Friday 11 December 2009

बाल दिबस: हुम्ली चस्मा लगाएर हेर्दा

बाल दिवस कहिले पर्छ, किन र कसको निम्ति मनाईन्छ? थाहा छ तपाईंलाई, किन सारा देशमा बालदिवस आउँदा हुम्लामा बालदिवस आउन चटक्क बिर्सिन्छ?

हुम्ली बालबालिकालाई त खाद्य विभिषिकाले सक्नु निचरेको छ। के थाहा पाउनु कहिले बाल दिवस पर्छ कि कहिले काल दिवसले थुप्रैलाइ सोहोरेर लाने हो? ज्यान जोगाउने धूनमा पढाई-विद्यालय छोडेर चामलका निम्ति लाम लाउन सिमीकोट आएका काशीलाल वि.क.(प्रतिनिधि पात्र)ले गिज्याई रहेका छन् बालबालिका नाममा जागिर खानेहरुलाई।
सरकारी मानो खानेले भन्छन् केही थाहा छैन। जस्तो यो उनीहरुको सरोकारको विषय नै होइन। थाहा पाउन् पनि किन, थाहा पाउनु भन्दा नपाउँदा नै लाभदायक भएपछि। अल्छि र काठमाडौमुखी कर्मचारीलाई कर्मठ बनाउने न यहाँ परिपाटी छ न त बानी नै छ। काम गर्नेहरु भन्दा समाजले पनि हल्ली खाने कर्मचारीहरुलाई बढी इज्जत दिन्छ।



नेपालीहिमाल.कममा प्रकाशित नरेश नेवारद्वारा लिखित निम्न आलेख "आफ्नै सन्तान बोझ"बाट साभार गरिएको हो।

अकल्पनीय गरीबी र भोकमरीका कारण आफ्नै सन्तानलाई बोझ ठान्न विवश हुम्लाका बासिन्दा थोरै रकमका लागि पनि बालबालिकालाई घरेलु कामदारका रूपमा शहर बजार पठाउने गर्छन् ।

स्कूल छोडेर सिमीकोट आएका काशीलाल वि.क. साथीहरूसँग चामल लिएर फर्किँदै ।
डाँडाफाइ गाउँदेखि भोकोपेट झण्डै तीन घण्टा उकालो चढेर सिमीकोट आइपुगेका आठ वर्षीय काशीलाल वि.क. पाँच सय जति मानिसको लाममा पाँच घण्टा बसेर जम्मा १५ किलो चामल किन्न पाउँछन् । पाँच जनाको उनको परिवारलाई यति चामल एक हप्ता पनि पुग्दैन । चामल बोकेर घर जान लागेका काशीलाल भन्छन्, "हामीले पुर्‍याई-पुर्‍याई खानुपर्छ ।"

नेपाल खाद्य संस्थानको हुम्ला सदरमुकाम सिमीकोटस्थित डिपोले जिल्लाबासीहरूलाई सहुलियत दरमा मासिक प्रतिव्यक्ति तीन किलो चामल बेच्ने गरेको छ । काशीलाल त भाग्यमानी हुन् । उनले तीन घण्टा हिँडेर र पाँच घण्टा कुरेर मात्रै चामल पाए । कैयौँ हुम्लाबासीले यति चामल पाउन पनि तीन दिनभन्दा बढी हिँडेर सिमीकोट आउनर्ुपर्छ र यति धाएर पनि कहिलेकाहीँ डिपोमा चामल सिद्धिएर खाली हात घर र्फकनर्ुपर्छ । थेहे गाउँबाट पाँच घण्टाको बाटो हिँडेर आएको क्षेत्री परिवारको एक समूहले बिहान ८ बजेदेखि पाँच घण्टा लाम लागेर रित्तै हात फकर् नु पर्‍यो ।

जिल्ला सदरमुकामभन्दा टाढा बस्ने हुम्लीहरूको अवस्था पुस्तौँदेखि यस्तै छ । जनसङ्ख्या वृद्धिको कारणले गर्दा खाद्यान्नको अभाव झन् बढेको छ । हुम्लामा हरेक महिना सात जना बच्चाहरू जन्मिन्छन्, तर यसलाई खुशीको क्षण ठान्नुको साटो प्रायः हुम्ली परिवारहरू आफूमाथि बोझ थपिएको ठान्छन् । डाँडाफाइका काशीलाल जस्ता धेरै बालबालिकाहरूले आफू र आफ्नो परिवारको लागि खाद्यान्न जुटाउन धेरै सङ्र्घष्ा गर्नुपर्छ ।

डाँडाफाइ गाउँका मानिसहरूलाई देशमा व्याप्त माओ वादी समस्या वा राजनीतिक उथलपुथलबारे त्यति चासो छैन । धेरै मानिसहरूलाई त अहिले सरकारमा को छ भन्ने पनि थाहा छैन । राजधानीमा के भइरहेको छ भन्ने थाहा पाउन त्यहाँ सञ्चारको कुनै माध्यम छैन । "हामीलाई के ही थाहा छैन । हामीलाई राजनीति मतलब छैन । मलाई त खाली आफ्नो परिवारको पेट कसरी पाल्ने भन्ने कुराको मात्र चिन्ता छ", आठ बच्चाकी आमा, एक हुम्ली महिला भन्छिन् ।

