।

काठमाडौंस्थित मनाङ एयरको कार्यालयले हेलिकोप्टरमा सवार सबै जना सकुशल रहेको जनाएको छ। तर घटनाको थप विवरण आउन बाँकी छ। मौसमको खराबीका कारण दुर्घटना भएको बताइएको छ।

रोदीकोट हुम्ला सदरमुकामबाट दुई दिन परको पैदल दुरीमा पर्छ।

उद्वार कार्यकालागि सुर्खेतबाट १२:३० श्री एयरलाइन्सको हेलिकोप्टर त्यसतर्फ पठाइएको छ। सुर्खेतबाट हवाइ उड्डयन प्राधिकरणले र जुम्ला सदरमुकामबाट प्रहरी पनि परिचालित भएको बताएको छ

साभार: काभ्रेली.कम