Monday 22 June 2009

हुम्लामा मालसमानको हवाई ढुवानीको बिजोग

कान्तिपुर दैनिकमा जून २२ मा छापिएको समाचार भन्छ हुम्लामा सर-सामानहरुको सहज र सुपथ ढुवानीको कुन बिजोग छ। समाचार पढ्नलाई निम्न लिंक थिचेर कान्तिपुरको वेब-ठेगानामा(माकुरीजालमा) छिर्नु होला।
हुम्लामा मालसमानको हवाई ढुवानीको बिजोग

Saturday 20 June 2009

हुम्लाको सौन्दर्य र घाउहरु

गत हप्ता "नेपाल प्लस" ब्लगमा हुम्लाका रुप अनि घाउहरुको बारेमा सचित्र पढेको थिएँ।
यहाँ ती पोस्टहरुको (आलेखको) लिंक्स् "नेपाल प्लस" बाट साभार गरी राखेको छु, पढ्नुहोला। मलाई त मीठो लाग्यो, तपाईंलाई कस्तो लाग्छ?

आलेख १
आलेख २

Wednesday 10 June 2009

कहाँ पर्छ हुम्ला?

जगले चाहे जस्तो ब्लगको नाम "हुम्ला" राख्न नसकिए पछि हाम्रो दोस्रो रुचिको नाम "हुम्ली" राखेर दर्ता गरियो। हुम्लाका बासिन्दाहरु हुम्ली हाम्रो ब्लगको प्रमुख विषय भएकाले यो नै उपयुक्त छ जस्तो हामीलाई लागेको छ।

मेरो Emailमा Signatureका रुपमा केही ब्लग-लिंक्स् राखेको छु। त्यसलाई हेरेर एक जना साथीले सोधे - के हो "हुम्ली" भनेको? अनि मैले सच्याएँ - के होइन, को हुन् हुम्लीहरु? अनि पछि अर्थ्याएँ पनि - हुम्लीहरु नेपालको पश्चिमोत्तर जिल्ला - हुम्लाका बासिन्दा हुन्।

मुनि नेपालमा रातो रङ्गमा हुम्लाको अवस्थिती र हुम्ला जिल्लाको विस्तृत नक्सा राखेको छु। नक्सामा क्लिक गरेर ठूलो पारेर हेर्न सक्नुहुन्छ।