गाउँमा वर्षौँदेखि व्याप्त गरीबीले अहिलेसम्म यहाँ कुनै सरकारले केही सकारात्मक परिवर्तन ल्याउन नसकेको स्पष्ट गर्छ । न पञ्चायती सरकारले, न बहुदलीय सरकारले नै उनीहरूको गाउँमा कुनै ठोस विकास गर्न सके । १७ वर्षेखि यहीँ कार्यरत एक सरकारी स्कूलका प्रधानाध्यापक बुद्धिसागर न्यौपाने भन्छन्, "यहाँका मानिसहरूलाई बिहान उठेदे खि खानेकुरा कहाँबाट जुटाउने भन्ने चिन्ता हुन्छ । कसैले यहाँ वर्षो ६ महिनासम्म खाद्यान्न जोगाएर राख्न सक्यो भने त्यो धनी घर मानिन्छ ।"


जति धेरै बच्चा त्यति ठूलो खाद्य सङ्कटः आफ्ना आठ बच्चासँगै डाँडाफाइकी एक महिला (तल) ।
स्थानीय नेताहरू हुम्लाको समस्याको प्रमुख कारण सरकारी प्राथमिकताको अभाव र खराब व्यवस्थापनलाई मान्छन् । हवार्इ मार्गबाट खाद्यान्न खसाल्ने अभ्यासले गर्दा यहाँका मानिसहरूमा परनिर्भरता बढेको र आफ्नै ठाउँमा वैकल्पिक स्रोत विकास गर्ने चाहना मरेको छ । जिल्ला विकास समितिका पर्ूव अध्यक्ष जीवन शाही भन्छन्, "यहाँ खाद्यान्न उत्पादन गर्नै नसकिने होइन । जिल्लाको दक्षिणी भेगमा रातो चामल हुन्छ । हाम्रो अनुसन्धानले एक रोपनीमा ३० क्वीन्टल धान फलाउन सकिने देखाएको छ । तर कसैले केही गर्दैन ।"

नेताहरूका अनुसार, केही वर्षता माओवादी समस्यासँगसँगै सरकारको बेवास्ता पनि बढेको छ । गाउँहरूमा सरकारी प्रतिनिधिको उपस्थिति छैन । सदरमुकामबाट कुनै स्थानीय सरकारी अधिकारीर्/कर्मचारी टाढाका गाउँहरूको स्थिति बुझन जाँदैनन् । अहिलेसम्मलाई यहाँका सरकारी प्रतिनिधि भनेका विकट गाउँमा बसेर काम गर्ने शिक्षकहरू मात्रै हुन् । तीमध्ये पनि कति त सिमीकोटमा, नभए नेपालगञ्जमा बस्छन् ।

धेरै शिक्षकहरू माओवादीको बहाना बनाएर लामो समयदेखि अनुपस्थित रहेका थेहे गाउँको एक प्राथमिक विद्यालयका स्थानीय शिक्षकको गुनासो छ । सरकारी कर्मचारीको अनुपस्थिति र माओवादी समस्याले हुम्लाका विकट ठाउँहरूमा त्यति ठूलो प्रभाव पारेको हुँदैन, जति शिक्षकहरूको अनुपस्थितिले पार्दछ । तिनको कारणले यहाँका धेरै विद्यालय बन्द हुन्छन्, बालबालिकाले पढ्न पाउँदैनन् । सिमीकोटस्थित मानसरोवर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुविलास खनाल भन्छन्, "शिक्षकहरू गैरजिम्मेवार हुँदै गइरहेका छन् । १५ दिनको छुट्टीमा गयो भने पनि महिनौँसम्म आउँदैनन् ।"

सरकारले हुम्लाको लागि शिक्षामा वाषिर्क रु.७ करोड खर्च गर्छ । त्यसमध्ये झण्डै चार करोड रुपैयाँ त यहाँका ४२० जना शिक्षकको तलब र अरू सुविधामै खर्च हुन्छ । यति ठूलो खर्च भए पनि गत वर्षहुम्लाका १३४ परीक्षाथर्ी मध्ये एक जना मात्र एसएलसी उत्तर्ीण्ा भएका थिए । शिक्षकको प्रतिबद्धताको कमी, विद्यार्थीको अनुपस्थिति र स्तरीय शिक्षाको अभाव- शिक्षा स्थिति यति पछाडि पर्नुका प्रमुख कारण हुन् । जिल्ला शिक्षा कार्यालयका अनुसार, गत वर्षजिल्लाका धेरैजसो विद्यालयहरूमा ३२ दिन मात्र कक्षा सञ्चालन भए । विद्यालयमा अनुगमन नहुनेगरेको बताउँदै जिल्ला शिक्षा अधिकारी मोहनप्रसाद उपाध्याय भन्छन्, "दशैँको छुट्टीमा गएका शिक्षकहरू अहिलेसम्म फर्केका छैनन् ।"

१ देखि १० वैशाखसम्म सञ्चालित सरकारको विद्यालय भर्ना अभियान 'वेलकम टु स्कूल' ले विद्यालयमा सकेसम्म धेरै पिछडिएको वर्गका बालबालिकाहरूलाई भर्ना गर्नुपर्ने थियो । तर भर्ना अभियान सफल नभएको यसमा संलग्न स्थानीय कर्मचारीहरू नै बताउँछन् । जिल्लाका २७ गाविसमध्ये १२ वटामा मात्र बालबालिकाहरू विद्यालयमा भर्ना भए । स्थानीय शिक्षक बलबहादुर शाही भन्छन्, "जनताका लागि शिक्षाको खासै महत्त्व छैन । परिवारलाई एकछाक खान पनि धौ-धौ भएको बेलामा उनीहरू छोराछोरीलाई विद्यालय पठाउनुको साटो काममै लगाउन बाध्य हुन्छन् ।"

No comments:

Post a Comment