Friday 11 December 2009

हुम्ला मालपोतमा पियन फाँटवाला

सिमकोट -हुम्ला, २०६६ कार्तिक २८ - ढोकाबाट पस्नेबित्तिकै हुम्ला मालपोतमा कुर्सीमा बसेका एक जना कर्मचारीमात्र भेटिन्छन् । कार्यालय प्रमुखबारे सोधिएको जवाफमा ती कर्मचारी भन्छन् 'मै हँु । के काम थियो होला ?' जग्गा पास गराउनुपर्ने फाँटवाला कहाँ छन् भन्ने अर्काे प्रश्नमा ती कर्मचारीले जवाफ दिन्छन्, 'फाँटवाला त छैनन् तर तपाईंको काम रोकिँदैन ।'

त्यसपछि तत्कालै कार्यालय सहयोगी बोलाएर कागज ल्याउन अराउँछन्, उनी । सबैकाम आफैं

गर्छन् । अनि फाँटवालाको स्थानमा करार सेवामा नियुक्ति भएका कार्यालय सहयोगी -पियन) लाई दस्तखत गर्न लगाउँछन् । यसरी जग्गा पास गरेको प्रमाण उपलब्ध गराउँदै आएका छन्, मालपोत कार्यालय हुम्लाका नायब सुब्बा काशीराम खत्री ।

हुम्ला मालपेात दुई वर्षयता यसरी नै चलेको छ । अधिकृतस्तरको कार्यालय प्रमुख रहेको यो कार्यालयमा नासुले नै दुई वर्षदेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

स्थानीय बासिन्दाको प्रत्यक्ष सरोकार राख्ने यो कार्यालयमा अधिकृतस्तरको कार्यालय प्रमुखसहित १२ जनाको दरबन्दी छ । कुनै कर्मचारी सरुवा भएर कुनै स्वतः अवकाशमा परेर खाली भएपछि हाल एक जना नासु र ४ जना कार्यालय सहयोगीमात्र छन् । कार्यालय सहयोगीले फाँटवालासरहको जिम्मेवारी पाउँदैन र योग्यता पनि हुँदैन । तर फाँटवालाको सबै काम पियनले गर्छन् ।

यहाँ १ जना अधिकृत, नासु १, खरिदार ४, सहलेखापाल १, टाइपिस्ट १ र दुई जना कार्यालय सहयोगीको दरबन्दी छ । तर नासुबाहेक ४ जना कार्यालय सहायकमात्र छन् । ती पनि २ जना स्थायी र २ जना कारार सेवाका छन् ।

'कार्यालयमा फाँटवाला नभएपछि जग्गा पारित गर्दा फाँटवालाले दस्तखत गर्नुपर्ने स्थानमा पियन अर्थात् कार्यालय सहायकलाई दस्तखत गराउने गरेको छु' नासु काशीराम खत्रीले भने, 'यो बाध्यता हो । के गर्ने सर्वसाधारणको काम रोक्नुभएन ।'

उनका अनुसार विभागमा अनुरोध गरे पनि दरबन्दी पूर्ति भएको छैन । कार्यालयमा महिनामा सरदर २५ देखि ३० वटा रजिस्ट्रेसन आउने उनले बताए । 'कानुनतः कार्यालय सहायक पियनले फाँटवालाको स्थानमा दस्तखत गर्न पाउँदैनन्, उनको जिम्मेवारी पनि होइन ।' सरकारी वकिल भकलबहादुर थापाले भने, 'त्यसको सम्पूर्ण जिम्मेवारी हाकिमले नै लिनुपर्ने हुन्छ ।

हुम्लाको यस्तो अवस्था विभागलाई थाहा छ । मालपोत ऐनमा नासु तहरिर हुन्छ । नासुले थैली पास गर्न पाउँछ । तर दाखा गर्न पाउँदैन । निम्नस्तरको कर्मचारीले फाँटवाला हुन पाउँदैन भन्ने पनि काहीँ उल्लेख छैन । खत्रीले भने, 'रिक्स मोलेर काम लगाउनुपरेको छ ।'

सहरका मालपोत कार्यालयमा आर्थिक चलखेल हुने भएकाले त्यहाँ जानेको हानथाप नै हुन्छ । सरुवामा पनि आर्थिक चलखेलदेखि उच्चस्तरको शक्ति लगाउनेसम्मका प्रयास हुने गरेका छन् । तर हिमाली

जिल्लामा त्यस्तो अतिरिक्त आम्दानी नहुने भएकाले कसैले पनि चासो नदिएका हुन् ।

कर्मचारीको पहिलो रोजाइमा भन्सार र मालपोत नै पर्छन् । तर यहाँको भन्सारको अवस्था पनि त्यस्तै छ । द्वन्द्वको समयमा सदरमुकाम सारिएको उत्तरी तिब्बतको सिमानाम रहेको भन्सार कार्यालय कर्मचारी नभएकै कारण हालसम्म पनि पुनस्र्थापन भएको छैन।

साभार: इ-कान्तिपुर.कम

No comments:

Post a Comment