Wednesday 26 May 2010

हुम्लामा रलिङ् मेला

२०६७ साल जेष्ठ १३ गते

हुम्ला जिल्लाको सबै भन्दा ठुलो चाडको रुपमा चिनिने रलिङ् चाड् आज धुम्धामका साथ मनाइदैछ । रलिङ् दर्शनको रुपमा प्रख्यात यो चाड आज र भोलि दुइ दिन सम्म चल्दछ । रलिङ् दर्शनको लागि दर्शनार्थिहरु हिजै बाट जाने क्रम शुरु भैसकेको छ। हुम्ला जिल्लाको ठेहे गा बि स मा पर्ने यस रलिङ् गुम्बा प्राक्रितिक हिसाबले मात्रै सुन्दर नभएर यसको आफ्नै पौराणिक महत्व पनि रहेको छ। सिमिकोट सदरमुकाम भन्दा झन्डै छ सात घन्टाको दुरि मा हिमाल्को चुचुरो नजिकै रहेको यस गुम्बामा नेपालकै सब भन्दा पुरानो ताम्र पत्र पाइेको थियो । बौद्ध धर्मावलम्बिको गुम्बा भएता पनि हिन्दु तथा अन्य धर्माव्लम्बिहरुको पनि ठुलै उपस्थिति रहने गर्दछ । लामा समुदाय र क्षेत्रि समुदायद्वारा छुटाछुटै परम्परागत झांकि प्रस्तुत हुनुका साथै स्थानिय देउडा नाच नाचेर रमाइलो गर्ने गरिन्छ । बौद्ध धर्मावलम्बि र हिन्दु धर्मावलम्बि का आ अाफ्नै नाच गान साथ मनाइने यस चाडले धार्मिक बिबिधताका साथै धार्मिक सहिस्णुता पनि झल्काउदछ ।


(Photo by Gorakh Bdr. Bista: ऐतिहांसिक तिर्थ स्थल रलिङ् गुम्बा)

पौराणिक मान्यता अनुसार ह्वारे क्वारे लामा (जसलाइ बौद्ध धर्मका ठुला गुरु मानिन्छ)ले हिड्दै जाने क्रममा यो ठाउंमा नपुग्दै बिहान भएर काग कराएको हुंदा यहि ठाउंमा ध्यानमा बसेकाले गर्दा यो ठाउंको नाम रलिङ् गुम्बा रहेको र यदि काग नकराएकै अर्थत् बिहान हुनु अगावै यो ठाउंमा पुगेको भए यस ठाउंमा कैलाश मानसरोवर बन्ने थियो भनेर बुढा पाकाहरुले भन्ने गरेकाछन । ठुला ठुला गुफा र चट्टानहरु, जताततै चट्टान तथा ढुङाहरुमा कुदिएका शिलालेखहरु का साथै बुकि घांसले टम्म परेका चौरहरु ले घ्रेरिएको यस रलिङ् गुम्बा ले धार्मिक, पौराणिक तथा पर्यटकिय महत्व बोकेको भएतापनि सरकारि तवर बाट कुनै वास्ता गरिएको छैन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete